११ चैत, काठमाडौं । श्रम रोजगार तथा सामाजिक मन्त्रालयले चैत महिनाभित्रै रोजगार संयोजक नियुक्ति गर्न निर्देशन दिएको छ ।
मन्त्रालयबाट सञ्चालित गरिएको ‘प्रधानमन्त्री रोजगार कार्यक्रमको कार्यान्वयनका लागि प्रत्येक स्थानीय तह मातहत भएका रोजगार सेवा केन्द्रमा रही कामकाज गर्ने संयोजकको पदपूर्ति गर्नका लागि सूचना जारी गरिएको छ ।
सूचना अनुसार पदपूर्ति हुँदा २६८ वटा स्थानीय तहहरु बाहेक अन्य स्थानीय तहका रोजगार सेवा केन्द्रमा संयोजक खटिइसकेको पनि मन्त्रालयले जानकारी दिएको छ ।
रोजगार संयोजक पदपूर्ति हुन नसकेका स्थानीय तहका रोजगार केन्द्रमा यहि चैत महिनाभित्रै पदपूर्ति गर्ने गरी दरखास्त आव्हान गर्ने गरी सूचना जारी गरिएको पनि मन्त्रालयले जनाएको छ ।
त्यस्तै रोजगार संयोजक खटाउन बाँकी रहेका स्थानीयतहमा रोजगार संयोजक खटिइ कामकाज गर्न नतोकिएसम्मको अवधिका लागि सबै वडा कार्यालयमार्फत् बेरोजगार व्यक्तिहरुको निवेदन संकलनको कार्य गर्न सम्बन्धीत स्थानीय तहमा कार्यरत एकजना कर्मचारी खटाइ सहयोग गर्न पनि आग्रह गरिएको छ ।