Sansar News- Nepal's Fast Khabar Online News Portal

ललितपुरको सानेपामा लक्ष्मी बैंकको शाखा

संसार न्यूज़
२ वर्ष पहिले
ललितपुरको सानेपामा लक्ष्मी बैंकको शाखा


१४ साउन, काठमाडौँ । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा काठमाडौं उपत्यकाभित्र आफ्नो १७ औं शाखाको रुपमा ललितपुरको सानेपामा नयाँ शाखा संचालनमा ल्याएकोे छ । यो शाखामार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै सानातथा लघु व्यवसायीहरु तथा विशेषगरी कृषि व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ ।

यस नयाँ शाखाको साथलक्ष्मी बैंकको संजाल ४६ जिल्लामा ९५ शाखा, ३ हस्पिटल सेवा काउन्टर, १०५ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ५१ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ । यी शाखाहरुका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, विमालगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा बजारहरुमा आक्रामक रुपमा सेवा विस्तार गर्दै आएको छ ।

यस शाखाको विस्तार सँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात् शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवाप्रादन गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।

सन् २०१२ देखि सञ्चालनमा आएको बैंकको सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना ५९ शाखाहरुमार्फत विभिन्न जिल्लाहरुमा हालकूल रु २.६ अरब भन्दा माथिको लघुकर्जा सुविधा प्रदान गरेको छ ।

साथै बैंकको सहायक कम्पनी लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले सन् २००९ देखि नेपाल धितोपत्र बोर्डबाट इजाजत लिई विभिन्नमर्चेन्ट बैंकिंग सेवाहरु सञ्चालन गर्नुका साथै बैंकको प्रवद्र्धनमा लक्ष्मी भ्यालु फण्ड १ र लक्ष्मी इक्विटि फण्ड नाम कम्युचुअल फण्ड योजनाहरु सञ्चालनमा ल्याएको छ ।

आ.व. २०७४÷७५ मा रु. ६७ं.७४ अरब निक्षेप र रु.६२ अरब कर्जा पु¥याएको यस बैंकको वासलातको आकार रु.८१.३३ अरब रहेको छ । यसका साथ साथै संपूर्ण वित्तीय सूचकहरु नियामक व्यवस्था अनुरुप नै राम्रो अवस्थामा रहेको जनाइएको छ ।

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ४ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो १ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ३ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ?

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ? १ हप्ता पहिले | संसार न्यूज़

१९ असार, काठमाण्डौं । नेपालमा कोरोना संक्रमणबाट ८२३ जना मुक्त…