Sansar News- Nepal's Fast Khabar Online News Portal

आइएमई लाइफ इन्स्योरेन्स र बंगलादेश बैंक सम्झौता

संसार न्यूज़
२ वर्ष पहिले


२४ श्रावण, काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल बंगलादेश बैंक लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त बैंक अस्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनी तर्फबाट निमित्त महाप्रबन्धक दिनेश अमात्य र नेपाल बंगलादेश बैंक लिमिटेडका तर्फबाट नायब कार्यकारी अधिकृत सुरेन्द्र भुषण श्रेष्ठले हस्ताक्षर गरेका छन् । ।

सो बैंकास्योरेन्स सम्झौता पश्चात सर्वसाधरण तथा बैंकका गा्रहकहरुले नेपाल बंगलादेश बैंक लिमिटेडको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा गराउनका साथै जीवन बीमा सम्बन्धी जानकारी प्राप्त गर्न सक्नेछन् ।

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हाल ५० स्थानबाट बिभिन्न शाखा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ भने बिभिन्न १० वटा योजनाहरु बजारमा ल्याएको छ । कम्पनीले सामान्य सावधिक, बाल शिक्षा, आजिवन, नगदफिर्ता, साढे तीन गुणा रक्षावरण, नगदफिर्ता आजिवन लगायतका बीमा योजना ल्याएको छ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मुख्य उद्देश्य न्यूनभन्दा न्यून आय भएका शहरी तथा ग्रामिण भेगका व्यक्तिहरुको समेत जीवन बीमामा पहुँच पु¥याई नेपालमा जीवन बीमा बिस्तार गर्नु रहेको जनाइएको छ ।

सर्बाधिक पढिएको

पार्टीभित्रको विवाद ओलीलाई कसरी हटाउने अनि प्रधानमन्त्री र पार्टी अध्यक्ष को–को बन्ने भन्नेमा मात्रै केन्द्रित देखियो

पार्टीभित्रको विवाद ओलीलाई कसरी हटाउने अनि प्रधानमन्त्री र पार्टी अध्यक्ष को–को बन्ने भन्नेमा मात्रै केन्द्रित देखियो ५ दिन पहिले | संसार न्यूज़

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आन्तरिक विवादमा फस्दै…

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित)

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित) ३ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानले लकडाउनका कारण रोकिएका…

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प ४ हप्ता पहिले | संसार न्यूज़

४ साउन, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले परीक्षा सम्बन्धी सिफारिस गर्न…

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन ४ हप्ता पहिले | संसार न्यूज़

२ साउन, काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी रोकथाम…