Sansar News- Nepal's Fast Khabar Online News Portal

शार्क र धर्मसुधारका मुद्धाहरु

संसार न्यूज़
३ वर्ष पहिले

सार्क क्षेत्र हिन्दुबहुल भएपनि यहाँ मुस्लिम र बौद्ध बहुल भएका देश पनि अटाएका छन् । यस क्षेत्रका सबै देशहरु धर्म र संस्कारगत आडम्बरबाट कुनै कुनै रुपमा पीडित छन् । यो अनेकतामा एकता भएका त्यस्ता राष्ट्र्हरुको मञ्च हो जँहा गरिवि र अन्धबिश्वास पीडित छ । यस क्षेत्रको बिकासको लागि चमत्कारिक रुपमा कुनै काम गर्न नसके पनि एउटा साझा बहस मञ्चको स्वरुप भने सार्कले धारण गरेको छ । जसले यस क्षेत्रका साझा समस्याहरु र संभावित अफ्ठ्याराहरु सामुहिक रुपमा उठान गर्ने र समाधान गर्ने प्रयत्न गरिरहेको छ ।
हुनतः सार्क नीतिगत निर्णय गर्ने ठाँऊ हो यसले ८ देशका जनताले महसुस गर्ने र केहि पाउने गरि कुनै लोकप्रीय निणर्य गर्न सक्दैन तर यत्रो संस्था सधै कर्मकाण्डी बनेर केबल सतहि निर्णयमा अल्झिन पनि हुँदैन । यस क्षेत्रका ८ वटै देशमा अन्धबिश्वास व्याप्त छ । कुनै अन्धविश्वास धर्म , आुस्था र वास्तवीक ईश्वरको शत्तासंग सम्वन्धीत छन् तिनको बारेमा बहस गर्न संभव हुदैन तर केहि कुरितिजन्य प्रथामा मात्र आधारित छन् जसलाई सुधार गर्दा ईश्वरीय सत्तामा कुनै प्रकारको अपहेलना हुदैन । जस्तै हिन्दु धर्ममा रहेको १३ दिने काजकिरिया प्रथालाई ३ दिनमा झार्ने र मुस्लिम धर्ममा छुट दिइने गरेको बहुबिवहा र बालिकालाई शिक्षाबाट बञ्चित गराउने बिषयबस्तुलाई सार्कले कुनै न कुनै रुपमा संबोधन गर्न सक्नु पर्दछ ।
बहस र बिरोध जे जति भए तापनि प्रथा र संस्कार भन्दा ठूलो मानवता नै हो । मानवताका लागि सुख शान्तिका लागि कुप्रथाहरु तोड्ने बहस छेड्नु नै पर्दछ । दोश्रो यस क्षेत्रको गरिबिले सामना गरिरहेको अर्को डर लाग्दो बिषय मध्ये पैसाको प्रलोभनमा गराइने धर्म परिबर्तन पनि हो । एकातर्फ धर्म केहि होइन भनेर धर्मनिरपेक्ष बनाउन गरिब राष्ट्र्का नेतालाई पैसा खर्चने अर्को तर्फ चर्चको नाममा करोडौ डलर खर्च गरि गरिवीको नीरिहता माथि खेलेर धर्म परिबर्तन गराउने पश्चिमीराष्ट््रको चालबाजीलाई सार्कले कुनै न कुनै रुपमा संबोधन गर्न सक्नु पर्दछ । आफ्नो स्वेच्छा र विवेकले जसले जुन धर्म माने पनि त्यो उसको व्यक्तीगत स्वतंन्त्रता हो तर गरिब र अशिक्षीत जनताको भोको पेट र नाङ्घो तन किनेर आस्थाको व्यापार गर्ने छुट कुनै पनि धर्म संम्प्रदायलाई दिईनु हुदैन । धर्म परिबर्तनको नाममा स्याउका दानामा करेलाको तीतो छिराउने काम जुन रुपमा भै रहेको छ त्यसलाई कडा शब्दमा निन्दा गर्न सार्क राष्ट्रहरु सक्रिय हुनुपर्छ । यो नेपाल वा हिन्दुको मात्र समस्या होईन अरु धर्म पनि यसबाट पीडित छन् यस बिषयमा यस क्षेत्रका राष्ट्र तथा सरकार प्रमुखहरुले छलफल गर्नुृपथ्र्याे जुन हुन सकेन । आगामी दिनमा सार्क शिखर सम्मेलनले यतातर्फ ध्यान दिनु जरुरी देखिन्छ ।
सबै अव्यवहारिक प्रथा तथा कुरितिको सुधारका बिषयहरु एकै चोटीमा संभव हुदैन परंन्तु सार्क राष्ट्र्का समाज सुधारका अगुवाहरुको व्यापक परामर्शमा एउटा शिखर संम्भेलनको अवसरमा सबै धर्मका कम्तिमा एक एक वटा कुरिति अन्त गर्ने प्रचलन बस्नु जरुरी छ । कुनै धर्मको मूल आश्थालाई प्रभाव नपारी त्यस भीत्रका केहि प्रथागत र केहि परंंपरागत कुरीति सुधारले पनि यस क्षेत्रको बिकासमा ठुलो प्रभाव पार्ने स्पष्ट छ । प्रथा सुधार धर्मिक स्वतन्त्रतामा आँच आउन दिने बिषय नभएकोले दक्षिण एशियाली क्षेत्रलाई अन्धविश्वास मुक्त स्वतन्त्र क्षेत्र बनाउन यो बिषयलाई गंभिरता पूर्वक सोच्नु जरुरी छ ।
संयूक्त राष्ट्र् संघबाहेक बिश्वका प्रमुख धर्ममान्ने राष्ट साझा मञ्च विश्व भरमा सायद सार्कमात्र हो । त्यसैले यो संगठनलाई अन्धविश्वास बिरुद्ध पहिला आवाज उठाउने ज्यादै सूनौलो अबसर मिलेको छ । यस्तो अवसरको शानदार तरिकाले उपयोग गरि अनावश्यक , खर्चिला , तडकभडक पूर्ण र लैंङ्घीक भेदभावपूर्ण सबै धर्मका कम्तिमा एउटा कुरीतिको बारेमा प्रत्येक सार्क सम्मेलनले आवाज उठाउनुु जरुरी देखिन्छ ।

