back

वृद्धको हत्या आरोपमा चार पक्राउ

वि.सं.२०७५ मंसिर ११ मंगलवार

120 

shares
NTC AD
Global IME AD

११ मंसीर, दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ कवासेमा मृत फेला परेका एक वृद्धको हत्या गरेको आरोपमा आज चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही ठाउँका विनोद विक, बद्री विक, जुना विक र सुशील विक रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वृद्धको हालसम्म पनि सनाखत हुनसकेको छैन । वृद्धको शव गत शुक्रबार कवासेस्थित एक निर्माणाधीन घरमा फेला परेको थियो ।

प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले पक्राउ परेकाविरुद्ध जिल्ला अदालत तनहुँबाट म्याद थप गरी अनुसन्धान भइरहेको जानकारी दिए । हत्याका मुख्य अभियुक्त विनोदलाई प्रहरीले शनिबार बागलुङबाट पक्राउ गरेका थियो । पक्राउ परेकामध्ये विनोद बद्रीका भतिजा हुन् भने जुना श्रीमती र सुशील छोरा हुन् । बद्री, जुना र सुशीलले वृद्धको हत्या नगरे पनि घटना लुकाउन खोजेको प्रहरीको भनाइ छ ।

घटनाअनुसार गत बिहीबार राति विनोदले ती वृद्धलाई बद्रीको घरमा लगेर रक्सी खुवाएका थिए । रक्सी लागेपछि झगडा हुन थाल्दा विनोदले ती वृद्धलाई कुटपिट गरेका थिए । विनोदको कुटाइबाट ढलेका वृद्धलाई बिहीबार राति नै उनीहरुले निर्माणाधीन घरमा लगेर छाडेका थिए ।
घटनाका अभियुक्त पक्राउ गर्न प्रहरीलाई कुशल नाम गरेको कुकरले सफता दिलाएको छ । शव फेला पर्नेबित्तिकै प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयबाट कुशल नामको कुकुरलाई घटनास्थल पु¥याएको थियो । शव वरिपरिका वस्तु र मृत फेला परेका वृद्धको कपडा सुँघाएपछि कुकुर घटनास्थलबाट चार सय मिटर पर रहेको बद्री विकको घरमा छिरेको थियो । कुकुर बद्रीको घरमा छिरेपछि प्रहरीले बद्रीलाई केरकार गरेको र बद्रीले वृद्धको हत्या आफ्नो भतिज विकले गरेको बयान दिएको प्रहरीले जनाएको छ ।

वि.सं.२०७५ मंसिर ११ मंगलवार १८:०३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कर्णाली प्रदेशका मुख्यमन्त्री कंडेलले पाए विश्वासको मत

कर्णाली प्रदेशका मुख्यमन्त्री कंडेलले पाए विश्वासको मत

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले विश्वासको मत प्राप्त्...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते हुन...

पर्वतका ७० बनमा आगलागी, एक हजार चार सय हेक्टर जङ्गल नष्ट

पर्वतका ७० बनमा आगलागी, एक हजार चार सय हेक्टर जङ्गल नष्ट

पर्वत ।  यहाँका विभिन्न वन–जङ्गलमा डढेलो लाग्ने क्रम रोकिएको छैन...

आत्मनिर्भर अर्थतन्त्रको बाटो भनेकै लघु, घरेलु, साना तथा मझौला उद्योग हो : मन्त्री भण्डारी

आत्मनिर्भर अर्थतन्त्रको बाटो भनेकै लघु, घरेलु, साना तथा मझौला उद्योग हो : मन्त्री भण्डारी

  काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले...

दलका कार्यसमितिको विवरण उपलब्ध गराइदिन आयोगलाई शिक्षा मन्त्रालयको अनुरोध

दलका कार्यसमितिको विवरण उपलब्ध गराइदिन आयोगलाई शिक्षा मन्त्रालयको अनुरोध

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलीय आबद्धता भएका...