१२ कात्तिक, डोटी । मान्छे सबैभन्दा खुसी कहिले हुन्छ ? डोटी पूर्वीचौकी –७ पोखरीकी जगुवादेवी खड्काको जवाफ छ, ‘ नागरिकता पाउँदा ।’
हुन पनि उनले १०१ वर्षमा आइतबार नागरिकता पाइन् । ‘यो उमेरमा नागरिकता पाउँदा मा फुरुङ छ,’ प्रफुल्ल मुद्रामा देखिएकी उनले भनिन्, ‘अब सरकारले अरु सुविधा पनि दिन्छ की ?’
जगुवादेवीलाई अहिले सम्म नागरिकताको खाँचो परेको थिएन । जिन्दगीमा आफ्नो परिचय उनले कतै कागजाता बुझाउनु परेन् । ८० वर्षदेखि बृद्धभत्ता बुझ्दै आएकी थिइन् । चिनाका भरमा ।
सकाररले चालु आर्थिक वर्षदेखि बृद्ध भत्ता लिनका लागि नागरिकता अनिवार्य गरेपछि जगुवादेवीले नागरिकता बनाएकी ह्ुन् । आजको अन्नपूूर्णपोस्ट दैनिकमा समाचार छ ।