११ चैत, काठमाडौं । नेपाल अलैची व्यवसायी महासंघको आइतबार सम्पन्न छैंटौं साधारणसभा तथा तेस्रो केन्द्रीय महाधिबेशनले राजकुमार कार्कीलाई अध्यक्षमा निर्वाचित गरेको छ ।
धनकुटाको हिलेमा सम्पन्न महासंघका छैटौं महाधिबेशनले वरिष्ठ उपाध्यक्षमा सुमन श्रेष्ठ संखुवासभा, कृषि उपाध्यक्षमा नरेन्द्र अधिकारी पाँचथर, वाणिज्य उपाध्यक्षमा इन्द्रचन्द विन्दल, महासचिवमा सुवास भट्टराई विर्तामोड, सचिवमा मातृका घिमीरे इलाम र कोषाध्यक्षमा निमेश मित्तल विर्तामोडलाई निर्वाचित गरेको छ ।