मानिसले स्वतन्त्र रुपमा आफुले चाहेको धर्मको अनुसरण गर्न पाउँदछ । कसैले पनि स्वविवेकले आफ्नो धर्मको अनुपालन गर्ने बिषयमा कसैको आपत्ती हँुदैन । तर गाँऊ गाँऊमा गएर अशिक्षित जनमानसलाई फकाएर लोभ्याएर धर्म परिबर्तन गराउने बिषयलाई सार्कले संयुंक्त रुपमा राष्ट््र संघमा नै आवाज उठाउने गरि घोषणापत्र तयार पार्नुको साथै स्वधर्म भीत्र बिद्यमान कुरितिलाई राम्रोसंग अध्ययन गरि कसरी त्यसलाई छोटो छरितो बनाउन सकिन्छ त्यसबारेमा पनि सार्क सम्मेलनहरुमा चर्चा भए सार्क क्षेत्र कुरीति पीडित हुने थिएन ।
धनि मानिससंग अकुत सम्पत्ती हुन्छ उसले जे जति दान यज्ञ पुजा गर्दछ त्यसलाई करको दायरमा ल्याएर अरु कुरा जे जे गरे पनि मतलव गर्नु पर्र्र्दैन तर ९५ प्रतिशत भन्दा बढि मध्यम , निम्न मध्यम र गरिव बर्गलाई लक्षीत गरी समाजीक सुधार टड्कारो आवश्यकताको रुपमा रहेको छ । सानो बच्चा बामे सर्दा लड्छ भनेर हिड्न नदिने , पौडि खेल्दा एकाध डुब्छन् भनेर पौडिको बिरोध गर्ने , स्त्रीको स्त्रीत्व लुटिन्छ भनेर भनेर वंश बढाउने कुराको बिरोध गरेर समाज चल्दैन । त्यसले एकाध अतिबादिहरुको बिरोध नजर अंन्दाज गरि समाजलाई अग्रगमन तीर लैजान केहि ठोस अन्ध बिश्वास बिरोधी काम गर्नैपर्दछ । यस बिषयलाई अझ प्रभावकारी बनाउन विश्व भरमा अन्धबिश्वासको बिरोधमा सार्थक आवाज उठाउने वा उदाहरणीय काम गर्ने व्यक्ति वा संस्थालाई पुरस्कृत गर्ने एउटा पुरस्कारकोष स्थापना गर्न सकेमा यो क्षेत्रमा अझै तीब्र रुपमा अन्धबिश्वास हटाउने काम हुने थियो ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ३ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ४ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ३ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…