Sansar News- Nepal's Fast Khabar Online News Portal

देउसिरे

संसार न्यूज़
२ वर्ष पहिले
देउसिरे

आमा हो ! अँध्यारोमा आयौँ उज्यालो छ हातमा
पुरै होसहवासमा आयौँ सपना छ आँखामा
छुटेका छुटे उतै समयको चेपमा
जुटेका आयौँ बोलाउँदै बोलाउँदै द्वारद्वारमा
गहिरो निद्राबाट उठाउँदै आयौँ घरघरमा
भाइ हो देउसिरे भन
बहिनी हो देउसिरे भन ।

असजिलो बाटोमा पाइला राखेर आयौँ
निरङ्कुशता सल्काएर यही उज्यालोले
उज्यालोकै गीत गाउँदै आयौँ
आँखामा सपना फुलाउनु छ अब
उठ्नुहोस् बाबा ! उठ्नुहोस् आमा !
सम्बोधन गरेर यही समयलाई केही सुनाउनु छ अब
रोपेर खुशी यही बाटोमा पुग्नु छ दिगन्तसम्म
सधैँलाई लुकाएर दुःखको गीत
खोज्नु छ दिदीबहिनीको आँखामा नवीन सपना
भाइ हो देउसिरे भन
बहिनी हो देउसिरे भन ।

आमा हो ! पुग्नु छ टाढा छोप्नु छ सपना
पुर्याउनु छ उज्यालो टाढाटाढाको गाउँसम्म
हामी थाकेका होइनौँ लाचार भएर केही मागेका होइनौँ
दिदी हो हामी आएका छौँ औँसीमा उज्यालो ल्याएका छौँ
भाइ हो देउसिरे भन
बहिनी हो देउसिरे भन

छोडेर आयौँ उतैतिर दुःखको गीत
हिँड्दै आयौँ टेकेर समयको ढाडमा
बरफजस्तै चिसो रातमा आमाहरूलाई बोलाउँदै आयौँ
दिदीहरूलाई ब्युउँझाउँदै आयौँ
आँखामा अनेक सपना सजाउँदै आयौँ
भाइ हो देउसिरे भन
बहिनी हो देउसिरे भन ।

पालामा सल्काएर जीवनको सलेदो
दिदी हो उठेर हेर
आयौँ हामी समयको लठ्ठी टेकेर
आमा हो ! हामी विदा हुन्छौँ अब
बाबा हो ! हामी जान्छौँ अब
दिदी हो ! हामी जान्छौँ अब
विदा हुन्छौँ अब आशिकैआशिक दिएर
हामीले ल्याएको उज्यालो आउने छ यता
आएका हौँ हामी लामो बाटो हिँडेर
आफ्नै आँगनमा रमाउन आशाको उज्यालो बोकेर
खुशी हुनुहोस् दिदी !
खुशी हुनुहोस् दाजु !
आएका छन् भाइबहिनी रहरहरू सङ्गालेर
समय नहिँडोस् हामीलाई पुल बनाएर
नछलोस् समयले हिजोजस्तै हामीलाई सपना देखाएर
अब जानु छ टाढा
भाइ हो देउसिरे भन
बहिनी हो देउसिरे भन ।

इति

सर्बाधिक पढिएको

१२ सम्मका पाठ्यक्रम परिवर्तन हुँदै -अनिवार्य विषयबाट गणित हट्यो, गणित हटाइएकोमा विज्ञहरुद्वारा आपत्ति

१२ सम्मका पाठ्यक्रम परिवर्तन हुँदै -अनिवार्य विषयबाट गणित हट्यो, गणित हटाइएकोमा विज्ञहरुद्वारा आपत्ति ४ हप्ता पहिले | संसार न्यूज़

६ माघ, काठमाडौँ । आगामी शैक्षिक सत्रदेखि विद्यालय तहका सम्पूर्ण…

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य २ हप्ता पहिले | संसार न्यूज़

संविधानविद्  डा.  भिमार्जुन आचार्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललित निवास…

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ?

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ? २ दिन पहिले | संसार न्यूज़

५ फागुन, काठमाण्डौ । नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना…

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ?

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ? २ हप्ता पहिले | संसार न्यूज़

२४ माघ, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो…