Sansar News- Nepal's Fast Khabar Online News Portal

हातेपत्र !

संसार न्यूज़
४ वर्ष पहिले
हातेपत्र !

arjun dungmen

एकहुल मान्छेका जमात हिडिरहेका थिए । भिरालो गाउँ । सानो डाँडो कटेर फुत्त निस्किन्छन् । एउटा थोत्रो झुपडीघर देखिन्छ । ढुङ्गा माटोको गाह्रो भएको घर । पुरानो देखिने फुसको छानो । घरको आँगनमा जोडिएको सानो चौर । झुपडीघर भएपनि मनप्रशाद सुकिलो कपडामा देखिन्छन् । घरछेउ चौरमा केहि कामगर्दै बसेका थिए । ति मान्छेका हुल हल्लिखल्लि गर्दै त्यहाँ पुग्छन् । मनप्रशादले पनि मानिसहरुको कोलाहल सुन्छ । मुन्टो फनक्क फर्काउँछ र हेर्छ । अलिपर आउँदै गरेको मान्छेको हुल देख्छ । टाढाबाट उनीहरुबीच आँखा जुध्छ । एक–आपसमा ठम्याइहाल्न सकेका हुँदैनन् । मनप्रशादको नजर एकोहोरो ती मान्छेका हुलतिरै तानिन्छ । मान्छेका हुलसँगै अघिअघि एकजना भद्रब्यक्ति दौरासुरुवालमा ठाँटिएर हिडेको हुनेखाने जस्तो देख्छ । उनीहरु उभिएर केहि कुरा गरिरहेका हुन्छन् । ती भद्र देखिने ब्यक्तिले आधीहुल लिएर गाउँतिर निस्कने बिचार गर्छ । आधीहुल यहिँ घरमा पस्न भनि अह्राउँछ । ठाँटिएको मान्छे बाटो काटेर माथिल्लो घरतर्फ उक्लिन्छ । आधी मान्छेका हुल आफुतिर लम्किन्छन् ।

मनप्रशाद घरको चौरमा बसेर काठे हलो ताछ्दैथ्यो । खेतीको समय हुनलागेको झल्किन्थ्यो उसको कामले । भुँइमा राँभो, बछिला, हम्बर लडेको थियो । एकहातले पसिना पुछ्दैथ्यो, एकहातमा काठको मुङ्ग्रो बोकेको ।
‘नमस्कार है काका, नमस्कार ।’ सबैले एकसाथ नमस्कार गर्दै पुग्छन् ।
मनप्रशादले फर्काउँछन्– ‘नमस्कार बाबु हो, नमस्कार ।’
‘हैन, यत्ति टन्टलापुर घाममा बाबुहरु कताबाट ? त्यो पनि मेरो झुपडीमा ? कि कतै टाढै हिड्नु’भो ?’ मनप्रशाद देश खाइशेष भएका मान्छेले नम्रभई सोधीहाले ।
अल्लारे ठिट्टोहरुको जवाफ न हो– ‘हामी आज यहिँ गाउँ घुम्न आएको काका ।’
ठाडो जवाफ उनलाई त्यत्ति चित्त बुझेन ।
मनप्रशाद बिहान बेलुकी रेडियो नसुनी सक्दैनन् । गाउँले जीवनका मान्छे भएपनि पढेलेखेका हुन् । बिगतमा राजनीतिक जीवन बिताएकाले देशमा भइरहेको सबै घटनाहरुबारे चासो राख्छन् । बिदेशमा दुःख गरेर आएकाछन् । टोलाएर सोच्न शुरु गर्छन्– “पहिले पहिले म रेडियोमा ‘घटना र बिचार कार्यक्रम’ सुन्थें । हिजोआज ‘बिबिसि वोल्र्ड सर्भिस’ सुन्छु । अनि बिहान बेलुकी एक÷एकपटक रेडियोमा खबर सुन्छु । अहिले देशमा स्थानिय चुनाव हुनेहल्ला चलेकोछ ।” उनले शंका काटे– ‘यि ठिट्टाहरु भोट माग्ने दौडधुपमा रहेछन् । यिनीहरुलाई भोकतिर्खा, घामपानी, आँधीहुरी केहिले छेक्दैन ।’ उनेले आफ्नो बिगत सम्झे– ‘म पनि पहिले यस्तै गर्थेँ । यो त जीवनचक्र रहेछ । नेपाली हुनुको परिस्थिति र बाध्यता पनि ।’

