Sansar News- Nepal's Fast Khabar Online News Portal

प्रधानमन्त्री दाहाललाई नेपाली जनप्रगतिशील मंच, बेल्जियमको बधाइ

संसार न्यूज़
४ वर्ष पहिले
प्रधानमन्त्री दाहाललाई नेपाली जनप्रगतिशील मंच, बेल्जियमको बधाइ

beljiyam

बेल्जियम । नेपाली जनप्रगतिशील मंच, बेल्जियमले नेपालका ३९ औं प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) लाई बधाइ व्यक्त गरेको छ । विहिबार एक प्रेस विज्ञप्ति जारी गरेर शुभकामना तथा बधाइ पठाएको हो ।

विज्ञप्तिमा भनिएको छ ‘ गौरबशाली पार्टी ने क पा माओवादी केन्द्रका अध्यक्ष कमरेड प्रचण्ड नेपालको ३९औं तथा गणतन्त्र नेपालको पुनः दोस्रो पटक प्रधानमन्त्री पदमा निर्बा्चित हुनु भएकोमा श्रेदय कमरेड प्रचण्डलाई नेपालको लोकतान्त्रिक गणतान्त्रिक संबिधानको कार्यन्वयन गर्दै समृद्ध नेपाल निर्माणको लागि सफल कार्यकालको हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछौं ।
बिगतमा दस बर्षे जनयूद्धमा होस वा संबिधान निर्माणमा होस तपाईले नेकपा माओबादी केन्दका अध्यक्ष क. प्रचण्डले लिने निर्णयले नै प्रमुख भुमिका खेलेको बिषय कसैको सामु छुपेको छैन । अहिलेको यस संगिन घडिमा प्रधानमन्त्रि चुनावको वरीपरि सम्म आईपुग्दा संवाद सम्म हुन नसकेको आन्दोलनरत मधेसी जनजाती थारु तथा बिभिन्न समुदायहरुलाई छलफलको थलोमा ल्याएर उनिहरुकै समर्थनमा क। प्रचण्डनै प्रधानमन्त्रि चुनिनुले नै देसमा क. प्रचण्डको नेतृत्वले नै समस्याहरुको सामधान निकाल्न सक्छ भन्ने प्रष्ट पारेको छ ।
यो बिषयले दिनको झल्को बिहानको घामले दिन्छ भन्ने भान सम्पूर्ण नेपालीहरुमा परेको छ । तपाईको कार्यकालमा नेपालको संबिधान लागु गर्ने र भुकम्पबाट आहात जनताहरुको आवसलाई दु्रत गतिमा निर्माण गर्ने छ भन्नेमा हामी बेल्जियममा रहेका प्रगतिशिल संगठनको साझा संगठन नेपाली जनप्रगतिशिल मंच, बेल्जियमले बिश्वास गरेको छ । साथै नेपाल निर्माणमा प्रवासबाट गर्न सकिने कुनै पनि सहयोग गर्ने प्रतिवद्धता समेत जाहेर गर्दछौं ।
प्रधानमन्त्रि निर्वाचनको क्रममा संमाननिय संसदमा बोल्दै प्रवासीहरुको पिडालाई महसुस गर्नु भएकोमा हामी प्रवासी नेपालीहरु यहांलाई हार्दिक धन्यवाद दिन चाहान्छौ । ’

सर्बाधिक पढिएको

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य ३ हप्ता पहिले | संसार न्यूज़

संविधानविद्  डा.  भिमार्जुन आचार्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललित निवास…

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ?

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ? ७ दिन पहिले | संसार न्यूज़

५ फागुन, काठमाण्डौ । नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना…

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ?

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ? २ हप्ता पहिले | संसार न्यूज़

२४ माघ, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो…

बहालवाला तथा भु.पु सैनिकका लागि स्वास्थ्य सेवा सम्बन्धी सूचना

बहालवाला तथा भु.पु सैनिकका लागि स्वास्थ्य सेवा सम्बन्धी सूचना ३ हप्ता पहिले | संसार न्यूज़

२० माघ, काठमाडौं । नेपाली सेनाले बहालवाला तथा भुपु सैनिक…