Sansar News- Nepal's Fast Khabar Online News Portal

दाता सहयोग: आधा पनि हुदैन खर्च

संसार न्यूज़
२ वर्ष पहिले
दाता सहयोग: आधा पनि हुदैन खर्च

दातृ निकायले प्रतिबद्धता गरेको वैदेशिक सहायता रकम आधा पनि खर्च नहुने गरेको देखिएको छ ।
अर्थमन्त्रालयका अनुसार प्रमुख दातृ निकायहरु विश्व बैंक, एशियाली विकास बैंक (एडीबी) लगायतका दाता निकायले प्रतिवद्धता गरेको रकमको ५० प्रतिशत पनि खर्च नहुने देखिएको हो ।

अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७०\०७१ देखि आव २०७४\०७५ सम्मको तथ्यांक हेर्दा कुनै पनि वर्ष दाताको सहयोग आधा खर्च भएको छैन । मन्त्रालयका अनुसार यो ५ वर्षमध्ये गत आर्थिक वर्षमा सबैभन्दा धेरै ४८।१९ प्रतिशत रकम खर्च भएको छ। मन्त्रालयका अनुसार आव २०७०\०७१ मा १ खर्ब ३३ अर्ब रुपैयाँ प्रतिबद्धता प्राप्त भएकोमा ६० अर्ब २० करोड रुपैयाँ खर्च भएको छ। यसैगरी आव २०७१\०७२ मा २ खर्ब २५ अर्ब रुपैयाँ प्रतिबद्धता आएकोमा ६३ अर्ब ७१ करोड, आव २०७२\०७३ मा १ खर्ब ९५ अर्ब प्रतिबद्धता आएकोमा ७२ अर्ब ७७ करोड र आव २०७३\०७४ मा २ खर्ब ५६ अर्ब रुपैयाँको प्रतिबद्धता आएकोमा ९९ अर्ब ८४ करोड रुपैयाँ मात्रै खर्च भएको छ।

अर्थ मन्त्रालयका सचिव राजन खनालले तयारी अवस्थामा रहेका आयोजना कम हुनाले खर्च कम भएको जानकारी दिए । यसको उदाहरण केहि समय अअघि भैरहवा अन्तराष्ट्रिय विमानस्थललाई समेत लिन् सकिन्छ । निर्माणाधीन भैरहवा अन्तराष्ट्रिय विमानस्थलको ९ महिना सम्म एडीबीले निकासा रोकेको छ । यस्तै आयोजना निर्माणको लागि दाताबाट सहयोग प्रतिवद्धता आएको वर्षौ बित्दा समेत आयोजना निर्माणको टुंगो नलाग्दा अझ समस्या थपिने गरेको छ । हालसालै अर्थमन्त्री अमेरिका भ्रमणपछि विश्व बैंकले हालको सहायता रकम दोब्बर पार्ने प्रतिवद्धता गरेको छ । तर कहाँ खर्च गर्ने भन्ने विषयमा अर्थमन्त्रालय अलमलिएको देखिन्छ । आयोजना टुंगाएर सहयोग माग्नु भन्दा पनि सहायता मागेर आयोजना खोज्ने प्रवृत्तिको कारण दातृ निकायको सहायता रकमको सदुपयोग हुन नसकेको हो ।

सर्बाधिक पढिएको

पार्टीभित्रको विवाद ओलीलाई कसरी हटाउने अनि प्रधानमन्त्री र पार्टी अध्यक्ष को–को बन्ने भन्नेमा मात्रै केन्द्रित देखियो

पार्टीभित्रको विवाद ओलीलाई कसरी हटाउने अनि प्रधानमन्त्री र पार्टी अध्यक्ष को–को बन्ने भन्नेमा मात्रै केन्द्रित देखियो ७ दिन पहिले | संसार न्यूज़

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आन्तरिक विवादमा फस्दै…

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित)

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित) ३ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानले लकडाउनका कारण रोकिएका…

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प ४ हप्ता पहिले | संसार न्यूज़

४ साउन, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले परीक्षा सम्बन्धी सिफारिस गर्न…

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन ४ हप्ता पहिले | संसार न्यूज़

२ साउन, काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी रोकथाम…