back

ऊ अनि म

वि.सं.२०७५ कात्तिक १३ मंगलवार

117 

shares
NTC AD
Global IME AD

 

प्रत्येक रात उ आउँछ
अनि भन्छ, कहिले आउँछौ ?
मेरो एउटै उत्तर हुन्छ,
केही समय पछि
अनि फेरि उ भन्छ,
के तिम्रो जवानी सकिएपछि ?
के तिमीलाई यहाँबाट लखेटेपछि ?
मुग्लान पसेका मेरा साथीहरुलाई
सायद उ सँधै यही भन्दो होला,
मलाई देखाएका सपना
उनीहरुलाई पनि देखाउँछ होला
अनि, मलाई भनेजस्तै गरि भन्छ होला
अहिले  तिम्रो ठाउँमा गाडी चल्छ,
अहिले तिम्रो आँखामा बिजुली बल्छ,
अहिले तिम्रो ठाउँमा अनगिन्ती सुविधा छ
उ, अर्थात मेरो गाउँ अझै भन्छ,
तिम्रो गाउँमा,
मलामी जाने मान्छे पनि छैनन्,
खेतहरु बाँझै छन्,
अनि,
खोलाहरु पनि एक्लिएका छन्,
वनपाखाले पनि सुसेल्न छाडेका छन्,
तिमी छिट्टै फर्क
काठको बाकसमा होईन्,
बलिया पाखुरा लिएर फर्क
तिम्रो बाल्यकालको खुसी लिएर फर्क,
गाउँमै सम्वृद्धि गर्ने सोचेर फर्क
तर, जवानीमै फर्क

म, अर्थात हुनेवाला भुपु नेपाली
उसलाई भन्न सक्छु होला,
म छिट्टै फर्कन्छु
यहाँको सीप र प्रविधि लिएर आउँछु
मेरा सँगी साथी लिएर फर्कन्छु
तर,
म विवश छु
मेरो सीप र प्रविधिमा विदेशी दाग छ
मेरो दक्षता ठालुहरुको चाकडीमा फेल हुन्छ
मेरा साथीहरुमा रेमिट्यान्सको भार छ
त्यसैले उसलाई म सिर्फ यति मात्र भन्छु
‘म छिट्टै फर्कन्छु’
किन कि म भूपू नेपाली बन्दै छु !!

 

वि.सं.२०७५ कात्तिक १३ मंगलवार १२:३७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कविता : आत्मनिर्भर देवचूलीको, सभ्यता छ विशाल

कविता : आत्मनिर्भर देवचूलीको, सभ्यता छ विशाल

फर्शुराम भूर्तेल, पैयुँ ५, पर्वत (हाल देवचुली-१५, नवलपुर)  सुन्दर भूमि...

कविता : लिङ्ग

कविता : लिङ्ग

अर्जुन वेदना राई, इलाम ‘बालिका बलात्कारपछि हत्या’ सृष्टिको अभिन्न अङ्ग...

कविता : एक मुट्ठी जिन्दगी

कविता : एक मुट्ठी जिन्दगी

निरूविन्दु परियार, कालेबुङ, भारत निद्राबाट बिउँझिना साथ एक अञ्जुली सपना...

कविता : खटपट

कविता : खटपट

निम्बतरु, अर्घाखाँची नासिकाबाट सलसली पानी बग्यो ओष्ठ चिसो भयो नासिका...

टुक्का कविताहरू

टुक्का कविताहरू

जी.वि.कश्यप, घोराही–१४ दाङ १. जन्मभूमि कर्मभूमि नेपाल आमा हाम्रो भौतिक...

कविता : समाधानको मार्ग खोजौँ

कविता : समाधानको मार्ग खोजौँ

कल्पना भट्टराई,टोखा, काठमाडौं हिलोमा डुबेको छ चुर्लुम्म देश, भयो पाइला...