‘होइन काका, के सोच्दै हुनुहुन्छ ?’ हुलका ठिट्टाहरु मध्ये एकजनाले प्रश्न ग¥यो ।
‘त्यस्तो केहि होइन ऽऽ बरु भन न बाबु ! ठाँटीएर उकालो लागेका ती ब्यक्ति को हुन् ?’ बिस्तारै मुन्टो उठाउँदै प्रतिप्रश्न खाप्छन् ।
एउटा युवा अलि अघि सरेर बुझाउँन खोज्छ– ‘अघिल्लो बाजीमा चुनाव जितेका माननीय हुन् । फेरी स्थानिय चुवाव हुँदैछ । सहयोगको लागि केन्द्रबाट गाउँ झर्नु भा’छ ।’
यत्तिकैमा मनप्रशादलाई कुतुहल लाग्छ । सोध्छन्– ‘उनको नाम, ठेगाना ?’
‘नाउँ माननीय, धनप्रशाद । उहाँको घर यहिँ खोटाङ जिल्ला हो । यहिँ गा.बि.स. वडा नं. ७ पर्छ काका ।’ एउटा युवाले सालिन भएर भन्यो ।
माननीयको नाम सुनेर मनप्रशाद झस्क्यो Þ Þ Þऽऽ चुपचाप घरभित्र पस्यो । होचो घरको दलिनमा निहुरिएर केहि समान झिक्यो । चोयाले बुनेको सानो पेरुङ्गो रहेछ । त्यो पेरुङ्गो भित्र चेप्टीएर रहेको दुईतीन पाना कागज । कागज पुरै धुवाँले कालो भएर अक्षर मधुरो भइसकेका थिए । तर कागज बलियो थियो । धुँवाले भेटेकोले धमिराले खाने, सडेर जाने कुनै डर भने थिएन ।
‘बाबु हो, भाइहरु हो ! लेउ, यो पत्र पढ । उहाँलाई मैले ६ वर्ष अगाडि लेखेको हातेपत्र ।’ भनेर युवाहरुलाई थम्याउँदै भन्छन्– ‘धनप्रशाद जी मेरो सँगै पढेका हितैसी हुन् । तर उनी म भन्दा टाठो थिए । काम होस् नहोस्, तर अर्काको मन लुट्न साह्रै सिपालु थिए उनी । पहिला हामी यसैगरी सँगै पार्टीमा भोट मागीहिडेका साथीसाथी हौं । साथी भनेर के गर्नु ? धेरै त मलाई उनैले भोट माग्न दौडाए ।’ साथीसाथी रहेको पत्ता पाउँदा ति युवाहरु झस्किए । मनप्रशादले कुरा थप्दै भने– ‘पछि आएर उनी मन्त्रीसम्म भए । म गाउँघरमा कृषक नै भएर बसेको छु । अब त मलाई यसैमा गर्व छ ।’ युवाहरुले सहिथामे– ‘हो काका भन्दै मुन्टो हल्लाए ।’ मनप्रशादको कुरा सुनेर एकछिन् अचम्मित भए ।
‘लौ लौ ऽऽ यो पत्र पढ ! यसको जवाफ मैले कहिल्यै पाइनँ । केहि प्रतिक्रिया पाइनँ ।’ सबै युवाहरु गाँठो परेर पत्र पढ्न थाले ।

