back

फुटवल प्रतियोगताबाट बचेको रकम पीडितको परिवारलाइ आर्थिक सहयोग

वि.सं.२०७५ असार ११ सोमवार

204 

shares
NTC AD
Global IME AD

साउदी । गैरआवासीय नेपाली संघ साउदी अरबले बिरामी धर्मनाथ पासवानको परिवारलाइ रू ७२,७२४ (बहत्तर हजार सातसय चौविस रूपैया) नगद आर्थिक सहयोग गरेको छ ।
एनआरएनए पुर्वीक्षेत्र क्षेत्रिय समन्वय समितिका कोषाध्यक्ष चित्र कुमार राइको नामबाट बिरामी धरम नाथ पासवानको पत्नी ललिता देवी पासवानलाइ युनाइटेड रेमिट बैंकबाट बिप्रेषण गरि आइतबार बिहान रकम पठाइएको एनआरएनए एनसिसि साउदी अरबका केन्द्रिय सदस्य भोला पौडेलले बताएका छन् ।
मुस्लिम धर्मालम्विहरूको महान पर्व ‘ईद उल फितर’को अवसर पारी गैरआवासीय नेपाली संघ क्षेत्रिय समन्वय समिति पूर्वी क्षेत्रले मैत्रीपूर्ण फुटवल प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगितमा लागेको कुल खर्च कटाइ बचेको रकम पिडित पासवानको परिवारलाइ आर्थिक सहयोग स्वरूप प्रदान गरिएको आयोजक कमिटिले जनाएको छ ।


पूर्वीप्रान्त अलहासा स्थित किंग फाहद हस्पिटलमा उपचार गराइ रहेका पासवान साउण्ड लाइन रिक्य्रुटमेन्ट म्यानपावरबाट प्रति महिना ८०० साउदी रियाल तलवमा सम्झौता गरि ११ मई २०१४ मा अव्दुल्ला सैयद अल घाम्दि इस्ट कम्पनीमा काम गर्न भनि साउदी अरब आएका थिए । करार बमोजिम कम्पनिबाट तलव सेवा सुबिधा नपाउदा तनावमा परेका उनि २६ फेब्रअरी २०१७ को राती अलहासाको सल्मानिया सडक दुर्घटनामा परि गम्भिर घाइते भएका थिए ।
बिगत करिव डेढवर्षदेखी हस्पिटलको बिरामी सैथ्यामा रहेका पासवानको घरको अवस्था पनि निकै दयनीय छ । जनकपुर उपमहानगरपालीका बडा नम्बर २० रूपराबैठा, धनुषा स्थाइ घर भएका पासवानको बृद्ध बाबा–आमा, श्रीमति र नाबालक छोराछोरीहरूको आयश्रोत केहि छैन । हस्पिटलले उनको उपचारमा लागेको सम्पुर्ण रकम (करिव १,८५०८५ साउदी रियाल) नतिरे सम्म डिस्चार्ज नगर्ने अड्डि कसेको छ साथै बिल दिनानु बढ्ने क्रम जारी भइरहदा त्यति ठूलो रासि घरबाट पठाउन सक्ने प्रायः असम्भव नै देखिन्छ ।
एनआरएनए साउदी अरबले धरमनाथको उद्धारका लागी आफ्नो माथिल्लो निकाय आइसिसि र नेपाली राजदूतावास रियाद साउदी अरबलाइ पत्राचार गरि अनुरोध गरेको संघका अध्यक्ष नाराणय पासवानले जनाए ।
त्यसैगरी आइसिसि सदस्य धरम के सी.ले समेत उनको केसलाइ नजिकबाट नियाल्दै र उद्धारका सम्भावित बाटाहरू कोट्याउदै आइरेका छन् भने नेपाली राजदूतवास रियादले धरम नाथको उपचार खर्च मिनाह गर्न सम्बन्धित निकायहरूमा अनुरोध र पहल गरेको बताए पनि हालसम्म ठोस प्रगति हुन सकिरहेको छैन ।
केसको प्रकृति र जटिलतालाइ मध्येनजर गरि नेपाल सरकार, वैदेशिक रोजगार प्रबद्र्धन बोर्ड र स्वम श्रम मन्त्रीज्युको समेत ध्यानाकर्षण हुनुपर्ने देखिन्छ ।
वैदेशिक रोजगार ऐन २०६४ अनुसार पिडित पासवानलाइ न्याय दिलाउन सके श्रम मन्त्रीज्युको भाषण जस्तै कार्यको थालनीमा विश्वसनियता बढ्ने थियो ।
हस्पिटलले उपचार खर्च नलिइ पासवानलाइ नछाड्ने र सम्बन्धित निकाय र सरोकारवालाहरूले खर्च मिनाहा गर्न नसके, लागेको खर्च जुटाउन नसके वा बैकल्पिक बाटाहरू नभए के आजिवन धरम नाथ हस्पिटलमै सड्ने हुन् त ? वा पासवान कहिले सम्म नेपाल फर्कने होलान् त्यो भविष्यले नै बताउने छ ।

वि.सं.२०७५ असार ११ सोमवार ०८:३२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
एनआरएनए यूकेको निमन्त्रणामा बेलायत पुगेकी युवा अनुसन्धानकर्ता सुजाना नेपाल फर्किइन्

एनआरएनए यूकेको निमन्त्रणामा बेलायत पुगेकी युवा अनुसन्धानकर्ता सुजाना नेपाल फर्किइन्

लन्डन । युवा अनुसन्धानकर्ता तथा श्रीस क्रियटिभ आर्टस् इनिसिएटिभकी संस्थापक...

एनआरएनए नर्वेको आयोजनामा नौमति लोकबाजासहित नयावर्ष मनाइयो

एनआरएनए नर्वेको आयोजनामा नौमति लोकबाजासहित नयावर्ष मनाइयो

प्रेम परियार, नर्बे । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद...

नेपाली जनप्रगतिशील मन्च मलेसिया जोहोरबारुको अध्यक्षमा डिल्लीराम पौडेल

नेपाली जनप्रगतिशील मन्च मलेसिया जोहोरबारुको अध्यक्षमा डिल्लीराम पौडेल

मलेसिया । नेपाली जनप्रगतिशील मन्च मलेसियाको जोहोर बारु क्षेत्रीय समितिको...

एनआरएनएको उच्चस्तरीय समितिलाई सघाउन गंगाधर गौतमले गरे अपिल

एनआरएनएको उच्चस्तरीय समितिलाई सघाउन गंगाधर गौतमले गरे अपिल

बेल्जियम । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता गंगाधर गौतमले...

भारतमा भएको जिप दुर्घटनामा परेर सात नेपालीको मृत्यु

भारतमा भएको जिप दुर्घटनामा परेर सात नेपालीको मृत्यु

काठमाडौं । भारतको नैनीतालमा भएको जिप दुर्घटनामा सात नेपालीको मृत्यु...

सपनाको देश अमेरिका : यी कुरामा ध्यान नदिएमा पीडादायी हुन्छ वृद्व अवस्था

सपनाको देश अमेरिका : यी कुरामा ध्यान नदिएमा पीडादायी हुन्छ वृद्व अवस्था

तपाइसङ्ग सेभिङ्ग भएन, अहिले उमेरमै रोजगारिको तनाखा बुझ्दा कर तिर्नु...