Sansar News- Nepal's Fast Khabar Online News Portal

कहाँ पुग्यो भारतसँगको व्यापार सन्धि पुनरावलोकन ?

संसार न्यूज़
२ वर्ष पहिले
कहाँ पुग्यो भारतसँगको व्यापार सन्धि पुनरावलोकन ?

 

२७ साउन, काठमाडौँ । भारतसँगको बढ्दो व्यापार घाटा कम गर्ने उद्धेश्यले व्यापार सन्धि पुनरावलोकनको तयारीमा नेपाल जुटेको छ ।

यसको लागि भारतको नयाँ दिल्लीमा नेपालको वाणिज्य सहसचिवको नेतृत्वको टोलीले भारतीय समकक्षीसँग औपचारिक छलफल गरेको हो । उक्त बैठकमा भारतले नेपालले पुनरावलोकन गर्न चाँहेका विषयहरुको सूची मागेको थियो । जसअनुसार नेपालले पुनरोवलोकन गर्नुपर्ने विषयहरुको सूची बुझाएको हो । वाणिज्य मन्त्रालयका सहसचिव रविशंकर सैँजुको टोलीले मूख्यतः ६ बुँदे प्रस्ताव भारतसामू बुझाएको छ ।

यी हुन नेपालले सन्धि पुनरावलोकनको लागि भारतसामू राखेका प्रस्ताव

नेपाल र भारतबीचको वाणिज्य सन्धिमा द्विदेशीय व्यापार हिस्सामा दुवै देशको हैसियत समान हुनुपर्ने उल्लेख छ । तर व्यवहारिक रुपमा यो विषय लागू भएको छैन् । यसलाई सैद्धान्तिक मात्र नभई व्यवहारिक रुपमा लागू गर्न नेपालले प्रस्ताव राखेको छ ।
शून्य भन्सार दरमा भारतीय कृषितथा उत्पादनहरु नेपाल आईरहेका छन् । नेपालको आन्तरिक उत्पादन एक त निकै कमजोर छ त्यसमाथि नेपाली उत्पादनको लागत महंगो छ । जसकारणले भारतीय उत्पादनको तुलनामा नेपालको उत्पादन निकै महंगो पर्न जान्छ । यो विषयलाई पनि नेपालले पुनरावलोकन गर्न माग गरेको छ ।

यस्तै भारतले नेपालका केहि निर्यातजन्य वस्तुलाई कालो सूचीमा राखेको छ । जसकारणले नेपालका निर्यातयोग्य वस्तु नेपालमै अड्किएका छन । यो विषयलाई पनि नेपालले प्राथमिकताका साथ उठाएको छ ।
यस्तै नेपालले निर्यात हुने बस्तुको गुणस्तर परीक्षण, क्वारेन्टाइनजस्ता विषयमा नेपालको प्राविधिक क्षमता विस्तार गर्ने प्रस्ताव पनि नेपाली पक्षले राखेको छ ।
वाणिज्य सन्धिको प्रावधानअनुरुप निर्यातको ३० प्रतिशत स्वदेशी उत्पादन हुनुपर्छ । यो प्रावधानले नेपालको निर्यात व्यापार खस्केको ठहर गर्दै नेपाली पक्षले यो प्रतिशत २५ मा झार्नुपर्ने माग गरेको छ।

भारतले नेपाली निर्यातजन्य बस्तुहरुमा लगाउँदै आएको अतिरिक्त कर हटाउन नेपालले माग राखेको छ ।

सर्बाधिक पढिएको

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित)

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित) २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानले लकडाउनका कारण रोकिएका…

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प ३ हप्ता पहिले | संसार न्यूज़

४ साउन, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले परीक्षा सम्बन्धी सिफारिस गर्न…

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन ३ हप्ता पहिले | संसार न्यूज़

२ साउन, काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी रोकथाम…

भदौ पहिलो सातादेखि परीक्षा लिन सक्ने गरी त्रिवि परीक्षाको अधिकार डिन कार्यालयलाई

भदौ पहिलो सातादेखि परीक्षा लिन सक्ने गरी त्रिवि परीक्षाको अधिकार डिन कार्यालयलाई ३ हप्ता पहिले | संसार न्यूज़

५ साउन,काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आगामी भदौ पहिलो सातादेखि परीक्षा…