Sansar News- Nepal's Fast Khabar Online News Portal

इथियोपियामा पहिलो महिला राष्ट्रपति

संसार न्यूज़
२ वर्ष पहिले

 

८ कात्तिक, अडिस अबाबा (रासस/सिन्ह्वा) । इथियोपियामा पहिलो पटक महिला राष्ट्रपति चयन भएकी छन् ।
दुवै संसदले बिहीबार साहले वर्क ज्वदेलाई नयाँ राष्ट्रपतिका रूपमा निर्वाचित गरेको जनाइएको छ ।
निवर्तमान राष्ट्रपति मुलाटु टेसोमले राजिनामा दिएपछि जेवडे नयाँ राष्ट्रपतिका रूपमा निर्वाचित हुने मौका पाएकी हुन् ।
दक्षिण अफ्रिकी मुलुक इथियोपियाको दुवै सदनका सदस्यहरूका अगाडी नयाँ राष्ट्रपति ज्वदेले बिहीबार नै सपथ ग्रहण गरेकी छन् ।
राष्ट्रपतिमा निर्वाचित भएपछि उनले सवै जनतालाई एकताको सुत्रमा बाँध्ने काममा आफुले जोड दिने बताइन् ।
उनले यसअघि अफ्रिकी युनियनमा इथियोपियाको स्थायी प्रतिनिधिका रूपमा काम गर्दा अन्तर्राष्ट्रिय क्षेत्रमा इथियोपियाको तर्फबाट राम्रो भूमिका खेलेको भन्दै प्रशंसा हुने गरेको थियो ।
अन्य अन्तर्राष्ट्रिय संस्थाहरूमा पनि विभिन्न जिम्मेवारी निर्वाह गरेकी उनलाई इथियोपियामा सम्मानित र प्रतिष्ठित कुटनीतिज्ञका रुपमा चिनिन्छ । उनी विभिन्न देशमा इथियोपियाको तर्फबाट राजदूत समेत भएकी थिइन्।
इथियोपियाको दुवै सदनले निर्वतमान राष्ट्रपति टेसोमको राजिनामा स्वीकृत गरेपछि मात्रै ६८ बर्षीय ज्वदेलेलाई निर्वाचित गरेको थियो ।
सन् २०१३ को अक्टोबर तारिखका दिन राष्ट्रपतिमा निर्वाचित भएका ६३ बर्षीय टेसोम त्यसअघि टर्कीका लागि इथियोपियाका राजदूत थिए ।
उनले सरकारी उच्च अधिकारीका रूपमा र विभिन्न मन्त्रालयको मन्त्रीका रुपमा पनि जिम्मेवारी सम्हाली सकेका छन् ।

सर्बाधिक पढिएको

पार्टीभित्रको विवाद ओलीलाई कसरी हटाउने अनि प्रधानमन्त्री र पार्टी अध्यक्ष को–को बन्ने भन्नेमा मात्रै केन्द्रित देखियो

पार्टीभित्रको विवाद ओलीलाई कसरी हटाउने अनि प्रधानमन्त्री र पार्टी अध्यक्ष को–को बन्ने भन्नेमा मात्रै केन्द्रित देखियो ७ दिन पहिले | संसार न्यूज़

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आन्तरिक विवादमा फस्दै…

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित)

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित) ३ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानले लकडाउनका कारण रोकिएका…

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प ४ हप्ता पहिले | संसार न्यूज़

४ साउन, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले परीक्षा सम्बन्धी सिफारिस गर्न…

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन ४ हप्ता पहिले | संसार न्यूज़

२ साउन, काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी रोकथाम…