कमल खत्री, १० चैत,म्याग्दी । आइतबार देखि सुरु भएको माध्यमीक शिक्षा परीक्षा (एसइइ) मा म्याग्दीका वडा अध्यक्ष खम बहादुर बुर्जा सहित ३ जना जनप्रतिनिधिले एसइइ दिएका छन् ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ राम्चेका वडाअध्यक्ष खम बहादुर गर्वुजा, वडाकी महिला सदस्यद्धय गेममायम पुन र देवकुमारी खोरजाले एसइइ दिएका हुन् ।
बेनीको प्रकाश माविमा रहेको खुला विद्यालयबाट एसइइ परीक्षामा सहभागी भएका ५० वर्षीय वडा अध्यक्ष गर्वुजाले एसइइमा उत्र्तीण हुने लक्ष्य पूरा गर्न परीक्षामा सहभागी भएको बताएका छन् । उनी ३१ वर्षपछि पुन : परीक्षामा सहभागी भएका हुन् । उनले २०४४ सालमा एसएलसी परीक्षामा सहभागी भएका उनी गणित विषय लागेपछि पढ्नै छाडेका थिए ।
तीनै जना जनप्रतिनिधि बेनी सामुदायिक माध्यमिक विद्यालयमा रहेको परिक्षा केन्द्रबाट परिक्षामा सहभागी भएको केन्द्राध्यक्ष नगेन्द्र बहादुर खत्रीले जानकारी दिएका छन् ।