Sansar News- Nepal's Fast Khabar Online News Portal

आन्तरिक द्धन्द्धका कारण पनि “रिस्क” लिन चाहान्न सरकार

संसार न्यूज़
४ वर्ष पहिले
आन्तरिक द्धन्द्धका कारण पनि “रिस्क” लिन चाहान्न सरकार

ishwori-basyalबैदेशिक रोजगारीका लागि संसारका विभिन्न देशमा नेपाली कामदारहरू धाउन थालेको दशकौं भइसकेको छ । तर, नेपालीका लागि विदेशमा जति रोजगारको सिर्जना भएको छ, त्यति नै पीडा र समस्याहरू पनि थपिएका छन्, खासगरी खाडी र मलेसियाका नेपालीहरूमा ।

त्यस्तै अफ्रिका पनि पछिल्लोपटक मानव तस्करीको बलियो “रुट” बनेको छ । दलालहरूले आकर्षक रोजगारी दिलाइदिने बहानामा धेरै नेपालीलाई अफ्रिका पु¥याएर विचल्लीमा पारेका छन् । त्यसमा केही नेपाली युवतीहरूलाई जबरजस्ती डान्स बारमा लगाएको समाचारमा आएका छन् । दलालको भरमा छिट्टै विश्वास गरेर जाँदा धेरै नेपालीहरूले अफ्रिकाका विभिन्न राज्यमा बेवारीसे बन्नु परेको बताउँछन्, पाल्पा एम्घा घर भइ हाल युगान्डामा कार्यरत एनआरएनए युगान्डाका उपाध्यक्ष ईश्वरी बस्याल ।

एनआरएनए अफ्रिकाले मानव तस्करीका विरुद्धमा आवाज उठाउँदै आएको छ । आफ्नो प्रथम क्षेत्रीय बैठक मानव तस्कर नियन्त्रणमै केन्द्रित गरेको थियो । उनै वस्यालसँग गरिएको कुराकानी

कहिले र किन जानु भयो युगाण्डा ?

म, सन् १९९५ मा रोजगारीका लागि दुबई पुगेको थिएँ । त्यहाँ साढे ४ वर्ष काम गरेर फेरि सन् २००२ मा युगाण्डा पुगेँ । मेरो स्पोन्सर इण्डियाको थियो । रूपालीया ग्रुप कम्पनीमार्फत म त्यहाँ पुगेको थिएँ । अहिले म क्यानेडियन नागरिकको टाइट सेक्युरीटी नामक कम्पनीमा कार्यरत छु ।

युगाण्डामा कति नेपाली हुनुहुन्छ ?

सन् २००१ मा म पुग्दा जम्मा १६ जना नेपाली भेटेको थिएँ । त्यसमा बाहिर वर्करका रूपमा ४ जना र १२ जना युएनमा जागिरे हुनुहन्थ्यो । अहिले झण्डै १ सय ५० नेपाली छौँ ।

नेपालीहरूको कस्ता समस्या पाउनु भएको छ, युगाण्डामा ?

खासै भन्ने हो भने, अफ्रिकन देशहरूमा नेपालीहरू कामदारका रूपमा जान पाउँदैनन् । त्यसमा पनि युगाण्डाले ३ महिनाको अनअराइभल टुरिष्ट भिसा दिन्छ । अफ्रिकन देश भएको र त्यहाँ वर्षौदेखि आन्तरिक द्वन्द्व भएकोले पनि नेपाल सरकार ‘रिस्क’ लिन चाहन्न त्यसैले अफ्रिकी देशहरूमा वर्किङ भिसा पाउन गा¥हो छ । त्यहाँ वर्क परिमिट भिसा पनि पाइदैंन । भारतबाट जानेहरूले भने सजिलै पाउँछन् । अर्को कुरा पछिल्लो समय अत्यन्तै देखिएको समस्या मानव तस्करको बिगबिगी हो । नेपालबाट दलालले युएनमा जागिर खुलेको छ भनेर पूर्व आर्मी र प्रहरीलाई ९ लाख भन्दा बढी पैसा लिएर अफ्रिका पु¥याउने अनि विचल्ली बनाउने गरेका छन् । सबैले यो बुझन जरुरी छ की युएनले कहिल्यै पनि दलालमार्फत कामदार लिदैँन । दूतावास नहुँदा पनि अर्को समस्या छ । इजिप्टको दूतावासले अफ्रिका हेर्ने भएको कारण समयमै समस्या समाधान हुँदैन् । कन्सुलेट पनि केन्यामा छ, खासै प्रभावकारी बन्न सकेको छैन् ।

एनआरएनए युगाण्डाले नेपालीका समस्यामा कस्तो सहयोग गरेको छ ?

एनआरएनए अफ्रिकाको प्रथम क्षेत्रीय बैठकको ऐजेण्डा नै मानव तस्करी विरुद्ध थियो । पछिल्ला समयमा हामीले मानव तस्करीको विगिविगी तत्काल रोकिनुपर्छ÷रोक्नुपर्छ भनेर सरकारको ध्यानाकर्षण पनि गराएका छौँ । एनआरएनए युगाण्डाले पछिल्लो समय ६ जना नेपाली कामदारको उद्धार गरेर नेपाल फर्काएको छ । युगान्डाको नक्कली भिसा देखाएर कम्पलाको एनटेवी एयरपोर्ट नजिकै होटलमा ३ महिना राखियो । अन्त्यमा दलालले डकुमेन्ट लिएर आउँछु भन्दै उनीहरूलाई होटलमै छाडेर भागे । अलपत्र परेका उनीहरूले केन्यामा

