Sansar News- Nepal's Fast Khabar Online News Portal

तालिवानको प्रमुख कमाण्डर र अन्य चारको मृत्यु

संसार न्यूज़
४ वर्ष पहिले

 २० साउन,कुन्दुज (अफगानिस्तान)। तालिवानको प्रमुख कमाण्डर र उनका चार सहयोगी अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको कला ए जाल जिल्लामा मारिएका छन् । प्रान्तीय प्रहरी प्रमुख मोहमद कसिम जानगालबाघले बिहीबार सो जानकारी दिएका छन् ।

कला ए जाल जिल्लामा भएको मानवरहित विमान आक्रमणमा त्यहाँ लुकेर बसेका तालिवानका कुख्यात कमाण्डर मुल्लाह खैरुल्लाह र उनको चार सहयोगी मारिएका जानगालबाघले सिन्ह्वा समाचार समितिलाई बताएका छन् ।
खैरुल्लाहले ३ सय भन्दा बढी सशरुत्र आतङ्ककारीहरुलाई गत दुईबर्ष भन्दा बढीदेखि कमाण्ड गर्दै आएका थिए । उनको मृत्यु कुन्दुज र छिमेकमा पर्ने तखार र बाघलान प्रान्तका तालिवान आतङ्ककारीहरुको लागि गहिरो प्रहार भएको पनि प्रहरी प्रमुखले बताएका छन् ।
तर यस प्रान्तहरुमा सक्रिय रहदै आएका तालिवान आतङ्ककारी समूहले भने यस विषयमा केही टिप्पणी गरेका छैनन् ।
ताजकिस्तानको सीमामा पर्ने कला एक जाल जिल्लामा गत केही महिना यतादेखि तालिवान आतङ्ककारी र सुरक्षाबलबीच झडप जारी रहेको बताइएको छ । रासस ÷सिन्हवा

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ३ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो १ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ३ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ?

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ? ६ दिन पहिले | संसार न्यूज़

१९ असार, काठमाण्डौं । नेपालमा कोरोना संक्रमणबाट ८२३ जना मुक्त…