back

पुस्तक प्रकाशित गरेका कारण अर्थशास्त्री गिरफ्तार

वि.सं.२०७५ कात्तिक ५ सोमवार

165 

shares
NTC AD
Global IME AD

५ कात्तिक, कायरो  (रासस/एएफपीं) । इजिप्ट प्रहरीले अर्थशास्त्री अब्देल खालेक फारुकलाई मुलुकको आर्थिक तथा सामाजिक सङ्कटका बारेमा विश्लेषणात्मक पुस्तक प्रकाशन गरेलगत्तै आइतबार गिरफ्तार गरेको छ ।

फारुकले गत साता आफ्नो पुस्तक “के इजिप्ट साँच्चिकै गरिब मुलुक हो ?” का कैंयौं प्रति सुरक्षाकर्मीले जफत गरेको बताएका थिए ।

“उनलाई गिरफ्तार गरिएको छ र पुस्तककै कारण उनलाई राज्य सुरक्षा अभियोजक समक्ष भोलि उपस्थित गराइनेछ,” मानव अधिकार सूचनाका लागि अरब सञ्जालको नेतृत्व समेत गरिरहेका कानुन व्यवसायी गमाल इदले बताए ।

फारुक विरुद्धको मुख्य आरोपका बारेमा सरकारी अभियोजनकर्ताले निर्णय गर्नेछन्, इदले भने ।
प्रहरीले पनि पुस्तककै कारण गिरफ्तार गरिएको मौखिक जानकारी गराएको बताइएको छ ।

इजिप्टको राष्ट्रपतिका रुपमा सन् २०१४ मा अब्देल फतेह अल–सीसी सत्तामा आएपछि मानव अधिकार समूहहरुले सबैजसो विपक्षीहरुलाई इजिप्ट सरकारले दबाएको आरोप लगाउँदै आएका छन् ।

सरकारी अधिकारीहरुले आफ्नो मुख्य लक्ष्य आतङ्कवादसँग लड्नु र गलत सूचना फैल्याउने कार्य रोक्नु रहेको बताएका छन् ।

वि.सं.२०७५ कात्तिक ५ सोमवार १५:५३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
३.८ प्रतिशतले बढ्यो अष्ट्रेलियाको बेरोजगारी दर

३.८ प्रतिशतले बढ्यो अष्ट्रेलियाको बेरोजगारी दर

क्यानबेरा(अष्ट्रेलिया) । पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी दर...

चीनको राष्ट्रिय मौसम विज्ञानद्वारा आँधीबेहरीको चेतावनी

चीनको राष्ट्रिय मौसम विज्ञानद्वारा आँधीबेहरीको चेतावनी

बेइजिङ । चीनको राष्ट्रिय मौसम विज्ञान केन्द्रले बिहीबार वर्षाको आँधीबेहरीका...

युक्रेनको चेर्निहिभमा भएको रुसी हमलामा १७ को मृत्यु

युक्रेनको चेर्निहिभमा भएको रुसी हमलामा १७ को मृत्यु

किभ (युक्रेन) । युक्रेनको व्यस्त डाउनटाउन जिल्ला चेर्निहिभमा बुधबार तीनवटा...

भारतीय सुरक्षाकर्मीसँगको भिडन्तमा १८ माओवादी विद्रोहीको मृत्यु भएको प्रहरीको दावी

भारतीय सुरक्षाकर्मीसँगको भिडन्तमा १८ माओवादी विद्रोहीको मृत्यु भएको प्रहरीको दावी

जगदलपुर, भारत ।  सुरक्षा फौजसँगको झडपमा परी कम्तीमा १८ जना...

इरानको आक्रमणको जवाफी कारबाही गर्ने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त

इरानको आक्रमणको जवाफी कारबाही गर्ने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त

जेरुसेलम ।   इरानले इजरायलमाथि गरेको पहिलो प्रत्यक्ष आक्रमणले मध्यपूर्वमा तनाव...

ओमानमा मौसमसम्बन्धी दुर्घटनामा १२ को मृत्यु

ओमानमा मौसमसम्बन्धी दुर्घटनामा १२ को मृत्यु

दोहा । ओमानका केही प्रान्तमा मौसमसम्बन्धी दुर्घटनामा कम्तीमा १२ जनाको...