Sansar News- Nepal's Fast Khabar Online News Portal

रिपब्लिकन पार्टीका कोष सङ्कलकले नै क्लिन्टनलाई सघाउने

संसार न्यूज़
४ वर्ष पहिले
रिपब्लिकन पार्टीका कोष सङ्कलकले नै क्लिन्टनलाई सघाउने

hillary२० साउन, वासिङटन (अमेरिका) । अमेरिकी रिपब्लिकन पार्टीका महत्वपूर्ण कोष सङ्कलक मेग ह्वीटम्यानले द न्युयोर्क टाइम्ससँगको कुराकानीमा रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपति बन्नुभएका नेता डोनाल्ड ट्रम्पलाई ‘खतरनाक दुर्जनहरूको नेता’ भनी आलोचना गर्नुभएको छ ।

उहाँले आफ्नो अर्थ सङ्कलन अभियानबाट जुटेको सबै पैसा डेमोक्रेटिक पार्टीकी नेत्री एवम् अमेरिकी नयाँ राष्ट्रपतिकी उम्मेदवार क्लिन्टनलाई दिनेसमेत मङ्गलबार बताउनुभयो ।

म हिलारीलाई मतदान गर्छु र मेरा रिपब्लिकन साथीहरूलाई पनि हिलारीलाई मतदान गर्न अनुरोध गर्नेछु, ह्वीटम्यानले बताउनुभयो ।

खर्बपति ह्वीटम्यान हेवेल्ट प्याकार्ड इन्टरप्राइजका प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ । उहाँले ‘इवे’ को कार्यकारी प्रमुखका रूपमा समेत काम गर्नुभएको थियो ।

उहाँ सन् २०१० मा क्यालिफोर्नियाबाट गभर्नरका लागि प्रतिस्पर्धा गरे पनि जित भने हासिल गर्नुभएको थिएन ।

मङ्गलबार न्युयोर्क टाइम्ससँगको अन्तरवार्तामा रिपब्लिकन उम्मेदवार ‘ट्रम्पलाई बेइमान एवम् दुर्जन नेता’ भएको भन्दै ट्रम्पलाई अमेरिकी राष्ट्रपतिमा निर्वाचित गर्नु भनेको मुलुकलाई ‘खतरनाक यात्रा तिर पु¥याउनु’ हुने बताउनुभयो ।

ह्वीटम्यानले यस वर्ष ट्रम्पले दिएका प्रतिक्रिया हेर्दा उनलाई जर्मन तानाशाह हिटलर र इटालीका तानाशाह मुसोलिनीसँग तुलना गर्न सकिने बताउनुभयो ।

ह्वीटम्यानले एक महिना पहिले हिलारीले आफूलाई टेलिफोन मार्फत सघाउन आग्रह गरेको बताउँदै आफू पूर्व विदेश मन्त्री बनिसक्नु भएकी भद्र नेत्री हिलारीको पक्षमा चुनावी अभियानमा समेत लाग्ने बताउनुभएको छ । एएफपी

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ४ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो १ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ४ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ?

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ? १ हप्ता पहिले | संसार न्यूज़

१९ असार, काठमाण्डौं । नेपालमा कोरोना संक्रमणबाट ८२३ जना मुक्त…