back

मुलाका यतिधेरै फाइदा ! खाने होइन त तपाईँ पनि ?

वि.सं.२०७५ चैत १ शुक्रवार

180 

shares
NTC AD
Global IME AD

आयुर्वेदका अनुसार मुला स्वास्थ्यका लागि धेरै फाइदाजनक छ । नेपाली समाजमा मुलालाई अचारको रुपमा बढी प्रयोग गरिन्छ । साथै मुलालाई परौठा तथा तरकारीका रुपमा पनि प्रयोग गरिन्छ । बिज्ञानका अनुसार मुलामा फाइटोकेमिकल्स र एंथोक्यानिस नामक तत्व पाइने हुनाले यसले क्यान्सरको जोखिम समेत कम गर्ने स्वास्थ्यविज्ञको भनाई छ । साथै यसले सुगरको लेवल बढ्नबाट रोक्ने काम समेत गर्दछ ।

त्यस्तै मुलामा पाइने भिटामीन सीले रोग प्रतिरोधकको काम समेत गर्दछ । मुला खाँदा हुने अन्य फाइदा यी हुन् :

ब्लड प्रेसर नियन्त्रण गर्छ-मुलामा एन्टी हाइपरटेंसिव गुण पाइने हुनाले यसले उच्च रक्तचाप नियन्त्रण गर्नमा सहायक भूमिका खेल्छ । मुलामा प्रयाप्त मात्रामा पोटासियम समेत हुनाले यसले शरीरमा मेसोडियम र पोटासियमको अनुपातको ब्यालेन्समा राख्नुका साथै ब्लड प्रेसर सहि राख्ने स्वस्थ्य विज्ञको सुझाव छ ।

इन्सुलिन नियन्त्रण गर्छ – मुलामा पर्याप्त मात्रामा फाइवरले पाइने हुनाले यसमा रहेको तत्वले इन्सुलिन नियन्त्रण गर्ने काम गर्दछ । मुलाले सुगर लेवल नबढाउने हुनाले मधुमेह रोगीका लागि फाइदाजनक हुन्छ ।

चिसो र खोकीबाट छुट्कारा – चिसो र खोकीको समस्या भइरहने मानिसका लागि आफ्नो खानामा मुला समावेश गर्दा फाइदा हुन्छ । मुलामा एन्टी कन्जेस्टिव गुण पाइने हुनाले यसले कफ हटाउनमा सहयोग गर्दछ ।

विषालु पर्दाथ बाहिर निकाल्छ – मुला मिर्गौलाका लागि पनि बहुउपयोगी मानिन्छ । शरीरमा रहेको विषाक्त पदार्थ बाहिर निकाल्न काम गर्दछ । यसलाई नेचुरल क्लिींजर पनि भनिन्छ । साथै मुलामा पाइने फाइबर तत्वले कब्जियतका समस्या हुनेहरूका लागि अत्यन्तै फाइदाजनक हुने र पाचन प्रक्रिया पनि राम्रो हुने बताइन्छ ।

वि.सं.२०७५ चैत १ शुक्रवार १०:१९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेट

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेट...

गण्डकी प्रदेश सभा बैठक आह्वानप्रति कांग्रेसको असहमति

गण्डकी प्रदेश सभा बैठक आह्वानप्रति कांग्रेसको असहमति

गण्डकी । नेपाली कांग्रेस संसदीय दल गण्डकी प्रदेशले सर्वोच्च अदालतमा...

६ विकेटले साउदीलाई हराउँदै सेमिफाइनलमा नेपाल

६ विकेटले साउदीलाई हराउँदै सेमिफाइनलमा नेपाल

काठमाडौं । नेपालले एसीसी प्रिमियर कप २०२४ मा साउदी अरबलाई...

सुदूरपश्चिमका सीमानाका शुक्रबारसम्म बन्द

सुदूरपश्चिमका सीमानाका शुक्रबारसम्म बन्द

बैतडी । भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशका सीमानाका बन्द भएका...

रास्वपाका सदस्य कार्की भन्छन्–सभापतिज्यू, छानविन समिति बनाएर देखाइदिउँ

रास्वपाका सदस्य कार्की भन्छन्–सभापतिज्यू, छानविन समिति बनाएर देखाइदिउँ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि...

सल्यानमा बस दुर्घटना हुँदा १४ जना घाइते

सल्यानमा बस दुर्घटना हुँदा १४ जना घाइते

दाङ । दाङबाट रुकुमका लागि हिँडेको यात्रुबहाक बस सल्यानको बागचौर...