back

चीनले अमेरिकी सोयाबिन खरिद गर्न थाल्यो

वि.सं.२०७५ पुस ५ बिहीवार

105 

shares
NTC AD
Global IME AD

५ पुस, बेइजिङ ।  चीनको राज्य–नियन्त्रित कम्पनीले अमेरिकी भटमास (सोयाबिन) पुनःखरिद गर्न थालेको बताएको छ । यसै महिना अमेरिकासँग ९० दिने व्यापारिक युद्धविराम भएसँगै चीनले अमेरिकी सोयाबिन खरिद गर्न थालेको हो ।

र विवाद सुल्झाउने उद्देश्यले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनीया राष्ट्रपति सी जिनपिङबीच डिसेम्बर १ मा भएको सम्झौता भएसँगै त्यस सम्बन्धमा सकारात्मक सङ्केत गर्ने उद्देश्यले चीनले अमेरिकी सोयाबिन खरिद गर्न थालेको विश्लेषकहरुले जनाएका छन् ।

“दुबै नेताबीच भएको सहमतिको कार्यान्वयनका लागि हाम्रो कम्पनीले अमेरिकाबाट केही सोयाबिन खरिद गर्न थालिएको हो,” चाइना ग्रेन रिजर्भ करपोरेसन अर्थात साइनोग्रेनले बुधबार प्रकाशन गरेको वक्तव्यमा उल्लेख छ ।

ट्रम्प र सीले ब्युनस आयर्समा सम्पन्न जी–२० शिखर बैठकका क्रममा दुबै मुलुकबीच उत्पन्न व्यापारिक तनाब कम गर्न ९० दिने युद्धविराम गरेका थिए । उक्त सहमति पश्चात् करवृद्धिका थप घोषणा र चेतावनी आएका छैनन् ।

अमेरिकाले सयौं अर्ब डलर बराबरका चिनीया सामानमा करवृद्धिको घोषणा गरेसँगै चीनले पनि प्रतिशोध स्वरुप अमेरिकामा उत्पादित सोयाबिनमा करवृद्धि गरेको थियो । चीनको उक्त निर्णयका कारण अमेरिकी कृषक ठूलो समस्यामा परेका थिए ।

दुबै देशबीच जनवरीदेखि व्यापार वार्ता हुँदैछन् । चीनले अमेरिकामा निर्मित कार र कारका सामानमा यही जनवरी १ बाट लागू हुनेगरी तीन महिनाका लागि अतिरिक्त कर नलिने घोषणा गरेको छ । चीनको पछिल्लो कदमले व्यापार मध्यस्थ वार्ता सकारात्मक रुपमा अघि बढ्ने देखाएको छ ।

यसबीच, चीन र अमेरिकाका उच्च व्यापार प्रतिनिधिबीच वार्ताका विषयमा टेलिफोनमा कुराकानी भएका छन् ।

वि.सं.२०७५ पुस ५ बिहीवार १७:१७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित

वासिङ्टन । अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ...

फिलिपिन्समा चरम गर्मीका कारण छ को मृत्यु

फिलिपिन्समा चरम गर्मीका कारण छ को मृत्यु

मनिला । फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो

क्यानबेरा । अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव छ प्रतिशतमा...

चीनद्वारा ‘सेनझोउ–१८’ चालक दल अन्तरिक्ष मिशन कार्यको खुलासा

चीनद्वारा ‘सेनझोउ–१८’ चालक दल अन्तरिक्ष मिशन कार्यको खुलासा

जिउक्वान (चीन) । सेनझोउ–१८ का अन्तरिक्ष यात्रीले चीनको अन्तरिक्ष स्टेसनमा...

इजराइली युद्ध क्याबिनेटद्वारा गाजाका बन्दीहरूलाई मुक्त गर्नेबारे छलफल

इजराइली युद्ध क्याबिनेटद्वारा गाजाका बन्दीहरूलाई मुक्त गर्नेबारे छलफल

तेलअविव (इजराइल) । इजराइली युद्ध क्याबिनेटको गाजामा रहेका बाँकी बन्धकहरूको...

निर्वाचनको पहिलो दिन हिंसा भएपछि भारतमा कडा सुरक्षाकाबीच मतदान

निर्वाचनको पहिलो दिन हिंसा भएपछि भारतमा कडा सुरक्षाकाबीच मतदान

गुवाहाटी (भारत) । गत साता हिंसाका कारण मतदानमा अवरोध पुगेपछि...