Sansar News- Nepal's Fast Khabar Online News Portal

सिटिजन्सको प्रवक्तामा उमंग शर्मा नियुक्त

संसार न्यूज़
२ वर्ष पहिले
सिटिजन्सको प्रवक्तामा उमंग शर्मा नियुक्त


१४ साउन, काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले प्रवक्तामा उमंग शर्मालाई नियुक्त गरेको छ । “योर पार्टनरफर प्रोग्रेस” भन्ने नारालाई आत्मसाथ गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिंग सेवा पु¥याँउदैै आएको सिटिजन्स बैंकले शर्मालाई नियुक्त गरेको हो ।

करिब १७ वर्ष अघि नविल बैंक नेपालबाट करियर थालेकी शर्मा बैंकिङ क्षेत्रमा एक अनुभवी बैंकरका रूपमा परिचित छन् । शर्मा बैंकको स्थापनाकाल देखिनै कार्यरत छिन् । यस दौरानमा उनले कर्जा विभाग अन्तर्गत उपभोक्ता बैकिंग यूनिट, संस्थागत कर्जा, एस एम ई जस्ता क्षेत्रमा उल्लेख्य काम गरेकी हाल उनी अन्तर्गत सामान्य सेवा विभाग, मानव संसाधन विभाग र कर्पोरेट कम्युनिकेशन विभागमा रहेकी छिन् । बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीले बैंकिङ क्षेत्रमा अनुभवी शर्माले बैंकलाई नयाँ उचाइँमा लैजाने विश्वास व्यक्त गरेका छन् ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ७८ वटा शाखा, ७० वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव तीन लाख पचास हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । आफ्नो ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ३ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो १ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ३ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ?

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ? ६ दिन पहिले | संसार न्यूज़

१९ असार, काठमाण्डौं । नेपालमा कोरोना संक्रमणबाट ८२३ जना मुक्त…