Sansar News- Nepal's Fast Khabar Online News Portal

सनराइजका ग्राहकहरुलाई देशभरका ८० भन्दा बढी निजी अस्पतालहरुमा विशेष छुट

संसार न्यूज़
२ वर्ष पहिले

सनराइज बैंकले आफ्ना ग्राहकहरुलाई स्वास्थ्य बीमा योजना अन्र्तगत विशिष्ठ सेवा पुर्याउने हेतुले देशभरका ८० भन्दा बढी निजी अस्पतालहरुसँग सम्झौता गरेको छ । जसअनुसार बैंकका ग्राहकहरुले स्वास्थ्य परीक्षण गराउँदा ५ प्रतिशत देखि २० प्रतिशत सम्म विशेष छुट पाउन सक्ने छन् । कोही पनि ग्राहक यस सेवाबाट वञ्चित् नहुन् भन्ने लक्ष्य बैंकको रहेको र जस्को प्राप्तिको लागि बैंकले अरु निजी अस्पतालहरुसँग समेत सम्झौताको क्रम जारी राखेको बैंकले जनाएको छ । तोकिएका अस्पतालहरुमा छुट पाउनका निम्ति ग्राहकहरुले बैंकको भिसाकार्ड (डेविट वा क्रेडिट कार्ड) देखाउनु पर्दछ । साथै ग्राहकको सहजताको लागि बैंकले १ वर्ष सम्मको लागि भिसाकार्ड निःशुल्क प्रदान गरेको छ ।

कोही पनि ग्राहक यस सेवाबाट वञ्चित् नहुन् भन्ने लक्ष्य बैंकको रहेको र जस्को प्राप्तिको लागि बैंकले अरु निजी अस्पतालहरुसँग समेत सम्झौताको क्रम जारी राखेको जनाएको छ ।

यसै क्रममा बैंक र मनमोहन मेमोरियल सामुदायिक अस्पतालबीच स्वास्थ्य उपचारमा १० प्रतिशत छुट प्रदान गर्ने सम्झौता गरेको छ । उक्त सम्झौता पछि ग्राहकहरुले सुविधा पाउने अस्पतालको संख्या ८४ पुगेको छ । अस्पतालहरुको नाम तथा छुटको विस्तृत विवरण बैंकको वेवसाईट wwww.sunrisebank.com.np मार्फत प्राप्त गर्न सकिने छ ।

उल्लेखित छुट बाहेक तोकिएको अस्पतालमा भर्ना भई औषधोपचार गर्दा ग्राहकहरुले बैंकवाट रु १ लाख सम्मको स्वास्थ्य बीमा सुबिधा तथा रु ५ लाख सम्मको दुर्घटना बीमा सुबिधा समेत प्राप्त गर्न सक्नेछन् । यी सबै बीमा सुबिधाहरु बैंकका ग्राहकहरुले निःशुल्क प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

सर्बाधिक पढिएको

पार्टीभित्रको विवाद ओलीलाई कसरी हटाउने अनि प्रधानमन्त्री र पार्टी अध्यक्ष को–को बन्ने भन्नेमा मात्रै केन्द्रित देखियो

पार्टीभित्रको विवाद ओलीलाई कसरी हटाउने अनि प्रधानमन्त्री र पार्टी अध्यक्ष को–को बन्ने भन्नेमा मात्रै केन्द्रित देखियो ७ दिन पहिले | संसार न्यूज़

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आन्तरिक विवादमा फस्दै…

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित)

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित) ३ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानले लकडाउनका कारण रोकिएका…

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प ४ हप्ता पहिले | संसार न्यूज़

४ साउन, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले परीक्षा सम्बन्धी सिफारिस गर्न…

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन ४ हप्ता पहिले | संसार न्यूज़

२ साउन, काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी रोकथाम…