Sansar News

ख्याल गरौं है, यसकारण पनि टुट्न सक्छ दाम्पत्य जीवन

संसार न्यूज़
४ महिना पहिले
ख्याल गरौं है, यसकारण पनि टुट्न सक्छ दाम्पत्य जीवन

अहिलेको अवस्थामा शारीरिक सम्बन्ध र माया नहुनु पनि बिछोडको मुख्य कारण बन्न सक्छ । साथै श्रीमान या श्रीमती आफ्नो काममा व्यस्त हुनुका साथै आफ्नो साथीलाई समय दिन नसक्नुको कारण पनि दुवैबीच माया कम हुँदै जान्छ ।

विवाहपछि धेरै जोडि चाहन्छन् वैवाहिक जीवन आफूले सोचेजस्तो होस् । तर, कहिलेकाँही केही यस्ता चिजहरूले ठूलो रुप लिन सक्छ । त्यतिबेला श्रीमान श्रीमतीलाई लाग्छ कि, अब सम्बन्ध तोड्ने बेला भयो वा एकअर्काबाट टाढा हुने बेला भयो । धेरैको जीवनमा यस्तो अवस्था आएको हुन्छ । केहीले जर्बजस्ती सम्बन्ध तोडेका हुन्छन् भने केहीले सल्लाह गरेरै सम्बन्धको अन्त्य गरेका हुन्छन् ।
यदि सम्बन्ध तोडिएकालाई गहिरिएर सोच्ने हो भने धेरै सामान्य कुराले पनि जोडी एकअर्काबाट छुटिएका हुन्छन् । धेरैपटक विचार, सोँच र एकअर्काको संस्कृति नबुझ्दा पनि यस्ता समस्याहरू आएका हुन्छन् । साथै पारीवारीक मुद्दाले पनि सम्बन्धमा फाटो आएको देखिन्छ ।
सम्बन्ध टुट्नु भन्दा पहिले धेरैपटक यसको कारण पनी स्पष्ट हुन जरुरी हुन्छ, जसका कारण तपाई त्यसको समाधान पनि खोज्न सक्नुहुन्छ ।

यी हुन् सम्बन्ध फाट्नुका मुख्य कारण
धेरैपटक श्रीमान श्रीमतीमा एकअर्कालाई बुझ्न नसक्ने अवस्था आउँछ । यस्तो स्थितिमा एकअर्काको कुरा पूरा नसकिँदै झगडा सुरु हुने र त्यसले सम्बन्ध टुट्ने सम्म पुगेको अवस्था हुन्छ ।

श्रीमान श्रीमतीमा नातेदार तथा परिवारको बढी नकारात्मक भुमिका भएमा पनि सम्बन्ध तोडिन सक्छ ।

विवाह अगाडिको सम्बन्ध वा विवाहपछि श्रीमान वा श्रीमतीको कसैसँग प्रेम सम्बन्धमा रहेमा पनि सम्बन्ध तोडिन सक्छ ।

विवाह पहिला एउटासँग प्रेम गर्नु र अर्कोसँग जर्वजस्ती विवाह गर्नुपर्ने अवस्था आयो भने त्यसले पनि नयाँ जोडिएको सम्बन्धमा समस्या उत्पन्न हुने र सम्बन्ध तोडिने स्थितिसम्म आउन सक्छ । श्रीमान वा श्रीमतीमा एक बढी धनी र एक गरिब परिवारवाट नाता जोडिएको छ भने पनि सम्बन्धमा समस्या हुन्छ । किन कि, हरेक कुरामा झगडा हुनु र दुवैमा एकअर्काको कमि कमजोरी पहिल्याएर आरोप लगाउँदा पनि सम्बन्धमा फाटो पर्न सक्छ ।

