back

‘पुतलीको घर’ सार्वजनिक

वि.सं.२०७५ चैत २२ शुक्रवार

150 

shares
NTC AD
Global IME AD

२२ चैत, काठमाडौँ । ‘झुसैझुस भएको कीराले सपना देख्छ रे, एक दिन रङैरङ पुतली बनेर उड्ने । जसलाई हामी झुसिलकीरा भनेर हेला गर्छौ, परपर धपाउँछौँ, राम्रो घाम, हरियो पात र रसिलो फलफूल खान पायो भने त्यही झुसिलकीराले जुनी फिर्छ । सुन्दर पुतली बन्छ ऊ ।’

“मलाई लाग्छ, समाजले झुसिलकीरा ठानेर जेलमा पु¥याइएका मेरा प्रत्येक छोराछोरी सुन्दर पुतली हुन् । मात्र मौका चाहिएको छ, उनीहरुलाई झुसबाट निक्लिएर पुतली बनेर संसार डुल्नका लागि । म चाहन्छु मेरो घर त्यस्तो एक मौका बनोस् मेरा छोराछोरीका लागि । उनीहरु त्यहीँबाट जुनी बदल्न सकून् । प्रत्येक ‘झुसिलकीरा’ पुतली बनेर उड्न सकोस् ।”

माथिका हरफ अभिभावकको गल्तीका कारण अनायकमै जेल जीवन बिताउन बाध्य बालबालिकालाई उद्धार गरी उनीहरुको शैक्षिक उन्नयनका लागि आफूलाई समर्पित गरेकी समाजसेवी पुष्पा बस्नेतको जीवनीमा आधारित पुस्तक ‘पुतलीको घर’ को अंश हो । त्यही झुसिलकीराझै कारागारमा बस्न बाध्य बालबालिकालाई रङ्गीन पुतली बनाउने अभियानमा जुटेकी पुष्पा बस्नेतको जीवन भोगाइ समेटिएको ‘पुतलीको घर’ पुस्तकको आज एक कार्यक्रमबीच लोकार्पण गरियो । पत्रकार एवं लेखक विजयकुमार पाण्डेले उक्त पुस्तकको लोकार्पण गरेका हुन् ।

पुस्तक सार्वजनिक गर्दै उनले कारागारभित्र रहेका बालबालिकाको उद्धार गरी उनीहरुको सफल जीवनका लागि पुष्पाले उदाहरणीय कर्म गरेको बताए । अहिलेको दुनियाँ गणितीय जीवन जीउँदै आएको सन्दर्भमा पुष्पाले आफ्नो जीवनलाई सङ्गीतको लयमा हिँडाएको उल्लेख गर्दै पत्रकार पाण्डेले यस पुस्तकले युवा पुस्तालाई सामाजिक सेवामा लाग्ने प्रेरणा दिने विश्वास व्यक्त गरे ।

‘पुलतीको घर’का लेखक एवं पत्रकार घनश्याम खड्काले एउटी युवतीले पाएको असफलता र त्यहाँबाट उम्कन उनको हृदयले तय गरेको बाटोको कथाका रुपमा पुस्तक सार्वजनिक भएको उनले बताए । पुस्तकमा ‘सिएनएन हिरो’ र ‘सिएनएन सुपरहिरो’को उपाधि विजेता पुष्पाको जीवनका आरोहअवरोहलाई विभिन्न पक्षपाटोलाई मौलिकरुपमा प्रस्तुत गरिएको छ । पुस्तकले एउटा सामान्य युवतीले अप्रचलित बाटोबाट हिँडेर बनाएको एक असामान्य संसारमा पाठकलाई डुलाइदिनेछ ।

अल्केमी प्रकाशनले प्रकाशित गरेको उक्त पुस्तकको बिक्रीबाट आउने रोयल्टी पुतलीघरका बालबालिकाको पढाइमा खर्च गरिने बताइएको छ । पुस्तकको मूल्य रु ४५० रहेको छ ।

वि.सं.२०७५ चैत २२ शुक्रवार १६:११ मा प्रकाशित

NLIC AD
NABIL bank AD
जलवायु परिवर्तनको असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

जलवायु परिवर्तनको असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको...

निरन्तर सुनको मूल्यले नयाँ रेकर्ड ब्रेक गर्दै, आज २१ सयले बढ्यो

निरन्तर सुनको मूल्यले नयाँ रेकर्ड ब्रेक गर्दै, आज २१ सयले बढ्यो

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु दुई हजार...

चीनको ‘जिडिआइ’ बाट नेपालले प्रसस्त लाभ लिनसक्छ : उपाध्यक्ष पौडेल

चीनको ‘जिडिआइ’ बाट नेपालले प्रसस्त लाभ लिनसक्छ : उपाध्यक्ष पौडेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले...

महिला सशक्तीकरणको प्रमुख आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री ‘प्रचण्ड’

महिला सशक्तीकरणको प्रमुख आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख...

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका पत्रकारहरुको साझा संस्था...

पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्षमा बजेट...