Sansar News- Nepal's Fast Khabar Online News Portal

इजरायलद्वारा बाह्र वर्ष उमेर पुगेकालाई थुनामा राख्ने कानुन पास

संसार न्यूज़
४ वर्ष पहिले
इजरायलद्वारा बाह्र वर्ष उमेर पुगेकालाई थुनामा राख्ने कानुन पास

isreal

२० साउन, जेरुसेलम (इजरायल) । इजरायली संसदले १२ वर्ष माथिका बालबालिकालाई समेत आतङ्कवादी गतविधिमा संलग्न भएको पाएमा जेल चलान गर्न सक्ने कानुनलाई मङ्गलबार पास गरेको इजरायली संसदले जनाएको छ ।

इजरायलमा प्यालेस्टाइनद्वारा बालबालिकालाई प्रयोग गरी एकपछि अर्को आक्रमण गर्न थालेपछि यो कानुनलाई पास गरिएको संसदद्वारा अङ्ग्रेजी भाषामा जारी गरिएको एक विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, पछिल्लो समय इजरायली भूमिमा भएका आक्रमणप्रति गम्भीर बन्दै यी आक्रमणले के बालकालिका के वृद्ध सबैमाथि थप कडा कानुनी माग भरेको बताइएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको दक्षिणपन्थी दल लिकुड पार्टीका सांसद अनत बेर्कोलाई उद्धृत गर्दै प्राप्त समाचारमा बताइएको छ, अरूमाथि छुरा रोप्ने र हत्या गर्ने व्यक्ति १२ वर्ष वा १५ वर्ष जति उमेरको भए पनि उमाथि कडा कारबाही आवशयक हुन्छ ।

पछिल्लो विधेयक इजरायलमा आतङ्कवादी गतिविधि नियन्त्रण प्रयासस्वरूप ल्याइएको उहाँको दाबी थियो ।

प्यालेस्टिनी तथा इजरायली भूमिमा गएको अक्टोबर यता २१९ जना प्यालेस्टिनी, ३४ इजरायली, दुई अमेरिकी र दुई अन्य देशका नागरिकको हत्या गरिएको एएफपीको तथ्याङ्क छ ।

इजरायली अधिकारीका अनुसार धेरैजसो प्यालेस्टिनीको चक्कु आक्रमणका लागि चक्कुसहित रहेका क्रममा मृत्यु भएको छ । केहीले बन्दुक तथा केही कार बम विस्फोट गराई आक्रमण पनि भएका इजरायलको दाबी छ ।

आक्रमण प्रयासमा धेरै युवा वा बालबालिकाको प्रयोग गरिने गरेको इजरायली दाबी छ ।एएफपी

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ४ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो १ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ३ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ?

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ? १ हप्ता पहिले | संसार न्यूज़

१९ असार, काठमाण्डौं । नेपालमा कोरोना संक्रमणबाट ८२३ जना मुक्त…