अहिलेको अवस्थामा शारीरिक सम्बन्ध र माया नहुनु पनि बिछोडको मुख्य कारण बन्न सक्छ । साथै श्रीमान या श्रीमती आफ्नो काममा व्यस्त हुनुका साथै आफ्नो साथीलाई समय दिन नसक्नुको कारण पनि दुवैबीच माया कम हुँदै जान्छ ।

एकअर्काको भावनाको सम्मान नगर्नु, काममा नसघाउनु वा कोही धेरै विरामी भइरहँदा पनि बिछोडको कारण बन्छ ।  मानद्धारा श्रीमतीलाई यौन सम्बन्धमा सन्तुष्ट बनाउन नसक्नु वा सन्तुष्ट नहुनु पनि बिछोडको कारण बन्न सक्छ । श्रीमान वा श्रीमतीमा यौन सम्बन्धी नराम्रो रोग लाग्नु वा श्रीमान नपुंसक हुनाले पनि समस्या बढी उत्पन्न हुन्छन् ।

दुवैमा एकअर्काप्रति विश्वास नहुनु । साथै दुवैले विभिन्न अवस्थामा एकअर्कालाई विश्वास नगर्नु तथा शंका बढी गर्ने बानीले पनि सम्बन्धमा समस्या उत्पन्न हुन्छ ।
श्रीमतीलाई दाइजोको लागि सताउनु तथा श्रीमतीबाट बच्चा नहुँदा पनि सम्बन्ध टुट्न सक्ने सम्भावना हुन्छ ।
सानो कुरालाई ठूलो बनाएर झगडा गर्नु, या एकअर्कामा हातपात गर्नुपनि सम्बन्धमा समस्या आउछ ।
त्यस्तै स्र्माट फोनका कारण पनि सम्बन्ध टुटेका छन् । श्रीमान श्रीमतीसँगै बस्दा पनि फोन या इन्टरनेटमा व्यस्त रहनु र एकले अर्कोलाई वास्ता नगर्दा पनि समस्या आउँछन् ।

कुनै पनि सम्बन्ध सफल बनाउनका लागि एकले अर्कोलाई महशुस गर्न जरुरी हुन्छ । स्पर्श तथा आइ कन्ट्याक बनाउन जरुरी हुन्छ । आजभोली स्मार्ट फोनले यी चिजहरू हामीबाट खोसेका हुन्छन् ।

भर्खर

पटक पटक नेतृत्वमा दाबी गर्ने नजिर बस्न दिनु हुँदैन

पटक पटक नेतृत्वमा दाबी गर्ने नजिर बस्न दिनु हुँदैन ५ घण्टा पहिले | संसार न्यूज़

गैरआवासीय नेपाली संघ(एनआरएनए) प्रवासी नेपालीहरुको साझा संस्था हो । तर…

प्रहरीलाई चिनियाँ र फ्रान्सेली भाषा सिकाइयो

प्रहरीलाई चिनियाँ र फ्रान्सेली भाषा सिकाइयो ६ घण्टा पहिले | संसार न्यूज़

७ साउन । नेपाल घुम्न आउने पर्यटकको पहिलो भेट सुरक्षाकर्मीसँग…

सम्बन्ध सुधारको सेतुको रुपमा काम गर्ने अवैतनिक वाणिज्यदूतहरुको प्रतिबद्धता

सम्बन्ध सुधारको सेतुको रुपमा काम गर्ने अवैतनिक वाणिज्यदूतहरुको प्रतिबद्धता ७ घण्टा पहिले | संसार न्यूज़

७ साउन, काठमाडौँ । नेपालस्थित विभिन्न देशका अवैतनिक वाणिज्यदूतहरूले आफूूहरूलाई…

क्रिकेट खेलाडी सिंहलाई ५१ हजार सहयोग

क्रिकेट खेलाडी सिंहलाई ५१ हजार सहयोग ७ घण्टा पहिले | संसार न्यूज़

७ साउन । जिल्ला क्रिकेट सङ्घ महोत्तरीले दुवै मिर्गौला खराब…