Sansar News- Nepal's Fast Khabar Online News Portal

जापानमा नेपाली युवतीको मृत्यु

संसार न्यूज़
१ वर्ष पहिले

जापानमा एक नेपाली युवतीको उपचारका क्रममा मृत्यु भएको छ ।  म्याग्दी घर भइ जापानमा रहदै आएकी प्रमिला दर्जीको विहिबार (फेब्रअरी ७) का दिन उपचारका क्रममा मृत्यु भएको हो ।

१ महिना अगाडि सुत्केरी भएकी उनी ब्रेनट्युमरबाट पीडित भएको बताइएको छ । मोना जापानका अध्यक्ष दीपक केसीका अनुसार उपचारका लागि अस्पतालमा भर्ना गरिएकी उनको विहिबार साँझ निधन भएको हो ।

विद्यार्थी भिसामा ४ वर्ष अगाडि जापान पुगेका श्रीमान दिनेश दर्जीसँग रहेकी प्रमिलाको १ महिने छोरी छन् ।

जनवरी १३ का दिन एक्कासीे बेहोस भएपछि तत्कालै कुवाना स्थित अस्पतालमा लगिएको उनलाई डाक्टरले ब्रेन ट्युमरको समस्या भएको बताएका थिए ।

ब्रेन ट्युमरले पीडित प्रमिलालाको उपचारका लागि लागि मोना जापानले रकम संकलन गरेको र आइतबार हस्तान्तरण कार्यक्रम रहेको पनि मोना अध्यक्ष केसीले बताएका छन् ।

प्रमिलाको मृत शरीरको दाहसंस्कार शनिबार ९ः२० मा मियकेनको निशिवेस्सोको कुवाना भन्ने ठाउँमा गरिने पनि मोना अध्यक्ष केसीले जानकारी दिएका छन् ।

सर्बाधिक पढिएको

यस्तो छ, प्रहरी कर्मचारीलाई समायोजन गर्न बनेको विधयेक(हेर्नुस् विस्तृतमा)

यस्तो छ, प्रहरी कर्मचारीलाई समायोजन गर्न बनेको विधयेक(हेर्नुस् विस्तृतमा) १ दिन पहिले | संसार न्यूज़

सरकारले प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने…

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य ३ हप्ता पहिले | संसार न्यूज़

संविधानविद्  डा.  भिमार्जुन आचार्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललित निवास…

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ?

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ? १ हप्ता पहिले | संसार न्यूज़

५ फागुन, काठमाण्डौ । नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना…

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ?

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ? ३ हप्ता पहिले | संसार न्यूज़

२४ माघ, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो…