Sansar News- Nepal's Fast Khabar Online News Portal

पैसाले मात्र खुसी ल्याउँदैन

संसार न्यूज़
१ वर्ष पहिले

धेरै मानिसहरू जिन्दगी खुुसी-खुसी बिताउनका लागि धेरै पैसाको आवश्यकता पर्दछ भन्ने सोच्छन् । तर, चर्खा जस्तो जीवन अनि सुख दुःख निरन्तर आइरहने जीवनमा पैसा हुने मानिसहरू निरन्तर खुसी हुने र नहुनेहरू दुःखी हुने भन्ने कुनैपनि बैज्ञानिक तथ्य छैन । संसारमा धेरै मानिहरू छन् जो पैसा भएर पनि खुसीयालीमा जीवन जीउन सकेका छैनन् । अनि संसारमा धेरै त्यस्ता मानिसहरू पनि छन् जो पैसा नभए पनि धर्तिलाई काख र आकाशलाई ओढ्ने छत बनाएर खुसीका साथ बाँचेका छन् । मिठो नमिठो जे छ परिवारको साथमा बाँडेर खाएका छन् अनि परिवारमै रमाएका छन् । त्यसकारण पनि जीवन नयाँ सोचका साथ जिउनु आवश्यक हुन्छ । त्यसैले पैसाले मात्र जीवनमा खुसी ल्याउँछ भन्ने सोच आजैबाट त्यागिदिनुहोस् ।

खुसी रहने अरु पनि धेरै उपाय छन्


घुम्न जानुहोस्-तपाईलाई थाहा छ, सहरमा रहने मानिस भन्दा गाउँमा रहने मानिसहरू ज्यादा खुसी रहन्छन् । उनीहरू गाउँको खुला हावामा सास फेर्न पाउँछन् । हाम्रो जिन्दगी प्रकृतिसँग जोडिएको हुन्छ । त्यसकारण प्रकृतिसँग नजिक हुन कहिलेकाहिँ लामो यात्रामा जानुहोस् । हरियो जंगल, ठूला पहाड अनि पहाडको छेउबाट चलेको चिसो हावाको महसुस गर्नुहोस् । त्यहाँको सौन्दर्यताको रस्वादन गर्नुहोस् ।


कलाप्रेमी बन्नुहोस्- संसार यति सुन्दर छ कि तपाई सोच्न पनि सक्नुहुन्न । संसारको त्यो सौन्दर्यता देख्नका लागि तपाईको हेर्ने नजर पनि सकारात्मक हुन जरुरी छ । यसको लागि कलाप्रेमी हुनु तथा कलालाई अन्तरमनदेखि बुझ्न जरुरी हुन्छ । त्यहाँ आफ्नो खुसी खोज्नुहोस् । संसारका महान चित्रकारहरूले आफ्नो चित्रकलामार्फत् यतिधेरै कुराहरू दिएका छन् कि यदि तपाई कला बुझ्नु भयो भने तपाईलाई कलामा डुबेर रमाउने चाहना पानीको तिर्खा जस्तो हुन्छ ।


अध्यात्मिक बन्नुहोस्- विज्ञानले अध्यात्मिक चिन्तनलाई त्यति महत्व दिँदैन । मानिसहरू अध्यात्मलाई बेवास्ता गर्दै आफूभित्र भएको प्राकृतिक शक्तिको महसुश गरेर पनि अस्वीकार गर्दछन् । तर, कनै पनि कुरामा तपाईको आस्था रहनु तपाईको लागि सकारात्मक प्रभाव हुन्छ । यदि सम्भव हुन्छ भने त्यस्तो विचारहरूमा आस्था राख्नुहोस्, जसले तपाईलाई खुसी दिन्छ ।


