back

कृषकलाई हाते ट्याक्टर वितरण

वि.सं.२०७५ फागुन ६ सोमवार

171 

shares
NTC AD
Global IME AD

६ फागुन, गोरखा ।  गोरखा नगरपालिका गोरखाले नगर क्षेत्रभित्रका व्यावसायिक कृषकहरुलाई हाते ट्याक्टर वितरण गरेको छ ।

नगरपालिकाले आइतबार एक कार्यक्रमको आयोजना गरी नगरभित्रका १३ वटा वडाका २८ जना कृषकलाई ट्याक्टर वितरण गरेको हो । चालू आर्थिक वर्षको कृषि औजार वितरण कार्यक्रम अन्र्तगत नगरक्षेत्रभित्र कृषि प्रणालीलाई यान्त्रिक र आधुनिकीकरण गर्ने उद्देश्यका साथ ट्याक्टर वितरण गरिएको नगरप्रमुख राजनराज पन्तले जानकारी दिएका छन् ।

नगरपालिकाले सार्वजनिक सूचनामार्फत सबै वडाका कृषकलाई निवेदनका लागि आह्वान गरी छनोटमा परेका कृषकलाई ५० प्रतिशत अनुदानमा ट्याक्टर उपलब्ध गराएको उनको भनाइ छ । “हामीले निवेदन दिएका कृषक व्यावसायिक कृषक हो की होइन पुष्टी गरेर मात्र अनुदानमा ट्याक्टर उलपब्ध गराएका हौँ, नगर प्रमुख पन्तले भने, गैह्र किसानहरुले अनुदान लिन नपाओस भन्नेमा नगरपालिकाले सचेत भएर काम गरेको छ ।”

वितरण गरिएका २८ मध्ये ६ वटा कृषि समूह र २२ जना भने व्यावसायिक कृषक रहेको उनले बताए । कृषकलाई वितरण गरिएको ट्याक्टर ७।५ हर्जपावर क्षमताको रहेको र उक्त ट्याक्टरले प्रतिघण्टा रोपनीसम्म जमिन जोत्न सक्ने नगरपालिकाका प्रविधिक सहायक नवीन अधिकारीले जानकारी दिएका छन् ।
यसअघि जिल्ला कृषि विकास कार्यालय र कृषिजोनबाट अनुदान नपाएका कृषकलाई छनोट गरिएको नगरपालिकाले जनाएको छ । ट्याक्टर वितरण अघि अनुदान प्राप्त गर्न छनोटमा परेका सबै कृषकको बारेमा नै घरघरमा पुगेर वास्तविक किसान भए नभएको बारेमा जानकारीसमेत लिएको उनले बताए ।

नगरपालिकाले टेण्डर आह्वान गरेर कम दरमा उपलब्ध गराउने गरी मनकामना मिल मेशिनरी सप्लायर्सलाई ट्याक्टर खरिदको जिम्मेवारी दिएको थियो । सप्लार्यसले प्रति ट्याक्टर रु ५४ हजार ९ सय ५० मा नगरपालिकालाई ट्याक्टर उपलब्ध गराएको अधिकारीले बताए । कार्यक्रमअन्तर्गत नगरपालिकाले चालू आर्थिक वर्षका लागि रु १० लाख विनियोजन गरेको थियो ।

वि.सं.२०७५ फागुन ६ सोमवार ०९:४० मा प्रकाशित

NLIC AD
NABIL bank AD
स्ट्रबेरी खेतीमा रमाउँदै वार्षिक ४० लाख नाफा गर्छन काभ्रेका मुक्ति

स्ट्रबेरी खेतीमा रमाउँदै वार्षिक ४० लाख नाफा गर्छन काभ्रेका मुक्ति

काभ्रेपलाञ्चोक । बनेपा नगरपालिका–१० का मुक्ति विष्टले तीन वर्षअघि सुरु...

तेह्रथुमका सुन्तलाले पाए दुई महिनामै तीन गुणा बढी मूल्य

तेह्रथुमका सुन्तलाले पाए दुई महिनामै तीन गुणा बढी मूल्य

तेह्रथुम । हिउँदमा बिक्री नभएका सुन्तला शीतभण्डारमा राखेपछि किसानले दुई...

दूधको भुक्तानी समयमै नभए आन्दोलनमा जाने संघको चेतावनी

दूधको भुक्तानी समयमै नभए आन्दोलनमा जाने संघको चेतावनी

हेटौँडा । मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले दुग्धजन्य उद्योगसँग...

पालिकाभरीका किसानको पहिचान गरेर परिचय पत्र वितरण गरिने

पालिकाभरीका किसानको पहिचान गरेर परिचय पत्र वितरण गरिने

गलेश्वर (म्याग्दी) । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले किसानलाई परिचयपत्र वितरण गर्न...

लघुवित्तको सहयोगमा किसानलाई व्यावसायिक पशुपालन तालिम

लघुवित्तको सहयोगमा किसानलाई व्यावसायिक पशुपालन तालिम

धुलिखेल (काभ्रेपलाञ्चोक) । काभ्रेपलाञ्चोकको विकट डाँडापारि क्षेत्रको महाभारत गाउँपालिकाका किसानलाई...

तोरीखेतीतर्फ किसान आकर्षित

तोरीखेतीतर्फ किसान आकर्षित

मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यस वर्ष दुई हजार...