back

यामाहाको जेडआर ‘स्ट्रिट र्‍याली’ सार्वजनिक, यस्ता छन विशेषता

वि.सं.२०७५ भदौ २६ मंगलवार

120 

shares
NTC AD
Global IME AD

२६ भदौ, काठमाडौँ । यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालको लागि आधिकारिक विक्रेता ‘एम ए डब्लु’ इन्टरप्राइजेजले जेडआर ‘स्ट्रिट र्‍याली’ स्कुटर सार्वजनिक गरेको छ।

राजधानीमा आयोजित एक कार्यक्रमको बीच ‘एम ए डब्लु’ टु ह्विलरका प्रमुख कार्यकारी अधिकृत चिरञ्जीवी साहले स्कुटर सार्वजनिक गरेका हुन्।

यो स्कुटर सिटी राइडको लागि मात्र नभएर लामो दूरीको लागि पनि उपयुक्त भएको उनले दाबी गरे।

‘स्कुटर भन्ने बित्तिकै सिटी राइड भन्ने सबैको सोचाइ हुन्छ तर त्यो सोचाइलाई जेडआर ‘स्ट्रिट र्‍याली’ ले बदलेको छ,’ उनले भने, ‘यसको लुक्स र पर्फर्मेन्सले युवा पुस्ताको ध्यान तान्नेमा हामी विश्वस्त छौं।’

रातो र निलो रङमा उपलब्ध नयाँ ‘स्ट्रिट र्‍याली’ को मूल्य कम्पनीले २ लाख ८ हजार ९ सय रुपैयाँ निर्धारण गरेको छ।

यसमा भएको भाइजरले हावा रोक्ने मात्र नभइ स्कुटरलाई स्पोर्टी लुक्स दिएको छ।

यसको नयाँ ‘नकल गार्ड’ले हेन्डल ग्रिपमा हावाको गतिलाई छेक्छ भने फ्रन्ट फेन्डरले हिलो छ्यापिनबाट बचाउनुका साथै स्पोर्टी अपिललाई बढाएको छ।

त्यस्तै, यसमा स्पोर्टी मिरर, फुल्ली डिजिटल मिटर र ‘राइजिङ एयर टेल’समावेश छन्।

११३ सीसीको ‘ब्लु कोर’ इन्जिन रहेको ‘स्ट्रि र्‍याली’ले ७ हजार ५ सय आरपिएममा ७ दशमलव १ पिएस शक्ति दिन्छ भने ५ हजार आरपिएममा ८ दशमलव १ एनएम टर्क उत्सर्जन गर्छ।

अगाडि रहेको १७० एमएम डायमिटरको डिस्क ब्रेकले स्कुटरलाई नियन्त्रण गर्न सहज बनाउँछ ।

यसमा २१ लिटर क्षमताको सिट स्टोरेज छ भने आधा लिटरको बोटल अट्ने पकेट रहेको छ। त्यसैगरी, ‘स्ट्रिट र्‍याली’मा ५ दशमलव २ लिटर इन्धन स्टोरेज छ।

त्यस्तै, यसमा ‘कि सेक्युर ग्रिप सिस्टम’, आकर्षक टेल लाइट, दुई तहको आरामदायी सिट लगायतको फिचर्स समावेश छन्।

वि.सं.२०७५ भदौ २६ मंगलवार ०९:०५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
एक वर्षमा ३१ हजार विदेशी पर्यटकले भ्रमण गरे घोडेपानी-पुनहिल क्षेत्र

एक वर्षमा ३१ हजार विदेशी पर्यटकले भ्रमण गरे घोडेपानी-पुनहिल क्षेत्र

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले...

डोल्पामा सबैभन्दा बढी भेटिए दुर्लभ वन्यजन्तु हिउँ चितुवा

डोल्पामा सबैभन्दा बढी भेटिए दुर्लभ वन्यजन्तु हिउँ चितुवा

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या...

भारत लैजादै गरिएका १७ ट्रक चिया नाकामा रोकिए

भारत लैजादै गरिएका १७ ट्रक चिया नाकामा रोकिए

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो त ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो त ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ...

सिटिजन्स बैंक १८औं वर्षमा प्रवेश, ग्राहकलाई भारी छुट तथा क्यास ब्याक अफर

सिटिजन्स बैंक १८औं वर्षमा प्रवेश, ग्राहकलाई भारी छुट तथा क्यास ब्याक अफर

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल १७ वर्ष पूरा गरी १८...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

  काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको...