Sansar News- Nepal's Fast Khabar Online News Portal

खेलकुद क्षेत्रमार्फत नयाँ सन्देश दिनेछु– मन्त्री श्रीपाइली

संसार न्यूज़
४ वर्ष पहिले

२१ साउन, काठमाडौँ । नवनियुक्त युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले सबै कर्मचारीको सहयोगले मात्र आफ्नो कार्यकाल सफल हुने बताउनुभएको छ ।

सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा विहिबार पदबहाली गर्दै उहाँले दलगत स्वार्थभन्दा माथि उठेर काम गर्न सबै कर्मचारीलाई आग्रह गर्नुभयो । मन्त्री श्रीपाइलीले आफूले युवा र खेलकुद क्षेत्रमा केही नयाँ काम गर्न चाहेको बताउँदै भन्नुभयो, “खेलकुद बृहत् क्षेत्र हो, यसले सिङ्गै युवाको प्रतिनिधित्व गरेको हुन्छ, त्यसैले म यस क्षेत्रलाई नै नयाँ सन्देश दिने किसिमको काम गर्न चाहन्छु ।”

नेकपा (माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य श्रीपाइली पहिलोपटक मन्त्री बन्नुभएको हो । विसं २०२६ मा रुकुममा जन्मनुभएका उहाँ सोही जिल्लाबाट प्रतिनिधित्व गरेका समानुपातिक सांसद हुनुहुन्छ । त्यस्तै उहाँ तत्कालीन जनमुक्ति सेना नेपालका पूर्वसहायक डिभिजन कमान्डरसमेत हुनुहुन्थ्यो । त्यसैगरी श्रीपाइली दलित मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष एवम् पिएलए स्पोर्ट्स क्लबका अध्यक्षसमेत हुनुहुन्छ ।

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ४ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो २ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

सक्कली अयोध्या नेपालमै छ, यी हुन् अयोध्या नेपालमै भएका प्रमाण

सक्कली अयोध्या नेपालमै छ, यी हुन् अयोध्या नेपालमै भएका प्रमाण २ दिन पहिले | लोकमणि पौडेल

सत्यलाई दबाउने उद्देश्यले जब भ्रमको खेती गरिन्छ र हजारौं पटक…

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो ३ दिन पहिले | संसार न्यूज़

२८ असार, काठमाडौं । नेप्सेमा सूचीकरण भएको १ महिनामा नेपाल…