back

किन दिए वीरगन्ज महानगरपालिकाका मेयर सरावगीले पार्टीबाट राजिनामा ?

वि.सं.२०७५ भदौ २९ शुक्रवार

114 

shares
NTC AD
Global IME AD

२९ भदौ, काठमाडौं । वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीले आफ्नो पार्टी संघीय समाजवादी फोरमबाट राजीनामा दिएका छन् ।
महानगरको कामकारबाहीमा अनावश्यक दबाव दिइएको भन्दै  मेयर सरवागीले राजिनामा दिएका हुन् । पार्टीभित्रको कार्यशैलीमा असन्तुष्टि बढेकाले स्वतन्त्र रुपमा  कार्यसम्पादन गर्न लागेको  उनले बताएका छन् ।  व्यापारिक पृष्ठभुमिका सरवागी गत वर्ष भएको स्थानीय निर्वाचनमा फोरम समाजवादीबाट मेयरको रुपमा निर्वाचित भएका थिए । कर्मचारी नियुक्ति प्रक्रिया लगायतका महानगरका कामकारबाहीका विषयमा पार्टी निर्देशन विपरीत काम गरेको  भन्दै  उनीमाथि दबाब  थोपरेको बुझिएको छ ।  मेयर सरावगीले ह्वाट्सएपमार्फत पार्टी नेतृत्वलाई राजीनामा पत्र बुझाएका छन्। अब नेतृत्वलाई भेटेर पनि पार्टीबाट राजीनामा दिएको पत्र बुझाउने उनको तयारी छ।

तर, फोरमका नेताहरुले भने मेयर सरावगीले एक वर्षमा पनि प्रभावकारी रुपमा काम गर्न नसकेको भन्दै पार्टीभित्र आलोचना मात्र भएको टिप्पणी गरेका छन्।

बुधबार बसेको वीरगन्ज नगर कमिटीको बैठकले ५ बुँदे ध्यानाकर्षण सरावगीलाई गराउने निर्णय पार्टीले गरेको थियो। नगर समितिले ध्यानाकर्षणपत्र बुझाउन खोज्दा सरावगीले समय नभएको भन्दै बुझ्न नमानेपछि आन्तरिक विवाद चुलिएको थियो।  मेयरको रुपमा जनताको हितमा काम गर्नु पर्नेमा पार्टीको हितमा  काम गर्न दबाब आएकाले अलग हुने निर्णय गरेको उनले स्वीकार गरेका छन् ।

वि.सं.२०७५ भदौ २९ शुक्रवार १२:०९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
महिला सशक्तीकरणको प्रमुख आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री ‘प्रचण्ड’

महिला सशक्तीकरणको प्रमुख आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख...

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका पत्रकारहरुको साझा संस्था...

पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्षमा बजेट...

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

काठमाडौं । बिश्व बैंकको आह्वानमा यस बर्षको मार्च १८ देखि...

ग्लोबल आइएमई बैंक र आईएफसीबिच महत्वपूर्ण  समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसीबिच महत्वपूर्ण समझदारी

काठमाडौं । ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)...

कुमारी बैंक मोवाइल बैंकिङ एपमार्फत कर्जा लिन सकिने

कुमारी बैंक मोवाइल बैंकिङ एपमार्फत कर्जा लिन सकिने

काठमाडौं । कुमारी बैंकको मोवाइल एपमार्फत कर्जा लिन सकिने भएको...