मितिः २०६७ असोज १९
प्रिय मित्र धनप्रशाद,
नमस्कार अनि धेरै सम्झना ।

बिशेषः आराम रहि सोही कामना ।

“मनको कथा लेखुँ भन्छु, अधुरो नै रहन्छ कि,
माया भनि बोलाऊ, भने गाली कतै पाईन्छ कि ।”
आज यस्तै अवस्था छ मेरो । यो कथा कसलाई भनुँ ? दुईचार शब्द लेखुँ भने कसलाई लेखुँ ? भनिन्छ– “दुःख बाँटे आधा हुन्छ, सुख बाँटे दोब्बर हुन्छ ।” त्यसैले, यो सेतो कोरा कागजको पानामा मेरो सुखदुःखको कुराहरु समेटेर तिमीलाई नै यौटा हाते पत्र लेख्दैछु ।

धनप्रशाद,
तिमीलाई मेरो पारिवारिक पृष्ठभूमिबारे धेरैथोरै बुझेकै छौ । बुवाले मेरो आमासँग बिहेगर्नु अगाडि दुईजना आमासँग बिहे गरिसक्नु भएको थियो रे । आफु बेलायती सेनामा नोकरीवाल हुँदा जेठी आमा अर्को बुवालाई अप्नाएर बाटो लाग्नु भएछ । माइली आमा निस्सन्तान हुनु भएकोले गर्दा मेरी आमालाई तेस्रो बिहेस्वरुप कान्छी बिहेगर्नु भएछ । यती गर्दा नगर्दा बुवाको त उमेर पनि ढल्कियो । उहाँ बित्नु भयो । जतिवेला आमालाई हेर्दा कोपिलाबाट फक्रदै गरेको गुलाब भैm थियो रे । त्यो अवस्थामा आमाले पनि अर्को बुवालाई अप्नाउन सक्नुहुन्थ्यो । तर, उहाँले त्यसो गर्नु भएन । म एउटा नाबालक टुहुरा छोरालाई हुर्काउनु भयो । बढाउनु भयो । पढाउनु भयो । मैले एक्दिन सम्भेंm– “अब मैले आमालाई पालो दिनुपर्छ । कमाउनु पर्छ र उनको सेवा गर्नुपर्छ ।” हातमा मेरो प्रमाण–पत्रहरुको फायल लिएर अनगन्ति संघसंस्थाहरुमा धाएँ । कयौं लोकसेवाहरुमा परीक्षार्थी बनें । फलानो पार्टी र ढिष्कनो पार्टीले बेरोजगारीलाई नोकरी दिलाई दिन्छ रे, भन्ने भ्रममा परे । उनीहरुको लहैलहैमा आफ्नै बिकास निर्माणका पूर्वाधारहरु नै ध्वंम्स बिध्वंम्स गर्न सहयोगी बन्न सम्म पुगें । उनीहरुले पनि मलाई प्रयोगको साधन मात्र बनाए । पछि मैले यो सबै बुभेंm । केहि सिप नलागेर खाडीमूलुकको साउदीअरबमा भेडा चराउँन पुगें । आमाले मलाई बेलाबेलामा भन्ने गर्नुहुन्थ्यो– “नानी, बाउ मरी ओहोरो, आमा मरी टुहुरो । तिम्रो बुवाले हामीलाई छोडेर यो संसारबाट बिदालिई जानु भयो । अहिले उहाँ स्वर्गमा हुनुहुन्छ । तरपनि, म मरेकी छुइनँ । तिमी अझै टुहुरो भएको छैनांै । जस्तो सुकै आपत बिपदमा पनि साहसी भएर आफ्नो काम गर्नू ! तिमी सफल हुनेछौ । तिम्रो विजय हुनेछ । मेरो भरपुर आशिर्बाद छ, तिमीलाई !”
