back

संविधान संशोधनमा प्रमुख प्रतिपक्षी दलको साथ लिन आग्रह

वि.सं.२०७३ असोज १४ शुक्रवार

225 

shares
NTC AD
Global IME AD

१४ असोज,काठमाडौँ। व्यवस्थापिका–संसद्को आजको बैठकको विशेष समयमा नेपाली काँग्रेसका सांसद नारायणप्रसाद साउदले संविधान संशोधनका विषय र बुँदाका बारेमा सदनमा छलफल गर्न माग गर्नुभयो ।

सभामुख ओनसरी घर्तीसँग समय लिई उहाँले संविधान संशोधनमा प्रमुख प्रतिपक्षी दल नेपकपा (एमाले)लाई पनि साथ र सहयोग लिन आग्रह गर्दै उहाँले संविधान कार्यान्वयनमा सबै राजनीतिक दलले जोड दिनुपर्छ भन्नुभयो ।

सोही पार्टीका दिलमान पाख्रिनले धादिङको उत्तरी क्षेत्र मार्पाकमा हालै भएको बस दुर्घटनामा मृत्यु भएका १९ जनाको परिवारले हालसम्म क्षतिपूर्ति नपाएको भन्दै सरकारको तर्फबाट उचित क्षतिपूर्ति प्रदान गर्न र भूकम्पपीडित जनतालाई अनुदानको रकम वितरण गर्ने काम छिटो गर्न सदनमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

नेकपा (एमाले)का पशुपति चौलागाइँले दोलखा जिल्लाको चरिकोटमा रहेको प्राथमिक उपचार केन्द्रमा भएको घटानलाई लिएर सरकारले जिल्लाबाट सबै चिकित्सक फिर्ता लिने काम गरेकोमा आपत्ति जनाउँदै शीध्र सो उपचार केन्द्रमा चिकित्सक पठाउन माग गर्नुभयो ।

सोही पार्टीका रवीन्द्र अधिकारीले चाडवाड मान्न जन्मस्थान जान जाहनेले यातायातका साधन नपाइरहेको गुनासो गर्दै सरकारले सवारी साधनको प्रबन्ध मिलाउनुपर्छ भन्नुभयो । उहाँले सरकारले सुपथ मूल्य पसल खोलेर कालाबजारीलाई प्रश्रय दिइराखेको आरोपसमेत लगाउनुभयो

नेकपा (माओवादी केन्द्र) का गणेशमान पुनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अझ प्रभावकारी बनाउन स्वास्थ्य मन्त्रालयलाई सुझाव दिनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका विक्रम थापाले कालिमाटी–नागढुङ्गा सडक विस्तार गर्दा क्षति पुग्ने पीडितलाई क्षतिपूर्ति दिन माग गर्दै क्षतिपूर्ति नदिई सडक निर्माण नगर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का योगेन्द्र चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहालले हालै गर्नुभएको भारत भ्रमणका क्रममा भएका भेटघाटका विषयलाई धेरै नलम्ब्याउन प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)सित आग्रह गर्नुभयो ।

सद्भावना पार्टीका नरसिंह चौधरीले सांसद विकास कोषको रकमले स्थानीय जनताको आर्थिक एवम् सामाजिक उन्नतिमा सकारात्मक प्रभाव पारेको धारणा राख्नुभयो ।

सङ्घीय समाजवादी फोरम नेपालका शिवचन्द्र चौधरीले सदनबाट औद्योगिक विधेयक पारित हुनु सकारात्मक पक्ष हो तर कार्यान्वयनमा आउँछ की आउँदैन ? भन्ने प्रश्न गर्नुभयो ।

नेपाल मजदुर किसान पार्टीका अनुराधा थापामगरले राजकीय सम्मानका साथ भारत भ्रमण गर्ने नेपालका प्रधानमन्त्रीहरु भारतबाट ठगिँदै आएको प्रसङ्ग उल्लेख गर्दै प्रम पुष्पकमल दाहालले भारत भ्रमणका क्रममा गर्नुभएको संयुक्त विज्ञप्ति आपत्तिजनक रहेको बताउनुभयो ।

तराई–मधेस सद्भावना पार्टीका महेन्द्र राय यादवले सरकार र मुस्लिम समुदायबीच भएको सहमति कार्यान्वयन गर्न, मुस्लिम आयोग तत्काल गठन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले उपत्यकाका सडक पानी पर्दा हिलो र घाम लाग्दा धुलो हुने समस्याले जनता मारमा परेको बताउनुभयो ।

नेपाली काँग्रेसका सीताराम भण्डारीले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को अध्यक्षको रुपमा रहेको नेपालले निर्धारित समयमा सार्क सम्मेलन सम्पन्न गर्न सदस्य देशसित पहल गर्नुपर्छ भन्नुभयो । रासस

वि.सं.२०७३ असोज १४ शुक्रवार ०८:४० मा प्रकाशित

NLIC AD
NABIL bank AD
पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्षमा बजेट...

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

काठमाडौं । बिश्व बैंकको आह्वानमा यस बर्षको मार्च १८ देखि...

ग्लोबल आइएमई बैंक र आईएफसीबिच महत्वपूर्ण  समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसीबिच महत्वपूर्ण समझदारी

काठमाडौं । ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)...

कुमारी बैंक मोवाइल बैंकिङ एपमार्फत कर्जा लिन सकिने

कुमारी बैंक मोवाइल बैंकिङ एपमार्फत कर्जा लिन सकिने

काठमाडौं । कुमारी बैंकको मोवाइल एपमार्फत कर्जा लिन सकिने भएको...

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले गुणस्तरीय...

समाजको विकाससँगै ज्येष्ठ नागरिक पछिल्लो समय एक्लिदै गएको छ : मन्त्री शर्मा

समाजको विकाससँगै ज्येष्ठ नागरिक पछिल्लो समय एक्लिदै गएको छ : मन्त्री शर्मा

घोराही (दाङ) । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बदलिँदो...