हेका आफन्त मोहन गैरेलाई फोन गरेर आफूहरू समस्यामा परेको बताएपछि गैरेले हाम्रो नम्बर दिएर फोन गर्न लगाएछन् । उनीहरूले कम्पला एयरपोर्टबाट १ किमी टाढाको होटलमा छौं, भनेपछि ट्याक्सी चढेर आउन भन्दै ठेगाना दिए । उनीहरू ४० डलर ट्याक्सी भाडा तिरेर आए । ६ दिन मेरो अर्पाटमा र अर्को ६ दिन केदार कुँवरको अर्पाटमेन्टमा राखेर नेपाल फर्काउने प्रोसेसमा लागियो । वल्र्ड कपको फाइनल थियो त्यतिबेला । उनीहरूको रेर्कडमा बुसिया बोर्डरबाट इन्ट्रि गरेको देखिएको थियो । त्यसको ५ दिनपछि ठूलै बम विष्फोट भयो । हामीले स्थानीय साथीसँग सल्लाह ग¥यौं । उनीहरूलाई तत्कालै नेपाल पठाउने व्यवस्था गर्नुपर्ने भयो । किनकी उनीहरू इलिगल भइसकेका कारण इन्टरनेशन क्रिमिनलमा जाने सम्भावना देखियो । उनीहरूको उद्धारका लागि गणेशमान गुरुङ, जीवनाथ पंगेनी, धनबहादुर खत्री, श्याम मानन्धर र केदार कुँवर लगायतका साथीहरू मिलेर १२ सय डलर संकलन गरी चितवनका अर्जुन गिरीलाई दियौँ । उनले एकहप्ता पछि सबै पैसा लिएर भागे । उनीहरूको ३ महिने भिसा भएकोले टिकटको टाइम सकिएको थिएन । त्यसैले ९०–९० डलर तिरेर टिकट कन्फर्म ग¥यौं भने २०० डलर नेपाल पुग्न भनेर दियौं । तर उनीहरू एयरपोर्टबाट पास हुन सकेनन् । अफ्रिकी देशहरूमा पर्यटकले प्रवेश गर्नुपुर्व उसले जोहोर पित्त मलेरिया सम्बन्धी रोग (एलो फिबर) को सुई लगाएको हुनुपर्छ । त्यो कार्ड उनीहरूसँग थिएन् । हामीलाई गा¥हो भयो । त्यसपछि एयरपोर्टमा कार्यरत राज परियारसँग कुरा गरेर २०० डलर तिरेपछि एयरपोर्ट पास गर्न सहज भयो । त्यसपछि दिल्लीमा रहनु भएका पाल्पाली साथीलाई सहयोग गरिदिन भन्यौं । स्याङ्जा, पर्वतका साथीहरूले एयरपोर्टबाट रिसिभ गर्नुभयो र १ –१ हजार आइसी दिएर नेपाल फर्कन सहयोग गर्नु भयो ।

रोजगारीका सम्भावना के–के छन् युगाण्डामा ?

अफ्रिकाको शान्त देशमध्ये एक युगाण्डा हो । यो देश नाइल नदीको उत्पती भएको देश हो । अफ्रिकी देश भनेपछि सबैलाई एउटै क्याटगोरीमा राखेर हेरिन्छ, ‘आन्तरिक द्वन्द्व छ’ भनेर । तर, युगाण्डा शान्त छ । रातको १२–१ बजे हिड्दा पनि समस्या छैन् । यहाँ लेवर काम पाइदैन् । सिप बिकाउन यहाँ सहज छ । यहाँ होटल म्यानेजर लगायत विभिन्न कम्पनीहरूमा राम्रो–राम्रो पदमा नेपालीहरू कार्यरत छन् । उनीहरू तीन हजार देखि ५ हजार डलर सम्म खान्छन् । अर्को डोमेस्टिक कुकको पनि माग छ उनीहरूलाई भिषासहित ५ देखि ६ सय डलरसम्म तलब हुन्छ ।

नेपाल सरकारसँग केही गुनासो छन् की ?

मुख्य समस्या हाम्रो भिषामा छ । युगाण्डाले अहिले पनि हातले लेखेर रबर स्ट्याम्प लगाएको भिषा दिन्छ । तर, यहाँको अध्यागमनमा त्यसलाई मान्यता दिइन्न । त्यो देशको नियम त्यस्तै भएको भन्दा पनि यस्तो पनि भिषा हुन्छ ? भनेर अध्यागमनका कर्मचारीहरूले दुःख दिएको धेरै साथीहरूको अनुभव छ । नेपाल सरकारले नेपालीलाई वर्कपरमिट नदिनु भनेर भनेका हुनाले भिषा लगाउन असाध्यै गा¥हो छ त्यहाँ । त्यहाँ लेवरमा नभएर योग्य र सिप युक्त कामदार नै जाने भएकोले रोजगारीका संभावना हेरेर सरकारले कामदार पठाउदा फरक पर्दैन जस्तो लाग्छ मलाई ।

प्रस्तुति: चन्दा थापा

 

सर्बाधिक पढिएको

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो २ हप्ता पहिले | समर शर्मा

काठमाडौं । विभाजन र टुटफुटले सकिन लागेको माओवादी आन्दोलन फेरि…

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा २ हप्ता पहिले | संसार न्यूज़

२५ भदौ, युके । बेलायतमा एक नेपाली युवाको मृत्यु भएको…

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका मेयरमा नेपाली कांग्रेशका पुराना…

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ?

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ? ४ हप्ता पहिले | संसार न्यूज़

९ भदौ, काठमाडौं । निरन्तर उकालो लागेर लाख नाघेको सुनको…