तिनै आमाको आशिर्बाद र वचनहरुलाई शिरोपर गर्दै, कहिले रुँदै त कहिले हाँस्दै तीनवर्ष बिताएर घर फर्के । मेरो झुपडी भौतिक र प्राकृतिकरुपले हेर्दा कती उजाडउजाड थियो । तर, मेरो मानशिकरुपमा त्यो झुपडी झलमल्ल बलेको थियो । किनकि, जसरी एउटा मैनले आफु अध्यारोमा रहि, आफु जलेर पग्लिदैं अरुलाई उज्यालो दिन्छ । त्यस्तै मेरी आमा उनको यो गर्छु, त्यो गर्छु, त्यो खान्छु, त्यो लाउँछु, भन्ने जोसजाँगर, उत्साह र उमंङ्गलाई बिसाएर मृत्युको बाटो पर्खीबस्नु परेको अवस्था थियो । म घर फर्कि आईपुग्दा हर्षले आँशु खसाइन् । त्यो मेरो झुपडीको बत्ति उनै मेरी आमा हुन् ।
अरबको तातो घाममा भेडा चराएर, कमाएर ल्याएको दुइचार पैसा पनि घर चलाउँदा सकियो । देशमा बेरोजगारको हाहाकार छँदैथ्यो । तैपनि, “आशाले बाँच्नु, निराशले मर्नू ।” भन्ने उखान छ । भेडा गोठालो हुन पुग्नु भन्दा पहिलेको कुरा हो । नेपालको एकमात्र प्रजातान्त्रिक पार्टी भनेको नेपाली कांग्रेस हो । उसको लागि भोट माग्न हिड्नुपर्छ । रुख छापमा भोट दिनुपर्छ भनेर धेरै कुधाएको थियौ । कहिले धनी गरीबको एउटै पार्टी, कम्युनिष्ट पार्टी नेकपा एमाले हो । उसको लागि भोट माग्न हिड्नुपर्छ । सूर्य छापमा भोट लगाउन लाउनु पर्छ, भन्दै हिडाएको थियौ । पछि आएर फेरी भन्यौ– “लौ प्रचण्डपथमा हिड्नुपर्छ । प्रचण्ड भनेको राम्रो, पथ भनेको बाटो । राम्रो बाटो हिडेपछि तिमी जस्तो पढेलेखेको युवाले हाम्रो देशमा किन रोजगारी पाउँदैनौ त ! उनैले तिमीलाई रोजगारी दिलाई दिन्छन् । घरैमा बोलाउन प्रचण्ड आफै आइपुग्छन् ।” भनेर आशा देखायौ । त्यो आशाले उनको पछि लागे । ज्यान बाजी थापेर बाह्रवर्ष गृहयुद्धमा होमिन लगायौ । त्यतिञ्जेल पनि आशैले जिन्दगी बित्यो । तर, त्यो आशा पनि “हाती आयो हाती आयो, फुस्सा” भने झै भयो । मेरो आशा तुहिएर गयो । त्यसपछि आएर त झन, हाम्रो देशमा रोजगरीको त कुरै छाडौ । बिधी बिधान र नियम कानून नै रहेन । आमा झनझन चुलो रुगेर बस्न बाहेक अरु केहि गर्न नसक्ने अवस्थामा पुगिसक्नु भयो । मैले पनि आफ्नो राम्रो सोचे जस्तो भविष्य बनाउन पनि सकेको छुइन । न त, मलाई दुःख गरेर जन्मदिनु, हुर्काउनु भएको आमाको सेवागर्न सकेको छु ।
धनप्रशाद, तिमी त अहिले ठूलो राजनीतिकर्मी राजनेता भयौ । आफ्नो घरको चारसुरमा अंगरक्षक तैनाथ छन् । सबैलाई सपना बाट्यौ तर कसैको पूरा गरेनौ । तिमी चढेर चिप्लिदै गुड्ने गाडीको अगाडि भागमा नेपाली झण्डाले सोखको धुन सुसाईरहेको हुन्छ । तिमी त्यो ख्याल गर्दैनौ । म जस्ता थुप्रै सोझासिधा युवा सरसाथीभाइहरुले तिमीलाई साथदिए । मैलेपनि तिम्रो साथी भएर धेरै साथ दिएँ । म जस्ता थुप्रै बेरोजगारी युवाहरुको