Sansar News- Nepal's Fast Khabar Online News Portal

स्मरण चिन्तन्

संसार न्यूज़
२ वर्ष पहिले
स्मरण चिन्तन्

आशा अझै बाक़ी नै छ
सपनाझैँ बर्बराइरहेका छन् दिन र रातहरु
मेरै देश र पुर्खाका गाथाहरु समेटेर
आँसु अनि रगतका थोपाथोपा बोलिरहेका छन्
इतिहासका ती काला रातहरुसँग
पारि डाँडामा डुब्न लागेका सुर्यझैँ
अर्थहीन जीवनसँग गाँसिएको
तितो इतिहासको दोसाँधमा
घडीको प्रतीक्षा गर्दै
जीवन परीक्षामा घोलिरहेका छन् ।

हामीले आँखा चिम्लिसकेका छैनौँ
आशाहरु बाँकी नै छन्
शेर छिर्ने गोरेटो न हो केवल त्यो
वीरहरुले आँखा खोलेका दिन
धमिलो पानीमा माछा मार्नेहरुका निम्ति
राजा अन्दाधुन्द बौलाउँदा
हामी चेतशुन्य थिएनौं, तर विडम्बना
त्यति बेला राँचीका पागलखानाहरु
भारतका मन्त्री महोदयले भरिसकेका थिए ।

यति मात्र फरक छ विद्वानहरु बौलाए सिर्जना गर्छन्
शासक बौलाएपछि निर्दोष जनताको खुन प्युँछन्
अनि मतान्धो भएर जनता लखेट्छन्
जबजब म स्तव्ध हुन्छु
म यी दुबैथरिलाई देख्छु
सर्जकहरु आकाशमा उडिरहेका हुन्छन्
बादलसँग मिसिएर
अनि गुन्गुनाइरहेका हुन्छन् तिनै सिर्जनाहरुमा
शासकहरु जनताका आँसु र रगतका पिण्डहरु बटुलेर
राँगामा चडी दक्षिण दिशा–
उही पागलखानामा पुग्छन् मिसिएर पिसिएर ।

टाई बाँध्नेहरु अधिकारका पोका बोकेर
घरघरमा पुर्याइदिने तर्खर गरिरहेका हुन्छन्
तर बिडम्बना–
जहाँ मान्छेले मान्छेलाई नै चिन्दैनन्
जहॉ आत्माको पूजा हुँदैन
अनि मर्नु अघि एकफेरा बौलाउँछन्
तिनै मानव पिंजडाभित्र कुँजिएर ।

इति

महाकवि डिल्लीराम अाचार्य नेपाली भाषी भूटानीहरूमाझ नेपाली साहित्यका महाकवि भनेर चिनिनु हुन्छ भने  उहाँले लेख्नु भएका नेपाली-अङ्ग्रेजी-नर्वेजियन-अङ्ग्रेजी-नेपाली गरी थुर्इ थान शब्दकोष प्रकाशकको खोजिमा छन् । – सम्पादक

सर्बाधिक पढिएको

१२ सम्मका पाठ्यक्रम परिवर्तन हुँदै -अनिवार्य विषयबाट गणित हट्यो, गणित हटाइएकोमा विज्ञहरुद्वारा आपत्ति

१२ सम्मका पाठ्यक्रम परिवर्तन हुँदै -अनिवार्य विषयबाट गणित हट्यो, गणित हटाइएकोमा विज्ञहरुद्वारा आपत्ति ४ हप्ता पहिले | संसार न्यूज़

६ माघ, काठमाडौँ । आगामी शैक्षिक सत्रदेखि विद्यालय तहका सम्पूर्ण…

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य २ हप्ता पहिले | संसार न्यूज़

संविधानविद्  डा.  भिमार्जुन आचार्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललित निवास…

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ?

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ? २ दिन पहिले | संसार न्यूज़

५ फागुन, काठमाण्डौ । नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना…

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ?

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ? २ हप्ता पहिले | संसार न्यूज़

२४ माघ, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो…