Sansar News- Nepal's Fast Khabar Online news portal

नेताहरूले खोइ यता ध्यान दिएको ?

संसार न्यूज़
१ वर्ष पहिले
नेताहरूले खोइ यता ध्यान दिएको ?

‘कामरेडहरू आज हामी विशिष्ठ छलफलमा छौँ । यो छलफलको समय पनि उत्तिकै महत्वपूर्ण छ । त्यसैले यो विशिष्ठता र महत्व दुवैलाई ख्याल गरेर बहसमा भाग लिन म हार्दिक अनुरोध गर्दछु ।’

‘समाजवाद कसरी ?’ विषयक अन्तरक्रिया कार्यक्रमका उद्घोषक तथा जिल्ला पार्टी सहसंयोजक कमरेड ध्रुवले फ्लोर ओपन गरे ।

‘हामी समाजवाद निर्माणको चरणमा पुगेका हौँ की होइनौँ कमरेडहरू म त यो प्रश्नबाट बहस उठाउन अनुरोध गर्दछु’ कमरेड विद्धानले तर्क गरे ।

‘हामी समाजवादको चरणमा की त्यसको आधार निर्माणको चरणमा यो पनि स्पष्ट हुनुपर्छ कामरेडहरू ?’ कामरेड सुप्रितीले धारणा राखिन् ।

‘के हामीले पूँजीको विकास गरिसकेका छौँ, पूँजी नभइ समाजवाद प्राप्ति हुन्छ र कामरेडहरू…!’ कामरेड रोहणले प्रश्न गरे ।

‘के हामीले समाजवाद भन्ने गरी पूँजी निर्माण गरिसकेका छौँ ?’ कमरेड विक्रमले भनाई राखे ।

‘संविधानमा समाजवाद उन्मुख लेख्दैमा हामी समाजवादी युगमा छौँ भन्न मिल्ला र कमरेडहरू ?’ कमरेड धर्तिले जिज्ञासा राखिन् ।

समाजवादको पहिलो र यक्ष प्रश्न दर्शन, सिद्धान्त र विचारसँग जोडिएको छ । लेख्दैमा, भन्दैमा र हल्ला गर्दैमा समाजवाद आइहाल्ला जस्तो त लाग्दैन, कमरेडहरू’ कमरेड शैलेन्द्रले धारणा राखे ।

‘प्रजातन्त्र जस्तो आकारको खल्तीमा राख्यो, त्यस्तै देखाउँथे यहाँका शाषकहरू, समाजवादको हालत पनि त्यस्तै हुने त होइन ?’ व्यङ्ग मिश्रित भनाइ राखे कमरेड दिलिपले ।

‘मानसिकता व्यक्तिवादी भएकाहरूबाट समाजवादको रटान रटेको देख्दा नौटंकी लागिरहेको छ कामरेडहरू’ कमरेड विणाले निराशा व्यक्त गरिन् ।

‘नजिकै पुगेपछि समाजवादको सुगन्ध आउला भनेको त व्यक्तिवादको फोहोरी गन्धले पो नाक थुन्नुप¥यो’ कामरेड रामबहादुरले उदाहरण दिन खोजे ।

‘पार्टीका शीर्ष नेताहरूमा व्यक्तिवादी विचलन नआएको भए विधि, नीति र पद्धतिमार्फत समस्या हल गर्न खोज्थे, तर्दथवादमा रमेर भद्रगोलमा गोल हान्ने भन्दै व्यक्तिवादी मनमौजी गरिरहेबाट यिनीहरूले भनेको समाजवादमा विश्वास लागेको छैन कमरेडहरू’ कामरेड शेखरले सिधा कुरा राखे ।

‘समाजवादी दृष्टिकोण, संस्कृति, व्यवहार र आचरण बाहेक समाजवादी अर्थराजनीति पनि बहशको विषय हो जस्तो लागेको छ’ कामरेड विजयले कुरो राखे ।

‘एकातिर वैचारिक प्रष्टता छैन, अर्काेतिर परनिर्भर चिन्तन हावी छ । रेमिट्यान्समुखी अर्थतन्त्र र मगन्ते संस्कृतिलाई प्रमुख आधार बनाएर देश चलाउन खोज्नेहरूबाट समाजवाद प्राप्ति होला र ?’ कामरेड युवराजले प्रश्न गरे ।

‘रेमिट्यान्स अर्थतन्त्रको पनि सहि सदुपयोग हुन पाएको भए त पूँजी निर्माणमा सघाउ पुग्थ्यो नि कामरेडहरू, मलेशियामा कमाएर पठाएको रुपैयाँले बिहारको प्याज र कश्मिरको स्याउ किनेर खानु परेको छ, विदेशबाट आएको पैसा हातमुख जोड्नमै अर्थात् त्यो पैसा पनि अरुको सामान किन्नकै लागि गर्नुपरेको छ,’ कामरेड ताराले प्रश्न थपिन् ।

‘रकेट, रेल, बग्गि वा घोडा चढेर समाजवाद आउँदैन कामरेडहरू, नत पशुपति र तिरुपतिको पूजा अर्चना बाटनै प्राप्त हुन्छ । समाजवाद हुनका लागि पूँजीको न्यायोचित वितरण जरुरी हुन्छ । पूँजीको न्यायोचित वितरणका लागि पूँजी निर्माण जरुरी छ र त्यसका लागि हाम्रो सन्दर्भमा उत्पादनमार्फत स्वाधीनता, स्वाधीनतामार्फत समृद्धि र समृद्धिमार्फत समाजवाद हासिल हुन सक्छ’ नेताहरूले खोइ यता ध्यान दिएको ?’ कमरेड पर्वत कुमारले मार्गचित्र पेश गरे ।

‘हो, कामरेड आजको यो बहशले हामीलाई नयाँ रुपबाट रुपान्तरण हुने र सहि मार्ग पक्रने एउटा गोरेटो देखाएको छ । दर्शन, विचार र सिद्धान्तमा आधारित हुँदै मानसिकता, संस्कृति, आचरण र व्यवहार बाहेक समाजवादी अर्थ राजनीतिको पनि सहि योजना बनाउन जरुरी छ । यसबारे क. पर्वत कुमारले बताएका कुरा सहि छन् । ठिक संश्लेषण गरेर सहि बाटो समात्न जरुरी छ । यो बहश चानचुने छैन । भविष्य निर्माणको लागि महान बहश बढाउनै पर्छ’ प्रमुख अतिथि कामरेडले महान बहशमा जोड दिए । सहभागीहरूले ताली बजाए ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ४ हप्ता पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा १ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर २ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ १ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…