१० चैत, काठमाडौं । काठमाण्डौंको शान्ति वाटिकामा राष्ट्रहित विरोधि नागरिकता विधेयक विरुद्ध हस्ताक्षर अभियान सुरु भएको छ ।
नागरिकता विधेयक विरुद्ध संघर्ष समन्वय समिति नेपाललले संसद्मा शंसोधन प्रक्रियामा रहेको नागरिकता विधेयक संशोधन प्रस्तावलाई रोक्न दवाव दिने उद्धेश्यले हस्ताक्षर अभियान नै शुरु गरेको हो ।
काठमाण्डौको शान्ति वाटिकामा आयोजित सो कार्यक्रममा नेकपा मालेका महासचिव सीपी मैनाली, पुष्पलाल अध्ययन समाजका अध्यक्ष लोककृष्ण भट्टराई, नेकपा मसालका प्रवक्ता राम प्रकाश पुरी, राष्ट्रिय जनमोर्चा नेपालका नेता हिमलाल पुरी, राष्ट्रिय जागरण परिषद्का साध्य बहादुर भण्डारी, आनन्द शर्मा र वरिष्ठ अधिवक्ता बोर्ण बहादुर कार्की लगायतले नागरिकता विधेयकमा भएका राष्ट्रघाती तथ्यहरु बारे प्रकाश पारेका थिए ।
लाखौं हस्ताक्षर सहितको ज्ञापनपत्र सरकार, संसद र सरोकारवालाहरुलाई बुझाइने पुष्पलाल अध्ययन समाजका मुकुन्द आचार्यले संसारन्युजलाई बताएका छन् ।