Sansar News- Nepal's Fast Khabar Online News Portal

दक्षिण सुडानमा छ मन्त्री बर्खास्त

संसार न्यूज़
४ वर्ष पहिले

२० साउन, जुवा (दक्षिण सुडान) । दक्षिण सुडानमा पछिल्लो समय देखिएको तनावसँगै यहाँका राष्ट्रपति साल्भा कीरद्वारा प्रतिपक्षी दलबाट मन्त्रिमण्डलमा नेतृत्व गर्नु हुने छ जना मन्त्री तथा दुई सहायकमन्त्रीलाई पदबाट बर्खास्त गर्नुभएको छ भने केहीलाई मङ्गलबार फरक जिम्मेवारी तोक्नुभएकोे छ ।

पिपल्स लिबरेसन मुभमेन्ट इन अपोजिसन (एसपीएलम–आईओ) का तर्फबाट सरकारमा प्रतिनिधित्व गर्ने गृहमन्त्री लेडो गोरलाई गृहको सट्टामा भूमि, आवास तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी तोकिएको कुरा पनि राष्ट्रपतिले टेलिभिजनद्वारा गरिएको सम्बोधनमा बताउनुभएको छ ।

त्यसैगरी अन्य केही मन्त्रालयमा पुराना मन्त्रीलाई हटाई नयाँ मन्त्री तोकिएको छ ।

मन्त्रिमण्डलको पुनःगठन नयाँ मनोनित प्रथम उपराष्ट्रपति तवान देङ गाईको सुझाव अनुसार गरिएको राष्ट्रपति कीरले बताउनुभयो ।

नयाँ प्रथम उपराष्ट्रपति गाई पूर्व विद्रोही नेता डा रिएक मसारको सट्टा हालैमात्र मनोनित हुनुभएको हो । सिन्ह्वा

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ३ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो १ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ३ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ?

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ? ७ दिन पहिले | संसार न्यूज़

१९ असार, काठमाण्डौं । नेपालमा कोरोना संक्रमणबाट ८२३ जना मुक्त…