back

मोबाइल र ट्याव होइन हातमा पुस्तक बोक

वि.सं.२०७५ मंसिर २६ बुधवार

108 

shares
NTC AD
Global IME AD

बुधबारे । नवप्रतिभा निशा मोक्तानको पहिलो गीत सार्वजनिक भएको छ । ‘मोबाईल र ट्याब होइन हातमा पुस्तक बोकौँ’ बोलको गीत भर्खरै यूटुबमा सार्वजनिक गरिएको हो ।

चेतनामूलक सो गीत लिरिकल म्यूजिक भिडियोको रुपमा युटुबमा अपलोड गरिएको छ ।

सुरिलो श्वरकी धनी निशाको यो पहिलो प्रस्तुती हो । जोनी तामाङको संगीत रहेको यस गीतको रचना भुवन तामाङले गरेका हुन् । गायीका निशा बुद्धशान्ति २ जयपुरस्थित आदर्श मा.वि.मा कक्षा ९ की छात्रा हुन् । उनी सानै देखिनै गीत गाउने गर्थिन् । उनले गाएको गीत ‘बि क्रियसन इन्टरनेशनल’ले निर्माण गरेको हो । यो गीत आप्mनो पहिलो रेकर्डेड गीत भएको र गीत गाउने अवसर पाउँदा अत्यन्त हर्षित भएको गायीका निशाले बताईन् । निकट भविष्यमै अर्को गीत पनि सार्वजनिक गर्ने उनले बताइन् ।

छोराहरु बिगारेकाले गीत लेखेको : मोबाईल र ट्याब आजका मानिसहरुका लागि अपरिहार्य भएपनि यी चिजहरुले विशेष गरी बालबालिका, किशोरकिशोरी र युवाहरुलाई बर्बाद गरिरहेछ । मोबाईल र ट्याबमा चल्ने एप्स्, गेम आदिको लतले बालबालिका, किशोरकिशोरी र युवाहरुलाई जहिल्यै पनि आफूमा घोप्ट्याईरहन्छ । यसले गर्दा उनीहरुको पढाईमा समेत नकारात्मक असर पारिरहेको छ । उनीहरुको रचनात्मकता, सिर्जनशीलता नष्ट गरिरहेको छ । आप्mना दुई छोराहरुलाई समेत मोबाईल र ट्याबले हरदम घोप्ट्याएर भर्चुअल दुव्र्यसनी बनाएको झोँकमा चेनतामूलक गीत लेखेको रचनाकार भुवन तामाङले बताए ।

तामाङले भनेझैं यस गीत बालीबालिका, किशोरकिशोरी र युवाहरुका लागि अति उपयोगी छ । साथसाथै शिक्षक, अभिभावक र आम मोबाईल तथा ट्याब युजरका लागि पनि ।

मोबाईल र ट्याबको लत्ले तिम्रो हाम्रो सिंगो पुस्ता बर्बाद भैरहेछ, हाम्रो सिर्जनशीलता नष्ट गरिरहेछ, हाम्रो प्रगतिको बाटो रोकिरहेछ, महान र असल मानिसहरु मोबाईल र ट्याब खेलेर होइन पुस्तक पढी भएका हुन्, पुस्तकको ज्ञानबिना हाम्रो जीवन अधुरा हुनेछन्, मोबाईल र ट्याबको मोडल होइन पुस्तकको मोडल खोजिखोजि पढौँ, भर्चुअल संसारमा होइन वास्तविक समाजमा नै हासौँ खेलौँ अनि रमाऔँ जस्ता चेतनामूलक शब्दहरु रहेको यस गीत समयको माग भैmँ प्रतित हुन्छ ।
यसलाई स्कुलमा नानीहरुलाई सुनाईने देखाईने राईम्स्को रुपमा लिन समेत सकिन्छ । यस गीतले विद्यार्थीहरुलाई मोबाईल र ट्याबको लत्बाट छुटाएर पुस्तक पढ्न प्रेरित गर्दछ । तसर्थः यस गीत विद्यालयक्षेत्रमा समेत ज्यादै उपयोगी देखिन्छ ।

त्रपत्रिकामा स्तम्भ लेख्ने गरेका भुवन तामाङको शब्दमा ‘सलल पानी बगेर झ¥यो’, ‘डाँडा बजार जाउँ या माईबेनी मेलामा’ र ‘रक्तदान’ बोलका गीतहरु पनि युटुबमा रहेका छन् ।

वि.सं.२०७५ मंसिर २६ बुधवार १६:२१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
गायक निशान भट्टराई र ऋचाले गरे डिर्भोस

गायक निशान भट्टराई र ऋचाले गरे डिर्भोस

काठमाडौं । नेपाल आइडल पहिलो सिजनका फस्र्ट रनअरप चर्चित गायक...

खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक एञ्जिला तुम्बापो...