back

काश्मिर आक्रमण : चार प्रहरीको मारिए

वि.सं.२०७५ मंसिर २६ बुधवार

138 

shares
NTC AD
Global IME AD

२६ मङ्सिर, श्रीनगर, भारत ।  शङ्कास्पद विद्रोहीले भारत प्रशासित काश्मिरमा एक प्रहरी चौकीमा आक्रमण गर्दा कम्तीमा चार प्रहरी अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सेनाले सुरक्षा कारबाईमा काश्मिर आन्दोलनरत विद्रोहीको निकट मानिने दुई किशोरहरू उनीहरूको प्रभाव क्षेत्र काश्मिरको दक्षिणी भागमा मारिएका थिए ।

विद्रोहीले उक्त सुरक्षा कारबाहीमा मरेका दुई किशोरको मृत्युको बिषयलाई लिएर प्रहरी चौकीमा आक्रमण गरिएको हुनसक्ने बताइएको छ ।

सन् २००९ पछि जानपोरा ग्रामिण क्षेत्रमा प्रहरीलाई लक्षित गरी भएको यो सवैभन्दा ठूलो रक्तपातपूर्ण घटना हो । आक्रमणकारीले प्रहरीको चार वटा राइफलसमेत लुटेर लगेका छन् ।

“विद्रोहीको आक्रमणबाट तीन प्रहरी अधिकारी घटनास्थलमा नै र घटनामा सख्त घाइते भएका एक जनाको स्थानीय सैनिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ,” प्रहरी अधिकृत स्वयमप्रकाश पाणीले बताए ।

आक्रमणकारी प्रहरीको चारवटा बन्दूक लिएर भागेका छन्, उनले थपे ।

काश्मिरमा आन्दोलनरत विद्रोही समूह जैस–ए–मोहम्मदले घटनाको जिम्मेवारी लिएको छ ।

मुहम्मद हसनले आफुलाई पाकिस्तानमा सक्रिय समूहका प्रवक्ता रहेको दावी गर्दै एक विज्ञप्ति जारी गरी आफ्ना कार्यकर्ताले प्रहरी चौकीमा गरेको आक्रमण तीन भारतीय प्रहरीको मृत्यु भएको र केही सुरक्षाकर्मी गम्भीर घाइते बनेको भन्दै घटनाको जिम्मेवारी लिएका छन् ।

भारतीय अधिकारीले दिएको जानकारीमा विद्रोहीले सन् २०१४ पछि अहिलेसम्म सुरक्षाकर्मीका करिब २७० हतियार लुटेको स्वीकारेको छ ।

वि.सं.२०७५ मंसिर २६ बुधवार ०९:३० मा प्रकाशित

NLIC AD
NABIL bank AD
३.८ प्रतिशतले बढ्यो अष्ट्रेलियाको बेरोजगारी दर

३.८ प्रतिशतले बढ्यो अष्ट्रेलियाको बेरोजगारी दर

क्यानबेरा(अष्ट्रेलिया) । पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी दर...

चीनको राष्ट्रिय मौसम विज्ञानद्वारा आँधीबेहरीको चेतावनी

चीनको राष्ट्रिय मौसम विज्ञानद्वारा आँधीबेहरीको चेतावनी

बेइजिङ । चीनको राष्ट्रिय मौसम विज्ञान केन्द्रले बिहीबार वर्षाको आँधीबेहरीका...

युक्रेनको चेर्निहिभमा भएको रुसी हमलामा १७ को मृत्यु

युक्रेनको चेर्निहिभमा भएको रुसी हमलामा १७ को मृत्यु

किभ (युक्रेन) । युक्रेनको व्यस्त डाउनटाउन जिल्ला चेर्निहिभमा बुधबार तीनवटा...

भारतीय सुरक्षाकर्मीसँगको भिडन्तमा १८ माओवादी विद्रोहीको मृत्यु भएको प्रहरीको दावी

भारतीय सुरक्षाकर्मीसँगको भिडन्तमा १८ माओवादी विद्रोहीको मृत्यु भएको प्रहरीको दावी

जगदलपुर, भारत ।  सुरक्षा फौजसँगको झडपमा परी कम्तीमा १८ जना...

इरानको आक्रमणको जवाफी कारबाही गर्ने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त

इरानको आक्रमणको जवाफी कारबाही गर्ने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त

जेरुसेलम ।   इरानले इजरायलमाथि गरेको पहिलो प्रत्यक्ष आक्रमणले मध्यपूर्वमा तनाव...

ओमानमा मौसमसम्बन्धी दुर्घटनामा १२ को मृत्यु

ओमानमा मौसमसम्बन्धी दुर्घटनामा १२ को मृत्यु

दोहा । ओमानका केही प्रान्तमा मौसमसम्बन्धी दुर्घटनामा कम्तीमा १२ जनाको...