लागि र आफ्नो समग्र देशबासी नागरिकहरुको हकमा निहित संबिधान बन्छ भने, किन लागि नपर्ने ! भन्ने सोंचले, लागिरहें । तिम्रो पछाडि लागिरहें, लागिरहें । अघिअघि साँढे हिडेको बेला स्यालले पछिपछि पछ्याउँदै “साँढेको अण्डकोष कतिखेर झर्छ र खाउँला !” भनेर सोच्दै पछ्याए सरह भयो । तिमी राजनीतिकर्मी साँढे नै भयौ । म सोझो मान्छे, स्याल नै बनें । तिम्रो पछि लागेर हिंड्ने आम नागरिक सबै स्याल नै बने । चार÷चार वर्ष पछ्याउँदा पनि संबिधान बन्न सकेन । हाम्रो देशमा शान्ति सुब्यबस्थाको कुरै आएन । गरीव, सर्वसाधारण र बेरोजगारीको लागि रोजगारको कुरै भएन । अन्ततः फेरी म मुग्लान हिड्नै प¥र्यो । त्यो बिबिध परिस्थिति र गरिवीपनले आफ्नो घरपरिवारसंग सुखले श्वास फेर्न सकिनँ । सबैको मुख हेरेर बस्न पनि सकिन ।
“मेरो घर पछाडि निलकाँडाका बारहरु साथबिहीन भएकाछन् । अहिले, घर वरपर नानाथरी उम्रिएका झारहरु उखाल्ने मान्छे छैन । घर अगाडिको गमलाको फूलहरुमा पानी हालीदिने मान्छे छैन । ओइलिएर मर्दैछन् । घरको आँगन र कौशीहरु लिपपोत गर्ने मान्छे छैन । पाप्रापाप्रा हुँदै त्यो भुँई उक्किदैछन् । घरभित्र कुनाकानी माकुराले जालो हालीदियो । कोठाको स्वरुप नै बिरुप पारेको छ । बिहान बेलुकी चुलोमा आगो सल्काइदिने मान्छे छैन । यस्तो अवस्थाको मेरो झुपडीको कौशीमा बसेकी थिइन् । उनै मेरी आमा मेरो बाटो कुरीरहनु भा’रहेछ ।”– गएराति सपनीमा यहिं देखे मैले । बालापनमा सुनेको गीतको याद आउँछ–
“आजै र राती के देखे सपना मै मरी गएको,
कहाँ हो कहाँ बादल भित्र म रोइरहेको ।”
परदेशको ठाउँमा त्यो मेरो दुःख लाग्दो कुराहरु सपनीमा पनि आइदिंदा मरेतूल्य लाग्छ । अति दुःख लाग्छ । नेपालमा भएको तुलनात्मक गर्मिको आधारमा सातगुणा जस्तो गर्मी महसुस हुन्छ । सातवटा घाम लागे जस्तो । तापक्रम ५०÷५५ डिग्रीसम्म । अति गर्मीहुने मरुभूमि ठाउँ । यो अफगानिस्तानको भूमिमा अहिले म निर्माण सम्बन्धीको (कन्ट्रक्सन) काममा मजदुरी गर्दैछु । ज्यानलाई बन्दुकको टुप्पोमा राखेर काम गर्दैछु । जहाँ बेलाबेला अमेरिकी सैनिक हमला हुन्छ । सम्भाबित जनक्षेतिबाट बच्नको निम्ति भनेर डर लुकाउने सिमेण्टको पर्खाल (टि–वाल) बनाइएको छ । यो सारा मेरो दुःखको कहाँनी भन्दा कहाली लाग्दो हुन्छ । सुन्नेलाई सुन्दा दन्ते कथा जस्तो हुन्छ । के यो मेरो दुःख कहाँनीको पत्र मेरी बुढीआमालाई लेखेर पठाउँ ? उनलाई ८० पुगेर बसीखाने बेलामा मुर्छा पारुँ ? लेखी हालेपनि, मैले लेखेको पत्र कसले मेरी आमालाई पढेर सुनाइदिने ? अर्कोकुरा यो मुग्लानको दुःख कसले बुझिदिने ?
