back

‘बा’

वि.सं.२०७५ असोज १८ बिहीवार

144 

shares
NTC AD
Global IME AD

बा,
तिमीले लगाएको इष्टकोटले
खाएको घाम पानीको इतिहास
तिम्रो टोपीमा
पोतिएको पसिना, पीर र माटोको इतिहास
मैले कसरी बुझु बा ?
उमेर अगाडि चाउरिएका तिम्रा गाला
समयको घामले सेकेर
पाकेको तिम्रो कपाल
अनुभवको फराकिलो छाति फुकाएर
हिड्ने तिम्रा ति गजबका पाइला
तिम्र साच्चै अजिबका थियौ ‘बा’
अगेनाको छेउमा भात खादा खादैं
मलाई हपारेर
आगनमा पुगेर आमासँग
खास खुस गर्दै भन्थ्यौं–
हेर त बुढी यो पुर्णिामाको जुन कति राम्रो
ठ्याक्कै हाम्रो छोरा हाँसेजस्तै हाँसेको
हो बा
तिमी गजबका थियौं
जुगौं तिमीले इष्टकोट लगायौं
एउटै सुरुवाल, कमिज र टोपीमा
तिमीले आफ्नो जिन्दगी कटायौं
तर, तिमीले
कहिल्यै आमाको धोती पुरानो हुन दिएनौं
आफ्नो छोराको
खुसी कहिल्यै अधुरीन दिएनौं
बा,
अहिले म तिम्रो,
त्यहि पुरानो इष्टकोट हेरिरहेको छु
तिम्रो टोपिमा,
मैले तिम्रो इतिहास खोजिरहेको छु ।

वि.सं.२०७५ असोज १८ बिहीवार ०७:५१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कविता : अनादर नगरौँ

कविता : अनादर नगरौँ

पौडेल विमुन्स, कास्की आफैंले दिनरात जप्न सकियो मन्त्रादि नानाथरि जप्दा...

टुक्का कविताहरू

टुक्का कविताहरू

ईन्दु श्रेष्ठ,चितवन १. जीवनमा मोक्ष पाउन गर्नु पर्छ कर्म दीन...

कविता : अखण्ड ज्योति

कविता : अखण्ड ज्योति

कलानिधि दाहाल, काठमाडौं धप्प धप्प बलेको छ कतै धप्धपाएर अखण्ड...

कविता : म वंशज नेपाली

कविता : म वंशज नेपाली

स्पन्दन विनोद दधिकोट, भक्तपुर, हाल- लण्डन, यूके बुबा भन्नु हुन्थ्यो...

कविता : धरातल ढलेपछि

कविता : धरातल ढलेपछि

यम रेग्मी, दाङ गर्ल्याम्म ठूला सतिसाल ढल्छन् चुर्लुम्म अग्ला हिलशैल...

कविता : कर्म गरौँ

कविता : कर्म गरौँ

दीनानाथ पोख्रेल, इलाम सरल कर्मको गीत गाउँदा । अटल सौख्यमा...