Sansar News- Nepal's Fast Khabar Online News Portal

संचयकोषद्धारा कर्मचारीलाई रु पच्चीस करोड भुक्तानी

संसार न्यूज़
४ वर्ष पहिले

२० साउन, बुटवल । कर्मचारी सञ्चयकोष शाखा कार्यालय बुटवलले गत आवमा सेवाबाट अवकास प्राप्त एक हजार ८४४ सञ्चयकर्ता कर्मचारीलाई रु २५ करोड १२ लाख ४४ हजार भुक्तानी गरेको छ ।

सो अवधिमा कोषले ७२ मृतक सञ्चयकर्ताका हकवालालाई रु २० लाख काजकिरिया खर्च र दुर्घटनामा मृत्यु हुने आठ हकवालालाई रु आठ लाख २५ हजार, सञ्चयकर्ता सुत्केरी तथा शिशु हेरचाह कार्यक्रमअन्तर्गत ८३० सञ्चयकर्ता कर्मचारीलाई रु ६२ लाख २५ हजार र स्वास्थ्य उपचार कार्यक्रमअन्तर्गत रु १५ हजार रकम अनुदान भुक्तानी गरेको कोषका शाखा प्रमुख टोपाराम पण्डितले जानकारी दिनुभयो ।

यस्तै आफ्नो सेवा अवधिमा सेवाकालीन आवश्यकता पूरा गर्न ऋण सापटीअन्तर्गत एक हजार ५२८ सञ्चयकर्ता कर्मचारीले कोषबाट रु एक अर्ब १५ करोड ७५ लाख ४२ हजार, घर सापटी कर्जाअन्तर्गत ९८ जनाले रु ९ करोड ७६ लाख ६८ हजार र शैक्षिक कर्जाअन्तर्गत ६ जनाले रु ९९ लाख ८७ हजार प्राप्त गरेका छन् । कार्यालयले लुम्बिनी अञ्चलका ६ जिल्लासहित राप्तीका प्यूठान र रोल्पा तथा गण्डकीका स्याङजाका सेवाग्राहीलाई सेवा प्रदान गर्दै आएको छ ।

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ३ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो ६ दिन पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ३ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ?

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ? ४ दिन पहिले | संसार न्यूज़

१९ असार, काठमाण्डौं । नेपालमा कोरोना संक्रमणबाट ८२३ जना मुक्त…