back

मान्छे, सर्प र साधुहरू

वि.सं.२०७५ असार २ शनिवार

198 

shares
NTC AD
Global IME AD

सर्पले विष खाएर पनि विषै ओकल्छ
अण्डा खाएर पनि विषै ओकल्छ
र दूध खाएर पनि विषै ओकल्छ
त्यसैले सर्प अर्थात विष
विष अर्थात सर्प

सर्प मान्छे र मान्छे सर्प उस्तै हुन थालेपछि
घस्रने सर्प र हिँड्ने सर्पबीच
त्यति फरक नपाइँदो रहेछ
यति हो
फरक मनले महसुश गर्नुपर्छ
अनि थाहा हुन्छ
घस्रने सर्पभन्दा हिँड्ने सर्प धेरै कालो हुँदोरहेछ ।

हिजोआज सर्पहरूको संरक्षणमा पनि कानून बनेको छ
सर्प मार्न पाइदैन
त्यसैले विषालु सर्पहरूको बिगबिगी बढेको छ ।

सुरुमा विचरा भए सर्पहरू
साधुसन्तहरूले संरक्षण गरे
दूध पिलाएर हुर्काए सर्पहरूको समाज
हिजोआज तपोवनहरूमा
सर्पहरूको समाज बढेपछि
साधुहरू दूधमा पनि विष देख्न थालेकाछन् ।

साधुहरूमा स्वार्थ हुँदैन
साधुहरूको वर्ग हुँदैन
साधुहरूको जात हुँदैन
साधुहरूमा भेद–विभेद हुँदैन
साधुहरूको पहिचान नै–
शान्ति हो
ज्ञान हो
प्रतिष्ठा हो
मान र मर्यादा हो ।

तर सर्पहरूको वर्ग हुन्छ
सर्पहरूको जात हुन्छ
सर्पहरूमा भेद–विभेद हुन्छ
सर्पहरूको पहिचान नै–
विष हो
अशान्ति हो
कोलाहाल हो
र क्रोध हो ।

सर्पले सर्पलाई टोक्न थालेपछि
आफै ध्वस्त हुन्छ
सर्पहरूको वस्ती ।

इति

वि.सं.२०७५ असार २ शनिवार १०:४९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कविता : निखार काव्य ए कवि

कविता : निखार काव्य ए कवि

स्वर्ण शिखा, दाङ नवीन यामको अहो सुरम्य बिम्ब देखियो, नवीन...

कविता : शब्द दुरुपयोग

कविता : शब्द दुरुपयोग

निम्बतरु,अर्घाखाँची कालेलाई काले भन्न मिल्दैन सेतेलाई सेते भन्न मिल्दैन नेप्टे...

कविता : आत्मबोध

कविता : आत्मबोध

शान्ता न्यौपाने, बेलबारी, मोेरङ सधैं तिमी मर्छुमर्छु भन्छौ तर तिमीलाई...

गजल

गजल

सुधिर थापा,काठमाडौं तिमी मेरो राजा भएँ रानी तिम्रो मीठो माया...

मुक्तक

मुक्तक

अरुण खड्का,काठमाडौं १ फुलुन् टन्न नयाँ नयाँ फूल नयाँ वर्षमा...

कविता : नयाँ बर्ष

कविता : नयाँ बर्ष

भूपाल अधिकारी, बिराटनगर सही सोच राखौँ न उल्टाहरूले , सधैँ...