back

मिटसुबिसीद्वारा गोसनलाई अध्यक्षबाट बर्खास्त

वि.सं.२०७५ मंसिर ११ मंगलवार

108 

shares
NTC AD
Global IME AD

११ मङ्सिर, टोकियो, जापान । मिटसुबिसी मोटर्स कम्पनीले आर्थिक अनियमितता गरेको आरोपमा केहीदिन पहिले पक्राउ परेका उक्त कम्पनीका अध्यक्ष कार्लोस गोसनलाई सोमबार पदबाट बर्खास्त गरिएको छ ।

निसान कम्पनीको समेत अध्यक्ष रहेका गोसनलाई आर्थिक अनियमितता गरेको आरोपमा जापानको बन्दीगृहमा राखी अनुसन्धान चलिरहेका समय बसेको सञ्चालक समितिको निर्णय बमोजिम उनलाई पदबाट निष्कासन गरिएको जानकारी कम्पनीले गराएको छ ।

उनले आफ्नो तलबका रूपमा विगत केही वर्षयता लिएको भनिएको चार करोड ४० लाख अमेरिकी डलर बराबर रकमको स्रोत नखुलेको आरोपमा पक्राउ गरिएको थियो ।

मिटसुबिसीले एक विज्ञप्ति जारी गर्दै भनेको छ, कम्पनीका अध्यक्ष रहेको अवस्थामा गोसनमाथि आर्थिक हिनामिनाको आरोप लागी पक्राउ भएका गोसनलाई पदबाट बर्खास्त गरिएको छ ।

ब्राजिलीमूलका फ्रान्सेली नागरिक गोसनले इन्धन सामथ्र्यबारे ग्राहकलाई छली गरेको आरोपबाट अस्तव्यस्त बनेको कम्पनीको नेतृत्व सम्हाली सन् २०१६ देखि मिटसुबिसीलाई निसान–रेनल्ट कम्पनीको सहकार्यमा बाँधिए । उनको करीब २ वर्षको नेतृत्वकाल सफल रहेको मानिँदै आएको थियो । उनको नेतृत्वमा त्रिपक्षीय गठबन्धन रहेको विश्वको अत्यधिक बिक्री हुने कार कम्पनीमा विश्वभर चार लाख ५० हजार व्यक्तिलाई रोजगारी प्रदान गर्दै आएको छ ।

गोसनलाई निसानको सात सदस्यीय सञ्चालक समितिले सर्वसम्मतरूपमा गत बिहीबार नै पदबाट हटाउने निर्णय गरिसकेको निसानका प्रवक्ताले बताए ।

निसानका अर्का प्रबन्धक अमेरिकी ग्रेग केलीले गोसनले सन् २०११ देखि सन् २०१५ को बीचमा लिएको आफ्नो तलब रकममा अनियमितता गरेको आरोपपछि उनलाई पक्राउ गरिएको थियो ।

वि.सं.२०७५ मंसिर ११ मंगलवार ०९:१२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
आर्टिफिसियल इन्टेलिजेन्समा चीनको अभियान

आर्टिफिसियल इन्टेलिजेन्समा चीनको अभियान

बेइजिङ । चीन सरकारले शिक्षालाई बढावा दिन कृत्रिम बौधिकता (एआई)...

भारतमा ट्याक्सी दुर्घटना हुँदा दशको मृत्यु

भारतमा ट्याक्सी दुर्घटना हुँदा दशको मृत्यु

रमबन (भारत) । भारतको जम्मु र श्रीनगर राष्ट्रिय राजमार्गमा पर्ने...

बोआओ फोरममा चीनको प्रतिबद्धता : खुलापन र साझेदारी

बोआओ फोरममा चीनको प्रतिबद्धता : खुलापन र साझेदारी

  चीन । यस वर्ष सन् २०२४ को बोआओ फोरमको...

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय छ महिना थपियो

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय छ महिना थपियो

ढाका । बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को...

जापानमा ‘डाइटरी सप्लिमेन्ट’ प्रयोग गरेका दुईको मृत्यु, १०० जनाभन्दा बढी अस्पताल भर्ना

जापानमा ‘डाइटरी सप्लिमेन्ट’ प्रयोग गरेका दुईको मृत्यु, १०० जनाभन्दा बढी अस्पताल भर्ना

टोकियो । जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’...

बाल्टिमोरमा जहाजको ठक्करपछि पुल भत्किँदा छ जनाको मृत्यु

बाल्टिमोरमा जहाजको ठक्करपछि पुल भत्किँदा छ जनाको मृत्यु

  वासिङ्टन । अमेरिकाको मेरिल्याण्ड सहरको बाल्टिमोरमा जहाजको ठक्करपछि पुल...