Sansar News- Nepal's Fast Khabar Online News Portal

विषे नगर्ची र घाँसी

संसार न्यूज़
२ वर्ष पहिले
विषे नगर्ची र घाँसी

नेपाली नाम हाम्रो यस भुवनभरि गर्वले नाम लिन्छौं
राजर्षी नेमुनीको करुण रसमयी भावनामा बहन्छौं
युगौं बिते प्रशस्तै अरूहरु सबले खोस्न प्रयाश गर्थे
हाम्रो अतीत प्यारो कल, छल, बलले वर्तमानै उधिन्थे ।

थिए विद्वान राजा शुरविर बहुतै दूर खेदे, लघारे
धेरै टुक्रा थिए ती जब पृथिविले एकतामा सह्यारे
विषे नगर्चि जस्ले जब धन सकियो देशबासी गुहार्न
दीक्षा दिन्थ्यो नि ठूलो अलिअलि सबमा माग्न खर्चै तमाम

रुपियाँ एक एकै घरघर घुम हे नृप ‘साना ! महान !
बन्यो नेपाल एकै तर अब कसरी लोलि बोली, मिलाऔं ?
झुल्क्यो भानु —प्रभा त्यो अलमल कसरी वक्षकुण्ठा फुकाऊँ ?
घाँसीले ज्ञान हाल्यो पुलकित मनमा सत्य सन्देश ठूलो

देऊ नानी ! खुलाई तममयमनमा ज्ञान, किर्ती उज्यालो !
पाई सङ्केत नौलो उरबिच खनियो रामको नाम, काम
उल्था गरे नि सारा जनबिच सबमा एक भाषा तमाम
ऐले हामी सबैले सहजसित मीठो देश नेपाल भन्छाैँ

नेपाली बोल बोल्छौं सरलसित मीठो वक्षमावक्ष मिल्छौ !
धन्यै छौं ! आज हामी परिचित भवमा गर्वमा, सानमा छौं !
नगर्ची, पृथ्वि, घाँसी सुझबुझ हृदयी भानु कैल्यै नभूलौं !
हाम्रो अतीत राम्रो उच मन सबमा गर्नु कल्याण, प्रेम

वेदान्त श्रेय, बुद्ध प्रिय सब जगमा सन्तति हौं सुनाम !
लम्कन्छौँ नित्य नौलो पथ यस जगमा दूर क्षितिजपारि
पुग्छौँ सारा मिलेरै नित नव पथका पान्थ आभा उघाारी
फैलिन्छन् व्याप्त हाम्रा सुदुरदुर नयाँ सन्तति चेतवाला
लम्किन्छन् योग्य बन्छन् तनमन हृदयी यात्रु यात्रा निराला !

इति

त्रिविका पूर्व प्राध्यापक सिटाैला अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज-अनेसासका पूव केन्द्रिय अध्यक्ष तथा सल्लाहकार हुन् । – सम्पादक

सर्बाधिक पढिएको

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो २ हप्ता पहिले | समर शर्मा

काठमाडौं । विभाजन र टुटफुटले सकिन लागेको माओवादी आन्दोलन फेरि…

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा २ हप्ता पहिले | संसार न्यूज़

२५ भदौ, युके । बेलायतमा एक नेपाली युवाको मृत्यु भएको…

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका मेयरमा नेपाली कांग्रेशका पुराना…

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ?

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ? ४ हप्ता पहिले | संसार न्यूज़

९ भदौ, काठमाडौं । निरन्तर उकालो लागेर लाख नाघेको सुनको…