back

भारतको केन्द्रीय बैंकका गभर्नरद्वारा राजीनामा

वि.सं.२०७५ मंसिर २५ मंगलवार

117 

shares
NTC AD
Global IME AD

२५ मङ्सिर, नयाँदिल्ली ।  भारतको केन्द्रीय बैंकका प्रमुखले सोमबार राजीनामाको घोषणा गरेका छन् ।प्रधानमन्त्री नरेन्द्र मोदी र उनको प्रशासनसँगको पटकपटकको सार्वजनिक विवादकै कारण उनले राजीनामा दिएको बताइएको छ ।

राजीनामा दिएपछि रिजर्भ बैंक अफ इन्डीयाका गभर्नर उर्जित पटेलले भने आफ्नो व्यक्तिगत कारणले जिम्मेवारी बहन गर्न नसकेकाले राजीनामा दिनुपरेको बताए ।

सरकारले गरेका कतिपय दबाबलाई थेग्न र सहमत हुन नसकेर उहाँले राजीनामा दिनुभएको स्रोतले जनाएका छन् ।

केन्द्रीय बैंकको नीतिमा सरकारका तर्फबाट पटकपटक दबाब आएको समाचार यसअघि सार्वजनिक हँुदै आएका थिए ।

भारतमा कतिपय विज्ञहरूले उनलाई कुशल गभर्नरका रूपमा लिने गरेका छन् । उनको राजीनामासँगै भारतमा नयाँ आशङ्का र चिन्ता पनि छाएको छ ।

तर सरकार भने केन्द्रीय बैंकबाट सन्तुष्ट नभएको देखिएको थियो । विषेश गरेर व्याजदर, भारतीय मुद्राको मूल्यलगायतका विषयमा भारतमा अहिले विवाद चर्किदै गएको छ ।

वि.सं.२०७५ मंसिर २५ मंगलवार ०९:३९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
३.८ प्रतिशतले बढ्यो अष्ट्रेलियाको बेरोजगारी दर

३.८ प्रतिशतले बढ्यो अष्ट्रेलियाको बेरोजगारी दर

क्यानबेरा(अष्ट्रेलिया) । पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी दर...

चीनको राष्ट्रिय मौसम विज्ञानद्वारा आँधीबेहरीको चेतावनी

चीनको राष्ट्रिय मौसम विज्ञानद्वारा आँधीबेहरीको चेतावनी

बेइजिङ । चीनको राष्ट्रिय मौसम विज्ञान केन्द्रले बिहीबार वर्षाको आँधीबेहरीका...

युक्रेनको चेर्निहिभमा भएको रुसी हमलामा १७ को मृत्यु

युक्रेनको चेर्निहिभमा भएको रुसी हमलामा १७ को मृत्यु

किभ (युक्रेन) । युक्रेनको व्यस्त डाउनटाउन जिल्ला चेर्निहिभमा बुधबार तीनवटा...

भारतीय सुरक्षाकर्मीसँगको भिडन्तमा १८ माओवादी विद्रोहीको मृत्यु भएको प्रहरीको दावी

भारतीय सुरक्षाकर्मीसँगको भिडन्तमा १८ माओवादी विद्रोहीको मृत्यु भएको प्रहरीको दावी

जगदलपुर, भारत ।  सुरक्षा फौजसँगको झडपमा परी कम्तीमा १८ जना...

इरानको आक्रमणको जवाफी कारबाही गर्ने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त

इरानको आक्रमणको जवाफी कारबाही गर्ने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त

जेरुसेलम ।   इरानले इजरायलमाथि गरेको पहिलो प्रत्यक्ष आक्रमणले मध्यपूर्वमा तनाव...

ओमानमा मौसमसम्बन्धी दुर्घटनामा १२ को मृत्यु

ओमानमा मौसमसम्बन्धी दुर्घटनामा १२ को मृत्यु

दोहा । ओमानका केही प्रान्तमा मौसमसम्बन्धी दुर्घटनामा कम्तीमा १२ जनाको...