धनप्रशाद ! अब पनि तिमी मेरो दुःख बुझ्ने कोसिश गर्दैनौ ? तिम्रो राजनैतिक अवधारणाको अवलम्बन र मेरो जीवनको लेखान्तले गर्दा आज मैले मुग्लानको पिडा भोगिरहेछु । मेरी बुढिआमाको बुढेसकालको साहारा बनिदिन सकेको छुइनँ । मेरो झुपडीको दियो उनै मेरी आमा छिन् । हे भगवान ! त्यो दियो कहिले ननिभोस् ।
साहस लिएर थुप्रैथुप्रै सपनाहरु बुन्दै सङ्घर्षको मैदानमा होडबाजी गरीरहेछु । जुनदिन मेरो सपना पूरा हुनेछ त्यो दिन मेरी आमा खुशी हुनेछिन् । अहिले, यो मेरो कथा तिमीलाई नै सुनाउदैछु । अनुरोधको साथ भन्दैछु । तिमीले साँच्चिनै राष्ट्र र नागरिकको लागि राजनीति गरेको हौ भने अब तिम्रो राजनीतिक बिचारधारा र कार्यपद्धतिमा परिवर्तन गर्नुपर्छ । तिम्रो स्वार्थी भावना त्याग्नुपर्छ । देशको लागि सोच्नुपर्छ । जनताका लागि सोच्नुपर्छ । युवा जनशक्तिकाबारे सोच्नुपर्छ । कुर्सीमोह त्याग्नुपर्छ । बिकास निर्माण कार्य आजैबाट थालनी गर्नुपर्छ । दक्ष जनशक्तिलाई सरकारी निकायबाट रोजगारीको व्यवस्था मिलाउनुपर्छ । कृषिलाई बढावादिनुपर्छ । ताकि म जस्ता अनगन्ति दक्ष, युवा जनशक्ति मुग्लान हिंड्न नपरोस् । आफ्नो देशमा नै रोजगारगरी जीवन चलाउँन सकुन् । पाखाभित्तामा अन्न फलाएर खान सक्ने वातावरण मिलोस् ।
नत्रभने तिमीले बाँटेको सपना– ‘म मन्त्री भएपछि, यो हाम्रो गाउँ बिद्युतले झलमल्ल बनाउँछु । यातायात, स्वास्थ्य र सञ्चारले भरिभराउ बनाउँछु ।’ यो हरेक पुस्तालाई बाट्ने दिवा सपनाका शब्द कलंक हुनेछ !

उहिँ तिम्रो मित्र– मनप्रशाद
मुग्लान ।

युवाहरुले पत्र पढिसक्दा मनप्रशाद मुसुमुसु हाँसीरहेका हुन्छन् । युवाहरु गहिरो चोट परेजस्तो दुखित देखिन्छन् । उनीहरु केही भन्ननसकी बिदा माग्छन् । अन्तिमतः उठेर हिड्छन् ।

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ४ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो २ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

सक्कली अयोध्या नेपालमै छ, यी हुन् अयोध्या नेपालमै भएका प्रमाण

सक्कली अयोध्या नेपालमै छ, यी हुन् अयोध्या नेपालमै भएका प्रमाण २ दिन पहिले | लोकमणि पौडेल

सत्यलाई दबाउने उद्देश्यले जब भ्रमको खेती गरिन्छ र हजारौं पटक…

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो ४ दिन पहिले | संसार न्यूज़

२८ असार, काठमाडौं । नेप्सेमा सूचीकरण भएको १ महिनामा नेपाल…