back

हरियाणामा स्याङजाका बाबुरामको मृत्यु, मालिकले गरे जीवनको मूल्य पाँचहजार

वि.सं.२०७५ मंसिर ३ सोमवार

138 

shares
NTC AD
Global IME AD

 

भारतको हरियाणाको भठ्ठुकलामा कार्यरत स्याङजाका बाबुराम सारुको मृत्युभएको छ ।  ३ छोराछोरी रहेका उनको कात्तिकको दोश्रो हप्तामा हृदयघातबाट मृत्यु भएको जानकारीमा आएको छ ।

आर्थिक अवस्था कमजोर भएका ४५ वर्षीय सारुको मृत्यु भएपछि उनको परिवारको विचल्ली बनेको छ ।
उनको मृत्यु भएपछि उनले आठवर्ष देखि काम गर्र्दै आएको होटलका मालिकसँग परिवालाई आर्थिक सहयोग गर्न भनेर त्यहाँका नेपालीले अनुरोध समेत गरेका थिए । तर, होटल मालिकले ५ हजार भन्दा बढी सहयोग गर्न नसकिने भनेपछि त्यहाँका नेपाली आक्रोशित बनेका छन् ।

‘हामिहरुले जीवन भरिनै मालिक भनेर काम गर्ने व्यक्तिहरुको सोच,देखावटी मायाको सच्चाई यस्तो रहेछ, श्रमजीवी श्रमिकको जीवनको मूल्य ५ हजार तोकिदिए ८ वर्षसम्म काम गरेको होटल मालिकले ।’ मुल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिती हिसारका सचिव तारा सोमरेले भने ।

‘हिजो समाजका नगर सदस्य सुरेश क्षेत्री,ढाल बहादुर म लगायतका केही साथीहरु पीडित परिवारका लागि आर्थिक सहयोगको अपिल गर्दै त्यहाँ पुगेका थियौं’, सचिव सोमरेले आक्रोश व्यक्त गर्दै संसारन्युजसँग भने, ‘सहयोग गर्ने सम्झौता नगरे अदालतमा केश गर्ने भनेर आएका छौं ।’

 

वि.सं.२०७५ मंसिर ३ सोमवार ०९:०४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
एनआरएनएद्वारा राहदानी सहजीकरणका लागि विभागको ध्यानाकर्षण

एनआरएनएद्वारा राहदानी सहजीकरणका लागि विभागको ध्यानाकर्षण

गैरआवासीय नेपाली संघले (एनआरएनए) ले गैरआवासीय नेपाली नागरिकता लिएकाहरुलाई राहदानी...

अमेरिकामा कलाकार आचार्य र छिरिङद्धयप्रति श्रद्धाञ्जली अर्पण

अमेरिकामा कलाकार आचार्य र छिरिङद्धयप्रति श्रद्धाञ्जली अर्पण

न्युयोर्क । अमेरिकामा वरिष्ठ गायक तथा भजन शिरोमणी स्व. भक्तराज...

लगानी शिखर सम्मेलन २०२४ मा एनआरएनएले पनि सहकार्य गर्ने

लगानी शिखर सम्मेलन २०२४ मा एनआरएनएले पनि सहकार्य गर्ने

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएले ‘लगानी शिखर सम्मेलन २०२४’...

ओएनएफ अमेरिकाको आयोजनामा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

ओएनएफ अमेरिकाको आयोजनामा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

अमेरिका । प्रबासी नेपाली मंच, अमेरीका (ओएनएफ) को पहल र...

आदिवासी जनजाती महिला महासंघ अमेरिकाले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

आदिवासी जनजाती महिला महासंघ अमेरिकाले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

अमेरिका । आदिवासी जनजाती महिला महासंघ अमेरिका (फिवना) ले न्युयोर्कमा...

राहदानीसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने

राहदानीसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने

लिस्बन (पोर्चुगल) । पोर्चुगलमा राहदानीसम्बन्धी समस्यामा परेका नेपालीलाई सेवा प्रदान...