साहित्य पढ्नुहोस्- साहित्य अनि किताव केवल इतिहास र भविष्यको योजनामात्र होइन । यो संसारकै महान व्यक्तिहरूको जीवनको अनुभवको संग्रह पनि हो । जुन किताब पढेर उनका जीवनका सकारात्मक कुराहरू मनभित्र संग्रह गरेर राख्ने नकारात्मक तथा असफलताबाट केही सिकेर जीवन सहज बनाउने तर्फ सोच्न सकिन्छ । त्यसकारण पनि जिन्दगीमा खुसी रहनका लागि साहित्यमा आफ्नो रुचि जगाउनुका साथै यसबाट प्रेरणा पनि लिनुहोस् ।


परिवारसँग जोडिनुहोस्- एउटा भनाई छ जिन्दगीलाई पूर्ण बनाउनका लागि तपाईसँग परिवार हुन जरुरी छ । जीवनमा काम, पैसा भन्दा पनि पहिले परिवारलाई अगाडि राख्नुहोस् । तपाईको मनमा पहिलो प्राथमिकतामा परिवार आउन जरुरी छ । किनकी, तपाई काम सकेर घर आउनुहुन्छ, थाकेको महसुस गर्नुहुन्छ । त्यतिबेला तपाईको परिवारसँग तपाईको आत्मा जोडिन सक्यो भने परिवार तपाईको लागि खुसी अनि उर्जाको स्रोत बन्न सक्छ । त्यसकारण परिवारमा विशेष गरेर बच्चासँग मनैबाट जोडिनुहोस् । उनीहरूको खिलखिलाएको हाँसो र तोते बोलीले तपाईको दिनभरीको सारा पीडा बिर्साइदिन्छ ।


संगीत सुन्नुहोस्- जिन्दगीमा खुसी पाउने राम्रो माध्यम हो संगीत । जो मानिसहरू गीत संगीत अनि अन्य कलात्मक वस्तुहरूमा रुचि राख्छन् उनीहरू जीन्दगीलाई नयाँ तरिकाबाट सोच्छन् । उनीहरू जीन्दगीको हरेक घटनालाई संगीतमा जोडिदिन्छन् । हरेकपल संगीतको नजिक हुन्छन् । यदि तपाईमा संगीतप्रति रुची छैन भने संगीतको बारेमा जानकारी लिनुहोस् । अनि सिक्नका लागि सधै तयार रहनुहोस् जिन्दगीमा केही नयाँ सिक्नाले धेरै खुसी मिल्छ ।


सानो कुरामा पनि आनन्द लिनुहोस्- जिन्दगीमा हरेक साना कुरामा खुसी खोज्ने बानी गर्नुहोस् । हरेक साना या ठूला कुरामा आनन्द खोज्नुहोस् । बिस्तराको सफाइ र नरमपना, अरुसँग कुरा गर्दा खुसी महसुश गर्नु, खाने खाने समयमा खानाको स्वाद लिएर आनन्द लिदै खानु, नुहाउँदा मिल्ने शान्तिको महसुस गर्नु, यात्रामा खुसी हुनु । यी स–साना कुरामा पनि तपाईले मनग्य खुसी प्राप्त गर्न सक्नु हुनेछ ।


खुशी मनले काम गर्नुस् –कामलाई बोझ ठानेर नहिड्नुुस् । तपाई गम्भीर भएर एकपटक सोच्नुहोस् त जीवनमा यदि काम हुँदैनथ्यो भने जीवनको कुनै लक्ष्य हुँदैनथ्यो । तपाई दिनरात बिस्तरामा सुतिरहँदा कति छटपटि हुन्थ्यो होला ! एक दिन दुई दिन मात्र नभएर जिन्दगी जिउनु धेरै लामो भएकोले जिन्दगी बिताउनका लागि काम आवश्यक छ । यसकारण जिन्दगीमा कामको महत्व बुझेर मनैदेखि आनन्दका साथ काममा लागिरहनुहोस् ।

सर्बाधिक पढिएको

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल २ हप्ता पहिले | संसार न्यूज़

१० मङ्सिर, स्याङ्जा । भूमि, व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री…

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ४ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ४ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ५ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

National automotive engineering conference on May 10 and 11

National automotive engineering conference on May 10 and 11 ७ महिना पहिले | संसार न्यूज़

6 May, Banepa - The Kathmandu University and the Institute…