back

अल्जेरियाका राष्ट्रपति अयोग्य भएको सेना प्रमुखको भनाइ

वि.सं.२०७५ चैत १३ बुधवार

153 

shares
NTC AD
Global IME AD

१३ चैत, अल्जियर्स ।  अल्जेरियाका सेना प्रमुखले राष्ट्रपति अब्देल्लाजिज बतेफ्लिकालाई शासनका लागि अशक्त घोषणा गरेर पदबाट हटाउनु पर्ने मङ्गलबार बताएका छन् । दुई दशकसम्म शासन गरेका अशक्त र रोगी नेता पद त्याग्नु पर्ने मागसहित केही हप्ता यता अल्जेरियामा प्रदर्शन जारी रहेको छ ।

जनरल अहमद गइद सलाहले एक टेलिभिजन सम्बोधनमा देशमा उत्पन्न सङ्कटको संवैधानिक सीमाभित्रै रहेर तत्काल समाधान खोजिनुपर्ने बताएका छन् ।

सेना प्रमुखका अनुसार सन् २००४ मा नियुक्त भएका राष्ट्रपति बतेफ्लिका संबिधानको धारा १०२ मा रहेर गम्भीर र लामो समयको विरामीको कारण संसदमा मतदान गरेर अयोग्य घोषणा गर्न सकिने छ तर धेरै विपक्षी दलहरूले सेना प्रमुखको उक्त अभिव्यक्तिको आलोचना गर्दै सेनालाई आफ्नो सीमाभित्रै रहन चेतावनी दिएका छन् । सेना प्रमुखको पछिल्लो अभिव्यक्तिले भने धेरैलाई आश्चर्यचकित पारेको बताइएको छ ।

राष्ट्रपति अब्देल्लाजिज बतेफ्लिकाले करिब एक महिनाअघि पाँचौ कार्यकालको लागि चुनाव लड्ने बताएपछि अल्जेरियामा प्रदर्शन जारी रहेको छ । पछि उनले आफ्नो मनशाय बदलेको बताए पनि प्रदर्शनका शृङ्खला रोकिएको थिएन । उनको राजिनामाको माग गर्दै प्रदर्शन जारी रह्यो ।

बयासी वर्षीय नेता ह्विलचेयरको प्रयोग गरेर हिँड्डुल गर्नु पर्ने र उहाँ कमै मात्र सर्वसाधारणका बीचमा आउने गरेको बताइएको छ । सन् २०१३ मा उनलाई हृदयघात पनि भएपछि उपचारका लागि फ्रान्स र स्विट्जरल्याण्ड पुगिसकेका छन् । गत मार्च ११ मा मात्र स्विट्जरल्याण्डमा उपचारपछि उनी घर फर्किएका थिए ।

उल्लेख्य मात्रामा अल्जेरियालीहरू रहेको फ्रान्समा पनि बतेफ्लिकाविरुद्ध प्रदर्शन भएको थियो । तय भएको निर्वाचनको मिति सारिएको तर अर्को मिति घोषणा नभएकाले धेरैले त्यसलाई चौथो कार्यकाल लम्ब्याउने चालको रूपमा हेरेका छन् । जारी प्रदर्शनका क्रममा ३० वर्षभन्दा कम उमेरका मानिसहरू आधाजसो रहेको बताइएको छ ।

कमजोर स्वास्थ्य अवस्थाका कारण राष्ट्रपति सत्ता सम्हाल्न नसक्ने हालतमा पुगिसकेको भएको आलोचक पनि बताउँदै आएका छन् ।

वि.सं.२०७५ चैत १३ बुधवार १७:०८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ओमानमा मौसमसम्बन्धी दुर्घटनामा १२ को मृत्यु

ओमानमा मौसमसम्बन्धी दुर्घटनामा १२ को मृत्यु

दोहा । ओमानका केही प्रान्तमा मौसमसम्बन्धी दुर्घटनामा कम्तीमा १२ जनाको...

जापानी मुद्रा गिरावटलाई रोक्न आवश्यक कदम चाल्ने जापानको भनाई

जापानी मुद्रा गिरावटलाई रोक्न आवश्यक कदम चाल्ने जापानको भनाई

जापान । जापानका अर्थमन्त्री सुनिची सुजुकीले सोमबार विदेशी मुद्राको चलायमानलाई...

इरानी आक्रमणको ‘संयुक्त कूटनीतिक प्रतिक्रिया’ दिइनुपर्ने : बाइडेन

इरानी आक्रमणको ‘संयुक्त कूटनीतिक प्रतिक्रिया’ दिइनुपर्ने : बाइडेन

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलविरुद्ध इरानले गरेको आक्रमणको...

डढेलो नियन्त्रणमा लिन सयौँ सर्वसाधारण परिचालित

डढेलो नियन्त्रणमा लिन सयौँ सर्वसाधारण परिचालित

कुन्मिङ, चीन । चीनको युनान प्रान्तको जङ्गलमा शुक्रबारदेखि लागेको डढेलोलाई...

अमेरिकामा प्राकृतिक ग्यासको साप्ताहिक भण्डारण बढ्ने : इआइए

अमेरिकामा प्राकृतिक ग्यासको साप्ताहिक भण्डारण बढ्ने : इआइए

ह्युस्टन (अमेरिका) । अमेरिकी ऊर्जा सूचना प्रशासन (इआइए) ले अप्रिल...

हरियाणामा स्कुल बस दुर्घटना, छ जना बालबालिकाको मृत्यु

हरियाणामा स्कुल बस दुर्घटना, छ जना बालबालिकाको मृत्यु

नयाँदिल्ली । भारतको उत्तरी राज्य हरियाणामा बिहीबार स्कुल बस दुर्घटना...