२१ मंसिर काठमाडौ । मुलुकको नयाँ संरचनाअनुसारको पार्टीको विधान बनाउँदै गरेको प्रमुख प्रतिपक्षी दल नपाली कांग्रेसभित्र एक कार्यकालमा दुई महाधिवेशनको प्रस्ताव आएको छ ।
विधानमाथिको छलफलमा केन्द्रीत जारी केन्द्रीय समितिको बिहिबारको बैठकमा पुर्वसहमहामन्त्री समेत रहेका नेता अर्जुननरसिंह केसीले निर्वाचन महाधिवेशन र नीति निर्माण महाधिवेशन गरी एक कार्याकालमा दुई प्रकारको महाधिवेशन प्रस्ताव गरेका हुन् ।
पार्टीको विधानअनुसार महासमिति बैठक महाधिवेशन हुने वर्षबाहेक प्रत्येक वर्ष बस्नुपर्छ त्यो भएन अब विधानमा नै निर्वाचन महाधिवेशन र नीति निर्माण महाधिवेशन गरी दूई प्रकारका महाधिवेशनको व्यवस्था तोकेर पार्टीलाई सशक्त बनाऔँ नेता केसीले बिहीबारको बैठकमा भने ।
केसीले पार्टीलाई दरिलो बनाउन समेत नेतृत्वमा पार्टीप्रतिको जिम्मेवारीबोधको आवश्यकता रहेको भन्दै नेतृत्वमा आएपछि पार्टी विधानमा भएका कुराको पालानले समेत पार्टीलाई बलियो बनाउने जनाए । आजको राजधानी दैनिक समाचारमा लेखिएको छ ।
वि.सं.२०७५ मंसिर २१ शुक्रवार ०८:१३ मा प्रकाशित