Sansar News- Nepal's Fast Khabar Online News Portal

राष्ट्रिय बीमा कम्पनीको खुद नाफा रु ५५ करोड

संसार न्यूज़
२ वर्ष पहिले

१९ साउन, काठमाडौँ  । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले आव २०७४÷०७५ मा कूल रु ५५ करोड खुद नाफा गरेको छ ।

कम्पनीको पाँचौँ वार्षिकोत्सवका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा आव २०७४/७५ मा कम्पनीले बीमा शुल्कबापत रु ९३ करोड ८८ लाख र लगानी तथा कर्जाबाट रु ७४ करोड ७३ लाख आम्दानी गरेको जानकारी दिइयो ।

कार्यक्रममा अर्थमन्त्रालयका राजश्व सचिव शिशिरकुमार ढुंगानाले संस्थागत सुशासनलाई ध्यान दिँदै सबै नागरिकलाई बीमाको दायराभित्र ल्याउन सुझाव दिए । उनले प्रतिस्पर्धात्मक बीमा बजारमा आफूलाई खरो उतार्न व्यावसायिक दक्षता र सेवाको गुणस्तरीयतामा ध्यान दिनुपर्ने बताए ।

संघीय संसद्मा प्रस्तुत भएको बीमा ऐनले बीमा क्षेत्रमा देखिएका समस्या हल गर्न र बीमा क्षेत्रको विकासका लागि सहयोग मिल्ने उनले बताए । बीमा बजार विस्तारका लागि ग्रामीण तहसम्म बीमासम्बन्धी जनचेतना बढाइनुपर्ने उनको भनाइ थियो ।

कम्पनीको सञ्चालक समितिका अध्यक्ष उमेशचन्द्र उपाध्यायले अझै पनि ठूलो संख्यामा नेपाली जनता बीमाको पहुँचभन्दा बाहिर रहेको जानकारी दिँदै दूरदराजसम्म कम्पनीको सेवा विस्तार गर्दै सेवा प्रवाहलाई अझ आधुनिकीकरण गरी बहुसंख्यक जनतालाई गुणस्तरीय सेवा पु¥याउने प्रतिबद्धता व्यक्त गरे ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरविक्रम रायमाझीले देशको कुनाकाप्चामा समेत सर्वसुलभ बीमा सेवा पु¥याउन कम्पनी क्रियाशील रहेको बताउँदै बीमा क्षेत्रको सेवा विस्तारका गर्न दीर्घकालीन रणनीति बनाउने तयारी भइरहेको जानकारी दिए ।

सो अवसरमा जनतामा बीमाको चेतना विकास गरी बीमा सेवालाई सर्वसाधारणसमक्ष पु¥याउन महत्वपूर्ण योगदान गरेको भन्दै उत्कृष्ट पाँच अभिकर्ता र उत्कृट तीन शाखालाई पुरस्कृत गरिएको थियो ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत झापास्थित रत्न ज्येष्ठ नागरिक वृद्धाश्रम सेवा केन्द्रलाई रु ९० हजार आर्थिक सहयोग गरेको छ । त्यस्तै प्रणवानन्द विद्यामन्दिर गुह्वेश्वरीलाई रु ८० हजार, पिपल चौतारा माध्यामिक विद्यालय सुर्खेतलाई रु ५० हजार र चौतर्फी महिला विकास संस्थालाई रु ३० हजार आर्थिक सहयोग गरेको छ ।

कम्पनीले विसं २०२४ साल पुस १ गते राष्ट्रिय बीमा कम्पनी (प्रालि) का रूपमा स्थापित भई २०२५ साल पुस १ गतेदेखि राष्ट्रिय बीमा संस्थान ऐन, २०२५ अन्तर्गत संस्थानमा परिणत भई निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएको छ ।

राष्ट्रिय बीमा संस्थानको निर्जीवन बीमा व्यवसायलाई अलग संस्थाबाट सञ्चालन गर्नेसम्बन्धी नेपाल सरकार, मन्त्रिपरिषद्को २०७१ वैशाख २३ गतेको निर्णयबमोजिम साविकको संस्थानले सञ्चालन गर्दै आएको निर्जीवन बीमा व्यवसाय राष्ट्रिय बीमा कम्पनी लिमिटेडका रूपमा स्थापना भई व्यावसायिक कारोबार शुरु गर्दै आइरहेको छ ।

कम्पनीको हाल १२ वटा शाखा कार्यालय र दुई सम्पर्क कार्यालय सञ्चालनमा रहेका छन् । बीमा समितिले जारी गरेको पशु तथा बाली बीमा गर्ने नीतिबमोजिम कम्पनीले पनि पशु तथा बालीको बीमा व्यवसाय गरी कृषि क्षेत्रमा थप सेवा प्रदान गरिरहेको छ ।

कम्पनीको गत असार मसान्तसम्म वाणिज्य बैंक, विकास बैंकलगायको मुद्दति निक्षेपमा रु तीन अर्ब ३५ करोड लगानी रहेको छ । नेपाल सरकार, बीमा समिति तथा नेपाल राष्ट्र बैंकद्वारा निर्दिष्ट गरिएका क्षेत्रमा विद्यमान ऐन, नियम नीति तथा निर्देशिकाको परिधिभित्र रही विभिन्न बैंक, वित्तीय संस्थामा, नेपाल सरकारको ऋणपत्र, शेयर र डिबेञ्चरमा अल्पकालीन तथा दीर्घकालीन लगानी गरी उच्चतम् प्रतिफल प्राप्त गर्र्दै आएको कम्पनीले जनाएको छ ।

सर्बाधिक पढिएको

पार्टीभित्रको विवाद ओलीलाई कसरी हटाउने अनि प्रधानमन्त्री र पार्टी अध्यक्ष को–को बन्ने भन्नेमा मात्रै केन्द्रित देखियो

पार्टीभित्रको विवाद ओलीलाई कसरी हटाउने अनि प्रधानमन्त्री र पार्टी अध्यक्ष को–को बन्ने भन्नेमा मात्रै केन्द्रित देखियो १ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आन्तरिक विवादमा फस्दै…

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित)

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित) ३ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानले लकडाउनका कारण रोकिएका…

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प ४ हप्ता पहिले | संसार न्यूज़

४ साउन, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले परीक्षा सम्बन्धी सिफारिस गर्न…

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन ४ हप्ता पहिले | संसार न्यूज़

२ साउन, काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी रोकथाम…